२१ आश्विन २०८१ सोमबार
image/svg+xml

आईएमईका विजेता घोषित

रेमिटेन्स सेवाप्रदायक कम्पनी आईएमईले यसवर्षका दसैं तिहार लगायतका चाड पर्वको अवसरमा ल्याएको प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’योजना अन्तर्गत दोस्रो महिनाको विजेता घोषणा गरेको छ

दशैंतिहारको ऋण तिर्न भारत

तीन कट्टा चामल, बाल बच्चालाई लत्ताकपडा, मासु, नुन–तेल र मरमसला। यत्तिमै १५ हजार ऋण पुग्यो। यो दशैँमा अन्य खर्च मिलाएर २० हजार बढी खर्च नाँघ्यो। ‘पोहोरको पनि १५–२० हजार ऋण बाँकी नै थियो। धन्न यसपटक पनि हारगुहार गर्दा साहुले पत्याए’, भारत जाने क्रममा दिपायलमा भेटिएका बोगटान गाउँपालिका–७का बम बहादुर भुलले भने, ‘४०–५० हजार ऋण पुगिहाल्यो। त्यसैले ऋण तिर्न पञ्जाब(भारत) जादैँछु।’

‘घुँडा टेकेर टीका ग्रहण गर्नु सामन्ती प्रवृत्ति हो’

नेकपा मालेका महासचिव सिपी मैनालीले घुँडा टेकेर टीका ग्रहण गर्नु सामन्ती प्रवृत्ति भएको भन्दै आलोचना गरेका छन्। उनले भने, ‘घुँडा टेकेर टिका ग्रहण गर्नु भनेको सामन्ती प्रवृत्ति हो। शुभ लक्षण होइन्।’

चक्रबहादुरको दशैं बन्यो दशाः घर जल्यो, छोरा घाइते

संखुवासभा, सभापोखरी गाउँपालिका २ धुपूका चक्र बहादुर भट्टराई विगत वर्षझैं दशैं मनाउने तयारीमा थिए। तर उनको दशैं उस्तै नबनेर दशामा परिणत भयो। सोमबार जिल्ला अस्पताल खाँदबारीको शैयामा घाइते छोराको साथमा आएका भट्टराईको अष्टमीका दिन घरसंगै सारा सम्पति जल्यो।

दसैंको टीका लगाउन हिँडेका ५ जना कुकुरको टोकाइबाट घाइते

छाडा कुकुरको टोकाइबाट मेचीनगर–१ का पाँच जना घाइते भएका छन्। घाइते हुनेमा सिम्रन तामाङ, टेकबहादुर बोहोरा, खड्गप्रसाद सापकोटा, भूमिका प्रधान र बिनिता राई छन्। दशैँको टीका लगाउन बाटोमा हिँड्दै गरेका अवस्थामा उनीहरुलाई विगत तीन दिनयता अलगअलग ठाउँमा कुकुरले टोकेको हो।

वडादशैँको मौलिकता हराउँदै, फजुल खर्च र तडकभडक प्रवृत्ति बढ्दै

नेपालीहरुको महान् चाड बडादशैँको खुशी र उमङ्ग सबैतिर छाइरहँदा यसको मौलिकतामा भने पछिल्लो समय ह्रास हुँदै जान थालेकोप्रति चिन्ता व्यक्त गर्न थालिएको छ। पूजा आराधना, शक्तिको उपासना र आपसी सद्भावको महत्वपूर्ण पर्व बडादशैँमा अर्काको देखासिकीमा लाग्ने, आवश्यकताभन्दा बाहिरको फजुल खर्च गर्ने र तडकभडक गर्नेजस्ता प्रवृत्ति बढ्दै जाँदा यसको मौलिकपन हराउँदै गएको हो।

ब्रह्मायणी शक्तिपीठमा भक्तजनको घुइँचो

बडादशैँका दिन आज भक्तपुरको प्रसिद्ध ब्रह्मायणी मन्दिरमा ठूलो मेला लागेको छ। धार्मिक तथा साँस्कृतिक रुपले महत्वपूर्ण मानिने ब्रह्मायणीको दर्शन र पूजाका लागि प्रत्येक वर्ष आजका दिन भक्तजनको घुइँचो लाग्ने गर्छ।

