१२ असार २०८१ बुधबार
image/svg+xml

फोहर छुट्याएर सङ्कलन गर्दै चन्द्रागिरि

नगरपालिका प्रमुख घनश्याम गिरीका अनुसार यसले सङ्कलन हुने फोहरको परिमाण उल्लेख्यरुपमा घटाउन र बाँकी फोहर दीर्घकालीनरुपमा व्यवस्थापन गर्न यस्तो कार्यक्रम सुरु गरिएको हो।

पोखराको फोहाेरः के अब पोखराको फोहाेर तत्काल नउठ्ने हो ?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा मुख्य बाधक मानिएको यहाँको ल्याण्डफिलसाइटमा शनिबारदेखि फोहाेर फ्याक्न रोकिएको छ।

पोखराले अझै भेटेन फोहर फ्याक्ने ठाउँ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामि जनावरी एकदेखि संचालनमा ल्याउने हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को तयारी छ।

मंसिर १८ पछि कहाँ फ्याकिन्छ पोखराको फोहाेर ?

आगामी जनावरी एकदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने तयारीमा हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लागिपरेको छ।

काठमाडौँ महानगरले फोहर फाल्ने स्थान पहिचान गर्दै

काठमाडौँ महानगरपालिकाले कुहिने फोहर काठमाडौँ उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको छ। सबै किसिमका फोहर बञ्चरेडाँडा पुर्‍याउँदा पटक–पटक समस्या सिर्जना भएकाले आगामी दिनमा प्रभावकारीरूपमा फोहरको दीर्घकालिन समाधानका लागि स्थान पहिचानको काममा लागेको कामपाले जनाएको छ।

सडकमा थुपारिएको सबै फोहाेर व्यवस्थापन

दुई महिनादेखि उपत्यकाको सडकमा थुप्रिएका सबै फोहाेर व्यवस्थापन भए पनि टेकु ट्रान्फरस्टेशनमा राखिएको फोहर व्यवस्थापन भने आगामी सातासम्ममा सक्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ। काठमाडौँ महानगर वातारण विभाग प्रमुख सरिता राईले सडकमा यत्रतत्र रहेको सबै फोहर व्यवस्थापन भइसकेको र यदि कतै फोहाेर व्यवस्थापन हुन बाँकी भएको पाइएमा महानगरलाई जानकारी दिन नागरिकलाई आग्रह गरिन।

काठमाडौंको फोहाेर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण

सांसद अमृता थापामगरले काठमाडौँमा दैनिक फोहाेर थुप्रिँदा नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको र जनजीवन कष्टकर बन्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराएकी हुन्। उनले सरकारले काठमाडौँसहित देशभरका सहरमा फोहाेर व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिँदै फोहाेरका कारण नेपालका मुख्य सहर कुरुप बन्दै गएकोप्रति सबैले ध्यान दिनुपर्नेमा जोड दिईन्।

फोरहका कारण मुख्य प्रवेशद्वार नै बन्द

फोहरकै कारण मानिसले यो प्रवेशद्वार प्रयोग गर्न नपाएको कालीमाटीमा केरा बेच्दै आउनुभएकी रमिता लामाको भनाइ छ। उनका अनुसार दुई महिनादेखि यस क्षेत्रमा फोहरको गाडी आएका छैनन्। कालीमाटीमा गाडी रोकेर यात्रु ओराल्ने र चढाउने स्थानमा पनि फोहरको डङ्गुर थुपारिएकाले यात्रुलाई समस्या पर्नाका साथै फुटपाथमा आवतजावत गर्नसमेत कठिन छ।

छैन फोहाेरमैला व्यवस्थापनमा कानुनी अड्चन

'फोहाेरमैला विसर्जन गर्ने स्थान विवादरहित र दिगो बनाउन के कस्ता समस्याको के कसरी दिगो रुपमा समाधान गर्नुपर्दछ? नियमित रुपमा फोहाेर मैला व्यवस्थापन गर्न के के उपाय गर्नुपर्दछ? ती सबै बुँदामा र साथै महानगर र उपमहानगरपालिकाको अनुभवबाट देखिएका अन्य अवस्थामा पनि केही सुझावसमेत भए तिनीहरुलाई समावेश गरी विस्तृत रुपको प्रतिवेदन पाँच महिनाभित्रमा पठाउनु भनी झिकाइ आएपछि नियमानुसार पेस गर्नु।'

काठमाडौँका सडकमा फोहाेरको डङ्गुर

दुई महिनादेखि काठमाडौँको सडकमा फोहाेर थुप्रदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ। बाटो मर्मतको कारण देखाउँदै काठमाडौँ महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहाेरको अन्तिम व्यवस्थापनको काम नगर्दा सडकमा जताततै फोहर देखिन थालेको हो।

मध्यपुरठिमिमा घरघर र चोकचोकमा थुप्रियो फोहाेर

मध्यपुरठिमि नगरपालिकाको कार्यालय नजिकै पाटी विहार अगाडि दुई सातादेखि फोहोरको डंगुर थुप्रिएको छ।

उपत्यकाको फोहोर स्रोतमै वर्गीकरण अन्तिम समाधान हो त ?

पेचिलो सवाल बन्दै आएको संघीय राजधानी काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौतीपूर्ण बन्दै गएको छ।

फोहर व्यवस्थापनको दीर्घकालीन समाधान

पर्यटकलाई स्वागत गरेर विदेशी मुद्रा आर्जन गर्ने उद्देश्य राखेको मुलुकले राजधानीकै फोहर व्यस्थापन गर्न नसक्ने अवस्थाले नकारात्मक प्रभाव पार्छ। अतः फोहरलाई मोहरमा बदल्न सक्ने गरी योजना बनाउन महानगरको नयाँ नेतृत्व सफल होस्। यसो भयो भने नगरको स्वच्छता मात्र कायम हुँदैन, नागरिकमा पनि सन्तोषको भाव पैदा हुन्छ।

फोहाेर नउठ्दा उडानमा जोखिम

पर्यटकीय सहर पोखराको सडक फोहाेरको डंगुरले भरिएको छ। सहरका चोकचोकमा फोहाेर थुप्रिँदा यहाँस्थित विमानस्थलबाट हुने हवाई उडानमा जोखिम निम्तिन सक्ने भन्दै विमानस्थलले चिन्ता जनाएको छ। चोकचोकमा थुपारिएको फोहरका कारण विभिन्न जनावर र चराचुरुंगी आकर्षित हुने र त्यसको आउजाउले हवाई उडान प्रभावित हुने जोखिम रहेको विमानस्थलले बताएको छ।

पर्यटकीय सहरको चोकचोकमा फोहाेरको डंगुर

पर्यटकीय सहर पोखराको फोहाेर नउठेको पाँच दिन भयो। पोखरा महानगरपालिकाले सहरभित्रको फोहाेर व्यवस्थापन गरिरहेको ठाउँका स्थानीयवसीले माग राखेर आन्दोलन गरेपछि सहरको फोहाेर नउठेको हो। अहिले पोखराको मुल सडकको ठाउँठाउँमा फोहाेरको थुप्रो देखिन्छ। स्थानीयले घरभित्रको फोहाेर लगेर सडकको चोकचोकमा थुपारिदिएका छन्। महानगरकै कार्यालय अघि पनि फोहाेरको थुप्रो छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्