८ मंसिर २०८१ शनिबार
image/svg+xml

न्युड आर्टमा दर्शकको घुइँचो

न्युड आर्टमा सक्रिय भएर नेपालमा काम गर्ने कलाकारहरू कम छन्। करिब दुई दशकदेखि यस विधामा चित्रहरू कोरिरहेका कलाकार कपिलमणि दीक्षितको एकल चित्रकला प्रदर्शनी ललितपुरको चाकुपाटस्थित ग्यालरी एमक्युबमा भइरहेको छ। ‘५०० न्युड्स’ नामक १५ औं चित्रकला प्रदर्शनीमा उनले मानिसहरूको दैनिक जीवनका विभिन्न गतिविधि, हाउभाउ र अवस्थालाई सिरिजमार्फत प्रस्तुत गरेका छन्।

देवघाटमा भक्तजनको घुइँचो

साउनको पहिलो सोमबार आज आषाढ शुक्ल एकादशीसमेत परेपछि पवित्र तीर्थस्थल देवघाट धाममा भक्तजनको घुइचो लागेको छ।

बोर्डिङ छाडेर सामुदायिक विद्यालयमा विद्यार्थीको घुइँचो

जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या न्यून छ। नगर तथा गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या कम हुँदा मर्जर वा बन्द हुने अवस्थामा पुगेका छन्। विद्यार्थीभन्दा शिक्षकको संख्या धेरै भएका विद्यालयसमेत भेटिन्छन्।

रारामा हिउँ खेल्नेको घुइँचो (फोटो फिचर)

माघको अन्तिममा हिउँ परेपछि रारामा हिउँ खेल्ने आन्तरिक पर्यटकसंगै बाह्य पर्यटकको संख्यामा पनि उतिकै वृद्धि हुन थालेको छ।

सर्लाहीमा भन्टाको भार र धानको मटका चढाउनेको घुइँचो

महाशिवरात्रीका अवसरमा सर्लाहीको हरिपुरस्थित ऐतिहासिक एवं धार्मिक स्थल लक्ष्मीनाथ महादेव मन्दिर (चितायन मन्दिर) परिसरमा मंगलबार दिनभर भक्तजनको घुइँचो लागेको छ ।

रुरु क्षेत्रमा माघेसंक्रान्ति मनाउन दर्शनार्थीको घुइँचो (फोटो फिचर)

चार धाममध्ये एक धामका रुपमा परिचित रुरु क्षेत्रमा सोमबार विहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ। गुल्मी, पाल्पा र स्याङजा जिल्लाको संगम स्थल रुरु (रिडी) क्षेत्रमा माघेसंक्रान्तिको अवसरमा कालीगण्डकी स्नान गर्ने र यहाँ रहेका मठ मन्दिरहरुमा पूजाआजा गर्ने दर्शनार्थीको घुईंचो विहानैदेखि लागेको हो।

भेरी–बबई डाइभर्सनमा विकास हेर्नेको घुइँचो

नेपाल प्रहरीका जागिरे नेपालगन्ज, गणेशपुरका रबिन खड्कालाई धेरै अघिदेखि एउटा उत्सुकता थियो– मेसिनबाट सुरुङ खनिन्छ भन्छन्, कस्तो होला ! उनी यही उत्सुकता मेट्न घरबिदामा आएको बेला मोटरसाइकल चढेर निर्माणस्थल (सुर्खेत, हात्तीखाल) मै पुगे ।

फाल्गुनन्द गोल्डकप हेर्न दर्शकको घुइँचो (फोटो फिचर)

पूर्वी पहाडी जिल्ला पाँचथरको सदरमुकाम फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्ड फुटबल प्रतियोगिता हेर्न आउने दर्शकको क्रेज बढेको छ । दर्शकका सुविधाका लागि बनाइएको अस्थायी प्याराफिट खचाखच भरिएको हुन्छ । दिउँसो २ः३० बजे हुने प्रतियोगिताका लागि दर्शकहरु १ बजेदेखि मैदानमा पुग्ने गरेका छन् ।

