काठमाडौं- अन्तर्राष्ट्रिय झापाली समाजको तदर्थ समिति संयोजकमा भवानीप्रसाद ओली चयन भएका छन्। झापाली समाज अस्ट्रेलिया, अमेरिका, जापान, कोरिया, हङकङ, कुबेतलगायत १५ भन्दा बढी देशका अन्तर्राष्ट्रिय प्रतिनिधिको पहिलो बैठकले ओलीलाई सर्वसम्मत संयोजकमा चयन गरेको हो।
ओली प्रमोद सिटौलाको प्रस्तावमा संयोजक चयन भएका हुन्। सिटौलाको प्रस्तावलाई कुमार झापाली, राजु थापा, तुलसी पाठक, सन्तोष सिटौला, बालहरि राईलगायतका विभिन्न मुलुकबाट आएका प्रतिनिधिले समर्थन गरेका थिए।
नवनिर्वाचित संयोजक ओलीले विदेशमा रहेका झापालीलाई गोलबद्ध गर्दै आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित: १८ माघ २०७३ ०३:१८ मंगलबार