१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

झापा गोल्डकपको उपाधि मनाङले जित्यो

झापा गोल्ड कपको उपाधि मनाङ मर्स्याङ्दीले जितेको छ। सोमबार भएको फाइनल खेलमा आयोजक झापा ११ लाई १-० गोलले पराजित गर्दै मनाङ मर्स्याङ्दीले उपाधि जितेको हो। मनाङका लागि ओलावाले ६३औं मिनेटमा निर्णायक गोल गरेका थिए।

श्रेष्ठताको लडाईँमा मनाङ र झापा

रमपम झापा गोल्डकप फुटबलको उपाधिका लागि आयोजक झापा ११ र लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब सोमबार आमने–सामने हुँदैछन्। केही वर्षयता नेपाली फुटबलमा बलियो उपस्थिति देखाएको घरेलु टोली झापा र स्टार खेलाडीको बाहुल्य रहेको परम्परागत महारथी मनाङबीचको निर्णायक भीडन्त 'टफ' हुने अपेक्षा सबैको छ।

घरेलु मैदानमा झापाको सफलता निरन्तर

घरेलु मैदानमा लगातार सफलता आत्मसात गर्ने क्रमलाई शुक्रबार सेमिफाइनलमा निरन्तरता दिँदै आयोजक झापाले लगातार दोस्रो वर्ष रमपम झापा गोल्डकपको फाइनलमा स्थान पक्का गरेको छ।

झापाको जितमा मार्टिन नायक

पाहुना टोली सुदूर पश्चिमलाई ४–० को फराकिलो गोल अन्तरले स्तव्ध पार्दै आयोजक झापा ११ रमपम झापा गोल्डकपको सेमिफाइनलान प्रवेश गरेको छ। बुधबार डोमालाल रंगशालामा खचाखच घरेलु दर्शकको साथ पाएको झापाले विपक्षीलाई कुनै पनि बेला खेलमा हावी हुन नदिई सहज जीत हात पार्‍यो।

झापाली समाजमा ओली

अन्तर्राष्ट्रिय झापाली समाजको तदर्थ समिति संयोजकमा भवानीप्रसाद ओली चयन भएका छन्। झापाली समाज अस्ट्रेलिया, अमेरिका, जापान, कोरिया, हङकङ, कुबेतलगायत १५ भन्दा बढी देशका अन्तर्राष्ट्रिय प्रतिनिधिको पहिलो बैठकले ओलीलाई सर्वसम्मत संयोजकमा चयन गरेको हो।

घरेलु मैदानमा झापाको रवाफ

मोफसलकै सर्वाधिक पुरस्कार राशीको रमपम झापा गोल्ड कपमा आयोजक रमपम झापा–११ ले विजयी शुरुवात गरेको छ । शनिबार उद्घाटन खेलमा झापाले कालिम्पोङको शेर ‘ए’ फुटबल क्लबलाई ५–० को फराकिलो अन्तरले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो।

कर्णको ह्याट्रिकमा झापाको सहज जित

कर्ण सुब्बाको ह्याट्रिकमा झापा–११ ले पाहुना टोली एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए)माथि सहज जित निकाल्दै आहा–रारा गोल्डकपको क्वार्टरफाइनलमा पुगेको छ। पोखरा रंगशालामा बिहीबार झापा–११ ले एएनएमाथि ४–१ ले विजयी भएको हो।

झापा, मोरङ र सुनसरी दुई नम्बर प्रदेशमा गाभ्नुपर्ने मागबाट मोर्चा पछि हट्यो

दुई नम्बर प्रदेशमा झापा, मोरङ र सुरनसरी जिल्ला मिलाउन माग गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आफ्नो मागबाट पछि हटेको छ। प्रधानमन्त्रीले पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला निकाल्ने बाहेक अन्य विषयमा भने संघीय आयोग गठन गरी माग सम्बोधन गर्न सकिने मोर्चा नेतालाई आश्वासन दिएका छन्।

कास्की र झापामा बंगुरका नमुना फार्म

सरकारले बंगुरपालनमा व्यवसायीकरण गर्न मुलुकका दुई जिल्लामा नमुना फार्म निर्माण गर्ने भएको छ। निजी क्षेत्रसँगको सहकार्यमा कास्की र झापामा फार्म निर्माण गर्न लागेको हो। सो कार्यक्रमको लागि सरकारले करिब १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो।

झापालाई काँकडभिट्टा गोल्डकप

लामो समयको उपाधिविहीन यात्रा अन्त्य गर्दै  रमपम झापा– ११ मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबल उपाधि जित्न सफल भएको छ। घरेलु मैदानमा शनिबार विभागीय टोली सशस्त्र प्रहरीको एपिएफविरुद्ध ३–० को प्रभावशाली विजय हासिल गर्दै झापाले उपाधि हात पार्दा सशस्त्रको टोली भने महिना दिनभित्रै उपाधि ह्याटि्रक गर्ने अवसरबाट चुकेको छ।

काँकडभिट्टा गोल्डकपको उपाधि झापालाई

लामो समयदेखिको उपाधि खडेरी तोड्दै रमपम झापा ११ मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबलको उपाधि जित्न सफल भएको छ। शनिबार विभागीय टोली एपिएफलाई ३–० ले हराउँदै झापाले ४ लाख नगदसहितको उपाधि चुमेको हो।

झापा र एपिएफको निर्णायक भेट

सशस्त्र प्रहरीको एपीएफ क्लब र रमपम झापा–११ मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबलको उपाधि भिडन्तका लागि शनिबार मैदानमा उत्रिँदा भिन्न दबाबमा हुनेछन्।

झापाको जितमा कर्ण नायक

कर्ण लिम्बुको ह्याटि्रक प्रेरित घरेलु टोली रमपम झापा–११ मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबारको सेमिफाइनल १० खेलाडीमा सिमित भएर अन्त्य गरेको रुपन्देही–११ माथि ४–० को जित निकाल्दै झापाले उपाधि भिडन्तमा स्थान पक्का गरेको थियो।

टाइब्रेकरमा झापाको जित

रमपम झापा–११ ले शनिबार काँकडभिट्टामा सुरु मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबलमा हिमालयन शेर्पा क्लबलाई टाइब्रेकरमा ५–३ पराजित गर्‍यो। प्रतियोगिताको दोस्रो संस्करणको उद्घाटन खेलमा जितसँगै झापा सेमिफाइनलमा पुगेको छ। २–१ ले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै झापालेे पेनाल्टी सुटआउटमा बाजी मार्‍यो।

विश्वप्रकाश नेतृत्वमा झापामा स्वास्थ्य महोत्सव

राजनीतिक दलहरुले गर्ने कार्यक्रम भन्ने बित्तिकै सबैले सम्झिने कुरा लगभग एउटै हुन्छ, सभा, भाषणबाजी, नाराजुलुस। दलीय फाइदाभन्दा परको कुरा सोच्नै नसक्ने भन्दै चौतर्फी आलोचना हुने गरेको छ। यसबाट  कुनै पनि दल मुक्त छैनन्। तर, झापाको १ नम्बर क्षेत्रमा  भने यसपटक नेपाली काँग्रेस एउटा फरक तर जनतासँग प्रत्यक्ष सम्बन्धित कार्यक्रमसहित पेश हुने तयारीमा लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्