चाडको चटक

नेकपाका नेता पुष्पकमल दाहालले सशस्त्र द्वन्द्वको अवधिमा मात्रै हैन, २०६३ सालमा  शान्तिपूर्ण राजनीतिमा आएपछि पनि दसैंमा टीका बहिष्कार गरिरहे । उनको यो क्रम २०७३ मा दोस्रो पटक प्रधानमन्त्री हुँदासमेत कायम रह्यो । दशमीको दिन इच्छुक आम नागरिकलाई टीका लगाइदिने प्रचलनसमेत उनले तोडे ।

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट बडादसैंको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड बडा दशैंका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेकी छिन्।

राजदेवीमा १५ हजार बोका बलि

शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक १४ हजार ९९७ बोकाको बलि चढाइएको छ। यस पटक गत वर्षभन्दा दुई हजार ५५० बढी बोकाको बलि बढी चढेको छ। गत वर्ष १२ हजार ४४७ बोकाको बलि चढाइएको थियो। विभिन्न सङ्घसंस्थाको विरोधले गत वर्ष बलि चढाउने सङ्ख्यामा कमी आए पनि यस वर्ष बलि चढाउनेको सङ्ख्यामा पुनः वृद्धि भएको देखिएको छ।

मुस्लिम समुदायलाई पनि लाग्यो दशैं, पूर्वमा देखियो धार्मिक सहिष्णुताको नमूना

वडादशैंलाई नेपालीको महान चाड भनिन्छ, केहीले भने हिन्दूहरुको मात्रै भन्ने गरेका छन्। यो तर्कलाई पूर्वका मुस्लिम समुदायले खण्डित गरेका छन्। यहाँ मुस्लिमलाई पनि दशैं लागेको छ। यसैक्रममा संघीय समाजवादी मुस्लिम फोरमले मोरङको क्षेत्र नम्बर २ मा पर्ने सुनवर्सी नगरपालिकास्थित डाइनाचोकमा दशैं शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ।

दशैं : जुम्लामा इटालियन स्याउको माग बढ्यो

चन्दननाथ नगगरपालिका १० का टंक देबकोटा इटालियन जातको फुजी स्याउ बेच्न व्यस्त छन। एकाविहानै स्याउ बगैँचामा पुग्छन्, स्याउ टिप्छन्, बगैचामै स्याउ किन्न आउनेलाई बेच्दछन्, यो उनको दैनिकी हो। दसैँसम्म जुम्लाको स्याउ निर्यात भईसक्ने भएकोले यो स्याउको माग दशैँमा बढेको हो।

राजधानीबाट २२ लाख यात्रु बाहिरिए

काठमाडौँ उपयकाबाट दशैँ मनाउन २१ लाख भन्दा बढी यात्रु बाहिरिएका छन्। महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो सङ्ख्यामा यात्रु बाहिरिएका हुन्।

सशस्त्र प्रहरीले दशैंमा निःशुल्क बस चलाउने

सशस्त्र प्रहरी बल नेपालद्वारा दशैंको अवसरमा काठमाडौं उपत्यकामा ४ वटा बस निःशुल्क रुपमा सञ्चालन गर्ने भएको छ। दशैंको बेला सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको आवतजावतमा सुविधा पु-याउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपालद्वारा निःशुल्क बस संचालन गर्न लागिएको हो।

दशैँमा प्रहरीको निःशुल्क बस सेवा, कुन कुन रूटमा चल्छ ?

नेपाल प्रहरीले दशैँका अवसरमा काठमाडाैं उपत्यकाका विभिन्न तीन रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। नागरिकको सहजताका लागि यही असोज ३१, आगामी कात्तिक १ र २ गते निःशुल्क बस सेवा सञ्चालन गर्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी प्रधान कार्यालय नक्साललाई केन्द्रबिन्दु बनाएर ती रुटमा बस सञ्चालित हुनेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्