६ आश्विन २०८१ आइतबार
image/svg+xml

‘लालकिल्ला’ जोगाउने र तोड्ने ध्यानमा गठबन्धन

भोजपुरमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा हुने भएको छ । वाम गठबन्धन २०४६ पछि जित्दै आएको इतिहासको निरन्तरता दिन चाहन्छ भने लोकतान्त्रिक गठबन्धन ‘लालकिल्ला’ तोडेर नयाँ इतिहास रच्ने योजनामा छ ।

संविधानको कार्यान्वयन गर्न लोकतान्त्रिक गठबन्धनले जित्नुपर्छ: महामन्त्री कोईराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संविधानको सबल कार्यन्वयनका लागि आसन्न निर्वाचनमा नेपाली कांग्रसले जित्नुपर्ने बताएका छन्। चुनावी अभियानका क्रममा आईतवार उत्तरी गोरखाको बिभिन्न ठाउँमा पुगेर मतदातासँग भेट्दै उनले भने ‘देशमा कम्युनिष्ट शासन, साम्यवाद ल्याउने चेष्टामा वामगठबन्धन लागिपरेको छ।’

वाम गठबन्धनको विजय कसैले रोक्न सक्दैन : अध्यक्ष ओली

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले आसन्न चुनावमा वाम तथा राष्ट्रवादी शक्तिको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन्।

वाम गठबन्धनले मुलुकलाई निकास दिन्छ : नेता खनाल

नेकपा एमालेका वरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याएर मुलुकलाई निकास दिने बताएका छन्। इलामको लक्ष्मीपुरस्थित दाहालटारमा शनिबार बिहान कार्यकर्तासँगको भेटघाटमा उनले भने—“अहिले कम्युनिस्टहरूबीच वाम गठबन्धन भएको देखेर अधिनायकवाद आयो भन्नेहरू नै मुलुकमा अधिनायकवादी शैली अपनाउँदैछन्।”

वाम गठबन्धनविरुद्ध एक्लै भिड्दै कांग्रेस

प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेपाली कांग्रेस र वाम गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

बलियो वाम गठबन्धन, व्यवस्थित लोकतान्त्रिक गठबन्धन

चितवनमा चुनावका बेला कम्युनिस्ट घटक र कांग्रेसबीच सधैं तीव्र प्रतिस्पर्धा चल्ने गर्छ । २०४८ सालयताका चुनावमा कहिले कम्युनिस्ट हाबी भएका छन् कहिले कांग्रेस । यसपटक मुख्य दुई कम्युनिस्ट घटक गठबन्धन बनाई चुनावमा आएका छन् । ४८ सालको चुनावमा यस्तै गठबन्धन थियो र त्यस बेला जिल्लाका सबै तीन क्षेत्रमा वामपन्थी उम्मेदवारले जितेका थिए ।

सोलुमा बाम गठबन्धन र काँग्रेस कार्यकर्ताबीच झडप, घाइते एक जनालाई हेलिकोप्टरबाट काठमाडौं लगियो

सोलुखुम्बुको सोताङमा एमाले, माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा काँग्रेस जिल्ला कोषध्यक्ष पेमा तामाङसहित ६ जनाभन्दा बढी घाइते भएका छन्। झडपमा काँग्रेसका ४ कार्यकर्ताघाइते भएको सोलु काँग्रेसले जनाएको छ। बाम गठबन्धनका केही कार्यकर्ता पनि घाइते भएका छन्।

बाम गठबन्धनको बहुमत आउँछ, अधिनायकवाद आउँदैनः दाहाल

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाम गठबन्धनले आउँदो चुनाबमा बहुमत ल्याउने तर अरुले भनेजस्तो सत्ता कब्जा गरेर अधिनायकबाद भने नल्याउने बताएका छन्। चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा उम्मेदवार रहेका दाहालले बिहीबार भरतपुरमा आयोजना भएको महिलाहरुको कार्यक्रममा यस्तो भनाइ राखेका हुन्।

गठबन्धन : म्युजिकल चेयर

यस निर्वाचनपछि पनि मुलुकले कुनै उपचार पाउने सम्भावना देखिँदैन । ठूला दलका निर्वाचन घोषणापत्र नै एक–अर्कामाथि दोष थोपरेर आपूm पानीमाथिको ओभानो बन्ने प्रकारका छन् । र, समाजमा विकृति र विसंगतिको जाल फैलाउने तŒवहरू निर्वाचनमा हाबी बनेको अवस्थामा के अपेक्षा राख्ने ?

