२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

‘रेन्टरटेनमेन्ट’को छैटौं संस्करण शुक्रबारदेखि

पोखरामा सांगीतिक कार्यक्रम सहितको मनोरञ्जनात्मक गतिविधि पस्कने गरि ‘रेन्टरटेनमेन्ट’ आयोजना हुने भएको छ। वर्षेनी झरीको मौसमको छेको पारेर होटल बाराही समूहको व्यञ्जन रेस्टुरेन्टले गर्दै आएको मनोरञ्जनात्मक कार्यक्रमको छैठौं संस्करण शुक्रबार लेकसाइडस्थित व्यञ्जनमा र शनिबार पामेस्थित दी बिच बारमा हुने आयोजकले बताएको छ।

कार्यक्रममा सहभागीले लाइभ म्युजिक, डान्स, फेशन–सो र झरीको फ्युजन महशुस गर्न पाउने व्यञ्जनका व्यवस्थापक तथा कार्यक्रम संयोजक मनोज भट्टले बताए। ’ग्राहकको लागि मनोरञ्जनको प्याकेज हुने नै भयो, यो सँगै इभेन्टले आन्तरिक मात्रै नभएर बाह्य पर्यटकलाई समेत पोखरातिर आकर्षित गर्नेछ,’ उनले भने।  

ब्यञ्जनका सञ्चालक वैभव पौडेलले वर्षासँगै पोखरा र पर्यटनलाई जोडेर कार्यक्रम गर्न लागेको बताए। ‘जुन–जुलाई बढी पानी पर्ने समय हो। यति नै बेला यहाँको पर्यटन निकै सुस्त हुन्छ। यही कुरालाई मध्यनजर गरेर पर्यटन प्रर्वद्धनका लागि भनेर कार्यक्रम गर्न लागेका हौं,’ उनले भने, ‘त्यो दिनमा आकाशबाट पानी नपरेपनि कृत्रिम वर्षा गराएर कार्यक्रम गर्नेछौं।’

रेन्टरटेनमेन्ट आफैमा ब्रान्ड बनिसकेको बाराही समूहका कर्पोरेट म्यानेजर राजकुमार केसीले सुनाए। उनले झरीमा मोडललाई र्याम्पमा उतारिने पनि बताए। ‘समर थीममा हामीले मोडललाई र्याम्पमा उतार्ने तयारी गरेका छौैं। यसले अझै कार्यक्रमको ग्ल्यामर बढाउने हामीले ठानेका छौं,’ उनले भने।

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकारको प्रस्तुति रहने पनि केसीले बताए। झरिमा भिज्दै  नाचगान अनि खानपीन गर्ने थीमको यो कार्यक्रमलाई यसअघि निकै रुचाएकोले निरन्तरता दिएको उनले बताए । कार्यक्रमकै लागि पोखराभित्र मात्र नभई काठमाडौ, चितवन, बुटवल, धरान, दमौली, भारत, थाइल्याण्ड लगायतका ठाउँबाट ‘पार्टी लभर’ पोखरा आउने गरेको केसीले बताए।

प्रकाशित: ६ भाद्र २०८१ १८:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App