झापा– अपहरण तथा शरीर बन्धक बनाएको अभियोगमा जिल्ला प्रशासन कार्यालय झापाका खिरदारसहित ३ जना पक्राउ परेका छन् ।
झापा प्रहरी प्रमुख एसपी शैलेश थापा क्षेत्रीले दिएको जानकारी अनुसार प्रशासनका खरिदार तेजेन्द्र न्यौपाने, अजय राई र प्रेम न्यौपाने आइतबार साँझ पक्राउ परेका हुन् ।
जीवन विष्ट नामका व्यक्तिले विर्तामोड प्रहरीमा दिएको उजुरीका आधारमा उनीहरु पक्राउ परेका हुन् ।
उजुरीकर्ता विष्टको नाममा बिर्तामाेडमा रहेकाे करोडौं मूल्य पर्ने जग्गा उनलार्इ अपहरण गरेर सित्तैमा पास गरार्इ हत्याउन खाेजेकाे अभियोग पक्राउ परेकामाथि लागेकाे छ।
‘घटनाको अनुसन्धान भइरहेको छ’, एसपी थापाले भने।
प्रकाशित: २८ चैत्र २०७३ ०८:०९ सोमबार