४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

झापामा दुर्लभ मोलुरस अजिङ्गर भेटियो

बनियानी – झापाको भद्रपुरमा दुर्लभ जातका अजिङ्गर फेला परेको छ । भद्रपुर नगरपालिका–३ आपगाछीस्थित झिलमिले खोला किनारमा बुधबार सानो आकारको पाइथन मोलुरस अजिङ्गर फेला परेको हो । 

करिब तीन इन्च गोलाइ र ६ फिट लम्बाइ भएको उक्त अजिङ्गरलाई स्थानीयवासीको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले जानकारी दिए । 

सो अजिङ्गर जिल्ला वन कार्यालय झापामा बुझाइएको छ । नजिकै रहेको चारकोसे जङ्गलबाट निस्किएको अजिङ्गर केही दिनदेखि गाँउमा देखा पर्दैआएको स्थानीयवासी राजन पौडेलले बताए। झिलमिले खोला किनारमा यसअघि पनि कमन पाइथन अजिङ्गर फेला परिसकेको उहाँले बताउनुभयो । रासस 

प्रकाशित: ११ जेष्ठ २०७४ ०५:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App