२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

१२०० मेगावाट बिजुली ओसारपसार गर्न सकिने

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण गरेको थियो। पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको करिब ४० किलोमिटर प्रसारण लाइन सञ्चालनमा आइसकेको छ।

गण्डकी प्रदेश: निरन्तरको घामपानीले डेंगी संक्रमण थामिएन

गण्डकी प्रदेशमा डेंगी संक्रमितको संख्या ७ हजार ४ सय ८९ पुगेको छ। पछिल्लो दुइदिनको अवधिमा मात्र प्रदेशमा १७ सय ७० जना डेंगी संक्रमित थपिएका छन्। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो समय तनहुँमा डेंगी संक्रमितको संख्या निकै नै बढेको छ। निरन्तरजसो पानी पर्दा प्रदेशमा डेंगी फैलाउन सघाउ पुगेको प्रदेश सरकारको भनाई छ।

प्रदेश परिषदद्वारा ‘गण्डकी खेलकुद पदक’ कार्यविधि पास

प्रदेश खेलकुद परिषद गण्डकीले ‘गण्डकी खेलकुद पदक’ प्रदान गर्न आवश्यक कार्यविधि २०८०लाई पास गरेको छ। कार्यविधि पास गरेसँगै पदक प्रदान गर्ने र सञ्चालन गर्ने विषयलाई अनुमोदनको लागि प्रदेश मन्त्रीपरिषद पठाइने छ। कात्तिक भित्रमा कार्यविधिलाई प्रदेशको क्याविनेटले पास गरेपछि कार्यान्वयनमा आउने प्रदेश खेलकुद परिषदले जनाएको छ।

वीरजङ्ग स्मृति राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई

वीरजङ्ग स्मृति खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले हात पारेको छ।

फरक हुन अपांगता र फरक क्षमता

आममानिसले सोच्ने तरिका र बनाउने धारणामा कुनै न कुनै रूपमा सञ्चार माध्यमले प्रकाशन या प्रशारण गरेका सामग्री एवं सूचनाले भूमिका खेलेकै हुन्छ ।

गण्डकी प्रदेशः संसदीय समिति सभापतिमा भागवण्डा

गण्डकी प्रदेशसभाको संसदीय समितिको सभापति भागवण्डा टुंग्याइएको छ। गण्डकी प्रदेशसभामा रहेको चारवटै संसदीय समितिको सभापति भागवण्डामा टुंग्याइएको हो।जस अनुसार सत्तारुढ नेपाली कांग्रेसले दुइ तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारुढ नेकपा माओवादी केन्द्रले एक–एकवटा संसदीय समितिको सभापति लिनेगरी सहमति भएको हो।

आज देशका विभिन्न प्रदेशमा वर्षाको सम्भावना

महाशाखाले आज बिहानै पनि कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको बताएको छ।

एमाले गण्डकीमा पिएस समूहको वर्चस्व, अध्यक्षमा शर्मासहित पिएस समूहका सबै निर्वाचित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन्।

एमाले गण्डकी प्रथम–अधिवेशन निर्वाचनमा मोबाइल र पर्चा लैजान रोक

नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको निर्वाचनमा मोबाइल,पर्चा पम्प्लेट लैजान रोक लगाइएको छ।

एमाले गण्डकी अधिवेशन: निर्देशन लत्याउँदै पिएस र केआर प्यानलसहित चुनावी मैदानमा

तर केन्द्रको निर्देशन लत्याउँदै पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ (पिएस) र स्थायी कमिटी सदस्य खगराज अधिकारी (केआर) समूहले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन्।

एमाले गण्डकी अधिवेशन: अध्यक्षका लागि पिएस र खगराज आमनेसामने हुने

एमाले गण्डकीले चुनावी कार्यतालिका सार्वजनिक गर्दै नया नेतृत्व छान्न बुधबार दिउँसो १ बजेदेखि चुनाव हुने जनाएको छ।

गण्डकी प्रदेशमा डेंगीः अहिलेसम्मकै बढी संक्रमित

असोज ८ गतेसम्म तनहुँमा डेंगी संक्रमितको संख्या १७ सय १४ थियो । त्यो संख्या मंगलबार (८ दिनपछि) ३३ सय ५३ पुगेको छ। एकसाता अन्तरमा संख्या दोब्बर हुनेगरि तनहुँमा डेंगी संक्रमण तिब्र बनेको छ। तनहुँ सदरमुकाम दमौली सबैभन्दा बढी अहिले डेंगीबाट प्रभावित बनेको छ। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। अहिलेसम्म गण्डकी प्रदेशमा सबैगरि डेंगी संक्रमितको संख्या ४ हजार १ सय ७८ पुगेको छ।

एमाले गण्डकीको चुनाव विहीबार

नेकपा एमालेले गण्डकी प्रदेशको नयाँ नेतृत्व छान्न चुनावी कार्यतालिका सार्वजनिक गरेको छ। एमाले गण्डकीले नयाँ नेतृत्व सहमतिमा चयन नभएको खण्डमा चुनावी प्रतिष्पर्धाबाट छान्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्