१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

झापामा ठूला प्रतियोगिताको लहर

नेपाली फुटबलको उर्वर भूमि मानिने झापामा पछिल्लो समय ठूला फुटबल प्रतियोगिताको लहर चलेको छ। सहारा सुरुङ्गा गोल्डकप सकिएको धेरै भएको छैन। शरणामती फुटबल प्रतियोगिता झापामा जारी छ।

झापाका वरिष्ठ पत्रकार ढकालको निधन

झापाका वरिष्ठ पत्रकार एवम् पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक मदन ढकालको ६५ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ। मधुमेह र मिर्गौला रोगबाट पीडित ढकालको बिर्तामोडस्थित पूर्ण–टुङ्ग बिर्तासिटी अस्पतालमा उपचारकै क्रममा निधन भएको हो। एक वर्षअघिदेखि मधुमेह र मिर्गौला रोगबाट पीडित उनलाई गत बुधबार श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो।

झापामा अर्को फुटबल प्रतियोगिता

नेपाली फुटबलको उर्भर भुमिको रुपमा स्थापित झापामा यो वर्षदेखि अर्को गोल्डकप फुटबल प्रतियोगिता थपिने भएको छ। झापामा पछिल्लो समय करिव आधा दर्जन राष्ट्रिय स्तरका प्रतियोगिता हरेक वर्ष हुने गरेका छन्। त्यसमा यो वर्षदेखि प्रथम शरणामती गोल्ड कपका नाममा अर्को प्रतियोगिता मंसिर २० देखी थपिने भएको छ।

झापा सिक्किममा उपविजेता

झापा–११ टोली सिक्किममा भएको ३६ औं अल इन्डिया गभर्नर्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पराजित भएको छ। गान्तोकस्थित पाल्जोर रंगशालामा बिहीबार भएको फाइनलमा झापाले मोहमडन स्पोर्टिङ क्लबलाई १–० को नतिजा सुम्पेको हो।

चितवनपछि झापामा फैलियो डेंगे

मध्यनेपालको चितवनपछि पूर्वी क्षेत्रको झापामा डेंगुले प्रकोपको रुप लिएको छ। झापामा मात्रै पछिल्ला तीन दिनमा सयभन्दा बढीमा डेंगे प्रमाणित भएको छ। यस वर्ष साउन यता १६ जिल्लामा ४ सय ९९ जनामा डेंगे प्रमाणित भएकोमा छ।

झापामा उघ्रियो 'राधा'को घुम्टो

झापामा नै अधिकांश छायांकन भएको फिल्म 'राधा'को फष्टलुक पोष्टर रिलिज भएको छ।  तिहारमा रिलिज हुने उक्त फिल्मको झापा दमकमा  आयोजित एक पत्रकार सम्मेलनमा फष्टलुक पोष्टर रिलिज गरिएको हो। पोष्टरलाई दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले उघारेका थिए।

झापाकाे शरणामति गाविसका लेखापालको हत्या

शरणामति गाविसका लेखापाल यामनाथ रिजालको हत्या भएको छ। शरणामति–५ का ४२ वर्षीय रिजालको चप्रामारीमा हत्या गरिएको अवस्थामा बुधबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए।

झापामा दलहरुको ६ बुँदे साझा प्रतिबद्धता

झापाका राजनीतिक दलहरुले स्थानीय तहको पुनःसंरचनालाई सहज र निर्विवाद बनाउन ६ बुँदे साझा प्रतिवद्धता जनाएका छन् । ‘स्थानीय तहको पुनःसंरचना : सम्भावना र चुनौती’ विषयमा आज बिर्तामोडमा भएको छलफलमा राजनीतिक दलहरुका प्रमुख तथा प्रतिनिधिले विभिन्न सुझावसहित प्रतिवद्धता जनाएका हुन् ।

सद्दे छैनन् झापाका सडक

झापा बुधबारेका त्रिलोचन रिजाल बिहीबार बिहानै मोटरसाइकल दुर्घटनामा परे। बिहानै बाइक चढेर भद्रपुरतिर जाँदै गरेका उनी सडकमा जमेको पानी पार गर्दै गए। जब चन्द्रगढीको नापी कार्यालयभन्दा थोरै अघि बढे, उनी बाइकसहित पानीमा पछारिए। बाइकले शरीर थिच्यो, पानीले शरीर र ब्यागमा बोकेका कागजात भिजायो।

आर्मी र झापा भिड्ने

त्रिभुवन आर्मी क्लब र रमपम झापा–११ फुटबल क्लबले ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको फाइनल पुग्नका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्