पौषे औंशीको अवसरमा आज बेत्रावतीमा श्राद्ध गर्नेको घुइँचो

पौषे औशीको अवशरमा आज रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा दिवंगत व्यक्तिको नाममा तर्पण अर्थात श्राद्ध गर्नेको घुइँचो लागेको छ। त्रिशुली, सलाखु र फलाँखु खोलाको त्रिवेणीस्थल बेत्रावतीमा दिवंगत पितृहरूको चीरशान्तिको कामना गर्दै ‘जौ’ को पिण्ड दिएर आज बिहानैदेखि श्राद्ध गरिरहेका छन्।

‘ठूला डाक्टर’ भेट्ने लालसाले स्थानीयको घुइँचो

घाँटीमा बेरेका गम्छाले छिनछिनमै अनुहारको पसिना पुछ्दै उनी बिरामीसँग कुनै बेला नेपाली त कुनै बेला नेपाली र हिन्दी मिश्रित मैथिलीमा कुराकानी गरिरहेका थिए । चिटचिट आउने पसिनाबाहेक उनको अनुहारमा लामो समयदेखिको अनशनबाट हुन सक्ने शारीरिक कमजोरी वा थकान देखिँदैनथ्यो । स्थानीयको हानथाप र होहल्लाले केही फरक परेको थिएन । उनी दत्तचित्त भएर बिरामीको बिरामी जाँच गरिरहेका थिए ।

बैंकमा अनुदान लिने भूकम्प पीडितको घुइँचो

खोटाङमा आवास अनुदान लिने भूकम्प पीडितको घुइँचो लागेको छ । महाभूकम्प गएको दुई वर्षपछि वितरण सुरु गरिएको आवास अनुदान लिने भूकम्प पीडितको घुइँचो लागेको हो । आवास अनुदान लिनका लागि गाउँ–गाउँका भूकम्प पीडित सदरमुकाम आएका छन् । २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट पीडित परिवारलाई सालपा विकास बैंकबाट जेठ १९ गतेदेखि र सेञ्चुरी कमर्सियल बैंकमार्फत जेठ २२ गतेदेखि निजी आवास अनुदान वापतको पहिलो किस्ताको रकम वितरण सुरु गरिएको छ ।

महिलाको शरीरमा शिवजी प्रवेश गरेको हल्लापछि हेर्नेको घुइँचो (तस्बिरहरु)

रौतहटको सखुअवा धमौरा गाविसमा एक महिलाको शरीरमा भगवान शिवको प्रवेश भएको विश्वासमा हेर्नेहरुको घुइँचो लाग्न थालेको छ। सखुअवा धमौरा गाविस–६ सिसवा टोलकी २४ वर्षीया प्रियंकादेवी दासको शरीरको विभिन्न अंगमा शिवसँग सम्बन्धित विभिन्न आकृति देखिन थालेको स्थानीयको भनाइ छ।

कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुरको कृष्ण मन्दिरमा आज बिहान देखि नै भक्तजनको घुइँचो लागेको छ । श्रीकृष्णको जन्माष्टमीको दिन भक्तजन व्रत लिएर मन्दिरमा पूजाआराधना गर्न आउने गरेको मन्दिरका पुजारी प्रतापधर शर्माले बताए।

मलेसियन शैक्षिक मेलामा घुइँचो

मलेसियन दूतावासको सहकार्यमा शुक्रबार सुरु 'नवौं मलेसियन एजुकेसन मेला २०१६' मा मलेसियामा उच्च शिक्षा पढ्न चाहने नेपाली विद्यार्थीको घुइँचो लागेको छ। नेपालका लागि मलेसियन उच्च शिक्षामा काम गर्ने एक मात्र शैक्षिक परामर्शदातृ संस्था स्टडी प्लसले आयोजना गरेको मेलामा विद्यार्थी तथा अभिभावकले मलेसियन विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग उच्च शिक्षाबारे चासो राखेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्