२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

विजेतालाई सरकारको पुरस्कार

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक दिलाएका विभिन्न स्पर्धाका खेलाडीलाई बुधबार युवा तथा खेलकुद मन्त्रालयले नगदसहित सम्मान गरेको छ। सम्मान हुनेमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि स्वर्ण पदक जित्ने धावक अजितकुमार यादव, ब्याडमिन्टनका प्रिन्स दाहाल र अजय तामाङलाई सम्मान गरेको हो।

पुस्तकमा नेपालकाे उदारवाद प्रयोग र परिणाम

पूर्वसचिव तथा महालेख परीक्षक भानुप्रसाद आचार्यद्वारा लिखित पुस्तक नेपालमा उदारवाद : प्रयोग र परिणामको लोकार्पण गरिएको छ। सोमबार पूर्वराष्ट्रपति रामवरण यादवले उक्त पुस्तकको विमोचन गरेका हुन्।

अक्षयकोषका लागि सहयोग

बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तीस्थित पिपलभन्ज्याङ माविमा अक्षयकोष निर्माणका लागि नगद सहयोग प्रदान गरिएको छ। सोही विद्यालयका पूर्वशिक्षकसमेत रहेका र हाल अमेरिका बस्दै आएका विष्णुकुमार त्रिपाठीले विद्यालयलाई नगद सहयोग गरेका हुन्।

उत्तर कोरियामा खाद्यान्न पठाउने दक्षिणको तयारी

दक्षिण कोरियाले यसै महिना उत्तर कोरियाका लागि खाद्यान्न सहयोगको पहिलो खेप पठाउने अन्तिम तयारी गरिरहेको दक्षिण कोरियाली एकीकरण मन्त्रालयले जनाएको छ।

वातावरणीय मूल्यांकनका सर्त पालना नगरेको संसदीय उपसमितिको ठहर

धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ ताल्तीमा निर्माण भइरहेको ह्वासिन सिमेन्ट उद्योगले वातावरणीय मूल्यांकन सर्त पालना नगरेको संसदीय उपसमितिले निष्कर्ष निकालेको छ।

वीरगन्जका उद्योगी व्यवसायी सडकमा

उद्योग, व्यवसाय र यातायात पारवहन क्षेत्रलाई नियमन गर्न सरकारले लागु गरेको नयाँ कानुनी व्यवस्था अव्यावहारिक रहेको भन्दै आइतबार वीरगन्जका उद्योगी व्यवसायी सडकमा उत्रिएका छन्।

‘रगत, आँसु र पसिनाको अक्षरले लेखेको संविधान पढियोस्’

‘२४० वर्षको राजतन्त्र पराजित गर्नका लागि नेपाली जनताले रगत र पसिना मात्र होइन आँसु पनि लगानी गरेको छ। तर, यतीबेला लोकसेवा आयोगले त्यसलाई हेरेन। लोकसेवा आयोगले के पढ्यो कुन्नी मलाई थाहा छैन। तर, नेपाली जनताले लगानी गरेको रगत, आँसु र पसिनाको अक्षरले लेखेको संविधान पढेन’, यो भनाई खोटाङको प्रदेशसभा सांसद राजन राईको हो।

वीरगन्जका उद्योग व्यवसायी सडकमा

उद्योग, व्यवसाय र यातायात क्षेत्रलाई नियमन गर्न सरकारले लागु गरेको नयाँ कानुनी व्यवस्था अव्यवहारिक रहेको भन्दै वीरगन्जमा उद्योगी व्यवसायी आइतबार सडकमा उत्रिएका छन्।

भलिबललाई स्याटलाइट टेलिकमको साथ

साउन अन्तिम साता काठमाडौंमा आयोजना हुने एसियन भलिबल कन्फडरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि नेपाल स्याटलाइट टेलिकमले २० लाख रुपैयाँबराबरको प्रायोजन गर्ने भएको छ।

भड्किलो प्रचार, फितलाे कार्यान्वयन

योगदानमा आधारित सामाजिक सुरक्षा योजना नेपाली कांग्रेसको सरकारले ल्याएको हो। यसलाई फेरि वर्तमान सरकारका प्रधानमन्त्री केपी ओलीले तामझामका साथ भड्किलो प्रचारप्रसार गर्दै नयाँ युगको सुरुवात भन्दै आफ्नो पोस्टर काठमाडौँका पोलपोलमा टाँस्न लगाएर २०७५ मंसिर ११ गते लागू भएको घोषण गर्नुभयो, तर यसको कार्यान्वयन भने यही साउन १ गतेदेखि भएको छ। तर उक्त कार्यक्रममा १ प्रतिशत पनि रोजगारदाता सामेल हुन सकेका छैनन्। सरकारको पटकपटकको निर्देशन हुँदा पनि रोजगारदाता कार्यक्रमप्रति इच्छुक देखिन्नन्।

लोकसेवाको परीक्षामा अवरोध पुर्‍याउने चार जना पक्राउ

खोटाङमा लोकसेवा आयोगको परीक्षामा अवरोध पुर्याएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ। शनिबार दिक्तेलमा आयोगको पाँचौं तहको परीक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर अवरोध पुर्याएको भन्दै प्रहरीले नेपाल आदिवासी जनजाति महासंघका सचिव रबिन खम्बु, महासंघका सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार, सविना अछामेलाई पक्राउ गरेको हो।

जग्गा हडपे, कसुर अस्वीकार

सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको करिब एक सय १४ रोपनी जग्गा अहिले भूमाफिया, व्यापारी, नेतादेखि ‘पहुँचवाला’ को नाममा गइसकेको छ। डिल्लीबजार मालपोत कार्यालयको अभिलेखअनुसार ललितानिवासको जग्गासम्बन्धी लालपुर्जा र सम्पूर्ण भोगाधिकार अहिले व्यक्तिका नाममा छ।

फेसएपबाट प्रयोगकर्ता कत्तिको सुरक्षित?

अनुहारको तस्बिर सम्पादन गरेर साबिकको भन्दा युवा वा वृद्ध अवस्था देखाइदिने एप ‘फेसएप’बारे अहिले सबैतिर चर्चा भइरहेको छ। उक्त एप प्रयोग गरेर प्राप्त परिणाम हजारौँ मानिसले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिरहेका छन्।

एक लाख ७५ हजार घुससहित सडकका कर्मचारी पक्राउ

घुस रकमसहित सडक डिभिजन कार्यालयका कम्युटर अपरेटर पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले घुस रकम सहित सडक डिभिजन कार्यालयका कम्प्युटर अपरेटर प्रकाश पौडेललाई पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्