पेस्तोलधारीलाई पक्राउ गर्न लोकतान्त्रिक गठबन्धनको माग

गोरखाको भिमसेन गाउँपालिका धावामा मंगलवार भेटिएको पेस्तोलधारीलाई पक्राउ गरी कानुनी कारवाही गर्न गोरखाका लोकतान्त्रीक गठबन्धनमा आवद्ध दलहरुले माग गरेका छन्। मूख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गर्दै उनीहरुले निर्वाचन बिथोल्न उमेद्धवार नै हतियार सहित हिडेको भेटिनु निर्वाचन आचारसंहित बिपरित भएको बताएका छन्।

वाम गठबन्धन नितान्त असैद्धान्तिक छ : खगेन्द्र संग्रौला

लेखक तथा समिक्षक खगेन्द्र संग्रौलाले एमाले र माओवादीको गठबन्धन नितान्त असैद्धान्तिक भएको बताएका छन् । उनले बिल्कुलै फरक पृष्ठभूमी भएका दलहरूले रहस्यमय ढंगले एकाएक गरेको गठबन्धन नितान्त असैद्धान्तिक र अव्यवहारिक भएको बताए ।

वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा

मंसिर २१ गते राजधानी काठमाडौंमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि निर्वाचन हुँदैछ । दलका उम्मेदवार प्रचारप्रसारमा जुटेका छन् । आफ्नो पक्षमा मतदाता तान्न उम्मेदवार र कार्यकर्ता घरदैलो र कोणसभामा व्यस्त छन् । देशको राजधानी भएकाले काठमाडौंका उम्मेदवारमाथि धेरैको नजर अडेको छ । जित्ने दाबी निर्वाचनमा उठ्ने सबै उम्मेदवारको छ र अनुमान आआफ्नै छन् ।

बाम गठबन्धनद्वारा घोषणापत्र सार्वजनिक

बाम गठबन्धनले प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ। नेकपा एमाले र माओवादी केन्द्र सम्मलित गठबन्धनले मंगलबार घोषणापत्र सार्वजनिक गरेको हो। वाम गठबन्धनले १० वर्षभित्र प्रतिव्यक्ति आय पाँच लाख रुपैयाँ पुर्‍याउने गरी राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने महत्वाकांक्षी योजनासहित आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनाव लक्षित घोषणापत्र जारी गरेको छ। हाल नेपालीको प्रतिव्यक्ति आय वार्षिक ८० हजार रुपैयाँ हाराहारी छ।

संखुवासभा : लोकतान्त्रिक गठबन्धन बलियो

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति नजिकिँदै गर्दा संखुवासभामा चुनावी चहलपहल बढ्न थालेको छ । एक लाख ५ हजार ८५ मतदाता रहेको संखुवासभामा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । गत स्थानीय तह निर्वाचन परिणामलाई आधार मान्ने हो जिल्लामा लोकतान्त्रिक गठबन्धन बलियो देखिन्छ ।

काँग्रेसका पर्चा बाम गठबन्धनले जलायो

हिमाली जिल्ला रसुवामा चुनावी सरगर्मी बढेको छ। निर्वाचनको समय छोट्टिदै जाँदा उम्मेदवार भोट माग्न टोलटोल पुगेका छन्। बाम र लोकतान्त्रिक गठबन्धनले घरदैलो अभियान तथा विभिन्न ठाउँमा कोणसभा गरेर निर्वाचनको प्रचारप्रसार गरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्