२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

विजेतालाई सरकारको पुरस्कार

काठमाडौं – राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक दिलाएका विभिन्न स्पर्धाका खेलाडीलाई बुधबार युवा तथा खेलकुद मन्त्रालयले नगदसहित सम्मान गरेको छ। सम्मान हुनेमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि स्वर्ण पदक जित्ने धावक अजितकुमार यादव, ब्याडमिन्टनका प्रिन्स दाहाल र अजय तामाङलाई सम्मान गरेको हो।

नेपालका लागि स्वर्ण पदक दिलाएका यी तीन खेलाडीलाई जनही नगद १ लाख रुपैयाँ प्रदान गरेको हो। पुरस्कृत भएका अजितले गत चैतमा सम्पन्न तेस्रो युथ एथ्लेटिक्समा स्वर्ण जितेका थिए भने प्रिन्सले गत असोजमा दुबई इन्टरनेसनल जुनियर ब्याडमिन्टनको स्पर्धामा पहिलो स्थान हासिल गरेका थिए। यस्तै अजयले स्पेसल ओलम्पिकमा स्वर्ण जितेका थिए। अजितलाई स्वर्ण पदक दिलाउन प्रशिक्षकको भूमिका निर्वाह गरेका धनीराम चौधरी र अजयलाई स्पेसल ओलम्पिकको पदक दिलाउन सफल महिमा कोइरालालाई जनही ५० हजार रुपैयाँबाट पुरस्कृत गरियो।

यस्तै मन्त्रालयले गत वर्ष माघमा पाकिस्तानमा भएको पहिलो अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट सिरिजमा सहभागी भएको महिला नेत्रहीन क्रिकेट टोलीलाई पनि पुरस्कार प्रदान गरेको छ। पाकिस्तानविरुद्धको शृंखला जितेको नेपाली टोलीका १५ खेलाडीलाई जनही ५० हजार र ७ जना अफिसियललाई जनही २५ हजार रुपियाँले पुरस्कृत गरेको हो।

यस्तै विराटनगरमा सम्पन्न पाँचौं साफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई पनि मन्त्रालयले जनही ३२ हजार ५ सय रुपैयाँ प्रदान गरेको छ। नेपालमा आयोजना भएको साफ प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो। फागुनमा विराटनगरमा सम्पन्न प्रतियोगितामा नेपाल फाइनलमा भारतसँग ३–१ ले पराजित भएको थियो। यसअघि सोमबार प्रदेश १ को सरकार र विराटनगर महानगरपालिकाले क्रमश जनही १ लाख र ५० हजार रुपैयाँले पुरस्कृत गरेका थिए।

प्रकाशित: ९ श्रावण २०७६ ०२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App