झापामा खोलाले बगाउँदा एकको मृत्यु
आइतबार बिहान झापामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।
आइतबार बिहान झापामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।
झापामा पानी निर्मलीकरण गर्न प्रयोग गरिने क्लोरिन चक्कीको अभाव भएको छ।
बाढीका कारण ज्यान गुमाउनेको संख्या झापामा ७ पुगेको छ। आइतबार साँझसम्म चार जनाको शव भेटिएको जिल्लामा सोमबार थप तीन जनाको शव फेला परेको छ। थप पाँच जना चार दिनदेखि बेपत्ता रहेका कारण मृतक संख्या अरु थपिन सक्ने प्रहरीको अनुमान छ।
झापामा बाढीका कारण २ जनाको मृत्यु भएको छ भने ११ सय ११ परिवार विस्थापित बनेका छन्। यस्तै बाढीमा ८ जना बेपत्ता छन्।
स्वाइन फ्लुका कारण झापामा दुई महिलाको मृत्यु भएको छ। बिर्तामोड नगरपालिका ४ की ३७ वर्षीया अनितादेवी मित्तल र बिर्तामोड १ की ४७ वर्षीया मनिषा अग्रवालको स्वाइन फ्लुकै कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले पुष्टि गरेको हो।
झापाको भद्रपुर नगरपालिका–८ स्थित सडक पेटीमा आज एक व्यक्ति मृत फेला परेका छन्।
असार १४ गते हुने भनिएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा झापामा आमा–छोरीले एउटै पार्टीबाट उपप्रमुखको टिकट पाएका छन्। नेपाली काँग्रेसबाट भद्रपुर नगरपालिकामा तारा भुर्तेलले उपप्रमुखको टिकट पाएकी छन् भने उनकी छोरी दुर्गा भुर्तेल खतिवडाले मेचीनगर नगरपालिकामा उपप्रमुखकै टिकट पाएकी हुन्।
झापाको भद्रपुरमा दुर्लभ जातका अजिङ्गर फेला परेको छ । भद्रपुर नगरपालिका–३ आपगाछीस्थित झिलमिले खोला किनारमा बुधबार सानो आकारको पाइथन मोलुरस अजिङ्गर फेला परेको हो ।
अत्तरियामा जारी रुस्लान अत्तरिया कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा राइजिङ क्रिकेट वुमन काठमाडौं र झापा क्रिकेट एकेडेमी सेमिफाइनलमा प्रवेश गरेका छन्। शनिबार बिहान भएको खेलमा बारा क्रिकेट एकेडेमीलाई हराएर समूह 'बी' को विजेता बन्दै राइजिङ सेमिफाइनल पुगेको छ।
नेकपा माओवादी केन्द्रले तीन नगरपालिकासहित छ स्थानीय तहमा आगामी निर्वाचनका लागि प्रमुख र उपप्रमुखमा उम्मेदवारको टुङ्गो लगाएको छ ।
अपहरण तथा शरीर बन्धक बनाएको अभियोगमा जिल्ला प्रशासन कार्यालय झापाका कर्मचारीसहित ३ जना पक्राउ परेका छन् ।
साबिक विजेता रमपम झापा–११ ले तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको उपाधि जितेको छ। झापाले पहिलो संस्करणको विजेता त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै उपाधि रक्षा गर्यो। निर्धारित समयमा गोल हुन नसकेपछि अतिरिक्त समय थप गरिएको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो।
निर्धातिर ९० मिनेटपछि थपिएको १५ मिनेटको पनि इन्जुरी समयमा विशाल राई (ए)ले गरेको गोलसँगै डिफेन्डिङ च्याम्पियन रमपम झापा–११ तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनलमा पुगेको छ ।
माइभ्याली गोल्डकपको दोस्रो क्वार्टरफाइनलमा रमपम झापा–११ ले अग्नि रुपन्देही–११ लाई पराजित गरेको छ । अाइतबारको दोस्रो क्वार्टरफाइनलमा झापाले टाइब्रेकरमा रुपन्देही–११ लाई ५–३ गोलअन्तरले पराजित गर्यो।
पार्टीलाई ‘मधेशविरोधी भन्दै फिँजाइएको भ्रम चिर्ने’ लक्ष्यका साथ शुरु हुन लागेको मेची–महाकाली राष्ट्रिय अभियानमा सहभागी हुन एमाले शीर्ष नेताहरु शुक्रबार झापा आइपुगेका छन्।