तीन तहको निर्वाचन मेरो प्राथमिकता: प्रधानमन्त्री
तपाईंका प्राथमिकता के हुन् ? प्राथमिकता तीन तहको निर्वाचन स्वच्छ र स्वतन्त्रपूर्वक सम्पन्न गर्नु हो । दोस्रो चरणको स्थानीय निर्वाचन नजिकै आएकाले त्यसलाई सम्पन्न गराउने मेरो लक्ष्य हो ।
तपाईंका प्राथमिकता के हुन् ? प्राथमिकता तीन तहको निर्वाचन स्वच्छ र स्वतन्त्रपूर्वक सम्पन्न गर्नु हो । दोस्रो चरणको स्थानीय निर्वाचन नजिकै आएकाले त्यसलाई सम्पन्न गराउने मेरो लक्ष्य हो ।
व्यवस्थापिका–संसदको दोस्रो बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुँदैछ। नेपालको ४० औं प्रधानमन्त्री बन्ने दौडमा काँग्रेस सभापति शेरबहादुर देउवा मात्र एक्ला उम्मेदवार छन्। देउवा झन्डै दुई तिहाई सांसदको समर्थनसहित प्रधानमन्त्री बन्ने देखिएको छ। देउवाको पक्षमा उनको आफ्नै पार्टी काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, फोरम लोकतान्त्रिकसहित ३ सय ९०भन्दा बढी सांसदको समर्थनमा देउवा निर्वाचित हुन लागेका हुन्।
निर्वाचन विरोधी क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका जिल्लास्तरीय नेतालाई सोमबार पक्राउ गरेको छ।
अहिले तराईमधेसका बस्तीमा होस् वा चोक र चौतारीमा स्थानीय बासिन्दाको छलफल र परिचर्चाको विषय बनेको छ, स्थानीय तहको निर्वाचन।
भावी प्रधानमन्त्रीका लागि एक्ला उम्मेदवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दोस्रो चरणको स्थानीय तह निर्वाचनपछि मात्रै संविधान संशोधन प्रक्रिया अघि बढाउने प्रस्ट पारेका छन्।
मुख्य राजनीतिक दलहरु नेपाली काँग्रेस, एमाले र माओवादीबीच संसद सञ्चालन गर्न सहमति भएको छ। सोमबार साँझ सिंहदरबारस्थित् सभामुखको कार्यकक्षमा भएको तीन दलका शीर्ष नेताहरुको बैठक चार बुँदे सहमति भएको हो।
असार १४ गते हुने लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि सुनसरीमा कार्यरत शिक्षकले आचार संहिता विपरीत कार्य गरेको उजुरी दिने क्रम बढ्दो छ।
भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनःमतगणना गर्ने निर्वाचन आयोगको निर्णय रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ। भरतपुर महानगरपालिका-१९ का एमाले वडासदस्य प्रत्यासी गुञ्जमान विक र सोही वडाका मतदाता अधिवक्ता तुलसीराम पाण्डेले पुनःमतदानको निर्णय खारेज गर्न माग गर्दै अाइतबार रिट दायर गरेका हुन्।
प्रमुख प्रतिपक्षी एमालेले अवरोध हटाए नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आइतबार संसद्बाट चौथोपटक प्रधानमन्त्री निर्वाचित हुनेछन् । एमालेले विगत केही दिनयता भरतपुर महानगरपालिकामा रोकिएको मतगणनालाई निरन्तरता दिनुपर्ने माग राखेर संसद् सञ्चालनमा अवरोध गर्दै आएको छ ।
भरतपुर महानगरपालिकाको मतगणनालाई निरन्तरता दिने कि मतगणना हुन बाँकी वडामा फेरि चुनाव गर्ने भन्ने विषयमा निर्वाचन आयोग अनिर्णीत बनेको छ।
प्रमुख प्रतिपक्षी दल एमालेलगायतको विरोध कायमै रहे पनि व्यवस्थपिका संसद् सचिवालयले नयाँ प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।
संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकोछ। व्यवस्थापिका संसद नियमावली २०७३ को नियम ४९ को उपदफा २ बमोजिम कार्यतालिका सार्वजनिक गरिएको हो।
जुन ८ मा हुने वेलायती संसदीय निर्वाचनमा एक जना नेपाली मूलका डा.बच्च कैलाश कैनी लेबर पार्टीबाट उम्मेदवार हुँदैछन्।
निर्वाचन विरोधी गतिविधि गरेको भन्दै भोजपुरमा दुईजनालाई प्रहरीले प्रक्राउ गरेको छ । पौवादुङ्मा गाउँपालिका–४ वास्तिमबाट नेपाल कम्युनिस्ट पार्टीका सगरमाथा ब्यूरो सदस्य जीवन राई र गाउँ पार्टी सदस्य मानबहादुर राईलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
मधेशवादी दलको आन्दोलन र निर्वाचन मिति सारिँदा जिल्लाका मतदातामा अन्योल देखिएको छ। सरकारले पछिल्ला दुई दिनमा दुई पटक दोस्रो चरणको निर्वाचनको मिति सारेको छ।