९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

वीरगन्जका उद्योग व्यवसायी सडकमा

वीरगन्जमा निकालिएको उद्योगी ब्यवसायिको बिरोध -याली । तस्विरः रितेश त्रिपाठी

वीरगन्ज– उद्योग, व्यवसाय र यातायात क्षेत्रलाई नियमन गर्न सरकारले लागु गरेको नयाँ कानुनी व्यवस्था अव्यवहारिक रहेको भन्दै वीरगन्जमा उद्योगी व्यवसायी आइतबार सडकमा उत्रिएका छन्। खास गरी सरकारले साउन १ गतेदेखि लागु गरेको भेहिकल एण्ड कन्साइन्मेन्ट ट्रेकिङ सिस्टम (भिसीटिएस) र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, खाद्यान्न तथा ढुवानीमा लगाइएको भ्याट लगायतमा बिरोध गर्दै उद्योगी व्यवसायी सडकमा उत्रिएका हुन्।

वीरगञ्ज उद्योग वाणिज्य संघको अगुवाईमा स्थानीय उद्योगपतिदेखी ढुवानी व्यवसायिसम्म सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन्। घण्टाघरमा आएर कोणसभामा टुंगिएकामा विरोध -याली विर्तास्थित संघको भवनबाट सुरु भएको थियो।

‘उद्योग र व्यापार संचालन नयाँ व्यवस्था अनुसार गर्न सकिँदैन, व्यापारीको समस्या सरकारले बुझिदिएन, उद्योग व्यवसाय संचालन गर्ने वातावरण कानुनी रुपमा अब कठिन भइसकेको छ’ वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले भने, ‘अचानक सरकारले अव्यवहारिक किसिमका नीति नियम ल्याएर उद्योगी व्यवसायीलाई दुःख दिन खोजेकोले विरोधमा उत्रनु परेको हो।’

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य गणेश लाठले सडक आन्दोलन नगरी सरकारले व्यापारी उद्योगीका पीरमर्का सुनिदेओस भन्ने हाम्रो मनसाय हो, तर त्यो नभएकोले बाध्यतावस सडकमा उत्रिनु परेको बताए। ‘सरकारले आन्दोलनको भाषा मात्र बुझ्दछ, यस बाहेक अरु तरिकाबाट सुन्दैन,’ उद्योगी लाठले जुलुसका सहभागीलाई सम्बोधन गर्दै भने, ‘त्यसैले बाध्य भइ सडकमा आउनुपरेको हो,  धर्ना बस्नेदेखी भन्सार घेर्नुपर्नेसम्म अवस्था हुन सक्छ, सडकमै सुत्नै परे पनि मानसिक रुपमा तयार रहनुपर्छ।’

सरकारले उद्योग वाणिज्य क्षेत्रलाई धराशायी बनाउने हिसाबले काम गरेको वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ओमप्रकाश शिकारियाले आरोप लगाए। संघका पूर्व अध्यक्ष प्रदीप केडिया, वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, महासंघका सदस्य अशोक टेमानी, उद्योग अनिल पटवारी लगायतको सहभागिता थियो।

प्रकाशित: ५ श्रावण २०७६ १३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App