६ वैशाख २०८१ बिहीबार

हुलाकी सडक बन्याे बाढी पीडितको आश्रयस्थल

बाढी पीडितको त्रिपाल मूनीको बास निकै कष्ठकर छ। निरन्तरको झरीले त्रिपाल भित्र समेत पानी पसेको छ। उनीहरु सुत्न सकेका छैनन्। नगरपालिकाले वितरण गरेको चाउचाउ र चिउराको भरमा छाक टार्नु परेको छ।

भजनीका चार हजार बाढी पीडित घर फर्के पनि तीन हजार बढी अझैँ विस्थापित

कैलालीको भजनीका बाढी पीडित एक सातापछि घर फर्कन थालेका छन्। डुबानमा परेका घरमा पानी सुक्दै गएपछि बाढीपीडित घर फर्कन थालेका हुन्।

कञ्चनपुर बाढी: बाढी पीडितको अझै जङ्गलको बास

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका बाढी प्रभावित अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन्। अहिले यहाँका १५ परिवारको बासस्थान जनजागरण सामुदायिक वन बनेको छ।

बाढी पीडित पालभित्रै थलिए!

५६ वर्षीय नरबहादुर रोका अहिले विरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रभित्र बनाइएको शिविरमा बस्छन्। २०७१ साल साउन अन्तिममा आएको बाढीले उनी घरबारविहीन त भए नै अँझ त्यसपछि रोकाले दुवै खुट्टा गुमाए। ह्वीलचियरको सहारामा बाहिरभित्र गर्ने नरबहादुर रोका अहिले सानो छोराको भरमा शिविरमा बस्दै आएका छन्।

इलाम र पाँचथरका बाढी पीडितलाई भेटेर प्रधानमन्त्रीले भनेः सरकार तपाईको साथमा छ

केही दिन अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित भएकाको अवस्था निरीक्षण गर्नेक्रममा प्रधानमन्त्रीले इलामको फाकफोकथुम गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र पाँथरको फाल्गुनन्द गाउँपालिकाको निरीक्षण गरेका हुन्।

घर फर्किन सकेनन् बाढी पीडित

बाढीका कारण विस्थापित भएकाहरुलाई राहत वितरणको काम सुरु भएको छ। उनीहरुलाई तत्काल खाद्यान्न, त्रिपाल, ओढ्ने ओछ्याउने सामाग्री राहत स्वरुप वितरण भैरहेको शाखा प्रमुख न्यौपानेले जानकारी दिए।

सरकारले बाढी पीडितलाई राहत दिने काममा तीव्रता दिन सकेन: प्रचण्ड

‘सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद संकटग्रस्त जिल्ला त घोषणा तर गर्यो,’ उनले भने, ‘तर त्यो घोषणालाई फलोअप गर्ने खालका क्रियाकलापहरु तीव्रताका साथ अगाडि बढाउन सकेन ।’

बाढी पीडित भन्छन्: बाढीले ढुङ्गा बगाउदा भूकम्प जसरी थर्काउछ निन्द्रा लाग्दैन

लगातारको बाढीले हेलम्बुको माथिल्लो भेगदेखि मेलम्ची, दोलालघाटसम्म जोखिम बढाएको छ। खोला भन्दामाथि हेलम्बु चुरेटारमा बसोबास गर्दै आएकी सुप्रभा गिरीले भनिन्, 'खेत त सबै लग्यो, घर पनि जोखिममा छ बाढीले ढुङ्गा बगाएर ल्याउदा भूकम्प जसरी थर्काउछ निन्द्रा लाग्दैन।'

कांग्रेस भक्तपुरद्वारा ३ लाख ५१ हजारसहित राहत सामग्री सहयोग

राहत सामग्रीमा चामल २ हजार ४७५ केजी, सोयाविन २ सय प्याकेट, चिउरा, दाल, आलु, तेल, नुनलगायतका खाद्यान्न, लत्ताकपडा, औषधिलगायत छन्।

मेलम्चीका बाढी पीडितलाई खाद्यान्न सहयोग

द बर्गर हाउस एन्ड क्रान्ची फ्राइद्वारा शनिबार हेलम्बुमा पहिरोबाट घरबारविहीन परिवारलाई राहत प्रदान गरेको छ। बाढीले घरबार विहीन भएका परिवारलाई रासनपानीको अभाव भएकोले खाद्य सामग्री प्रदान गरेका हुन्।

प्रदेश २ मा बाढी पीडितलाई उद्वार, व्यवस्थापन र राहतका लागि मन्त्रीस्तरीय समिति

प्रदेश २ सरकारले बाढीपहिरो पीडितको उद्वार, क्षतिपुर्ती तथा राहतको व्यवस्थापनका लागि मन्त्रीस्तरीय समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले जोखिम न्यूनीकरण, भौतिक संरचना संरक्षण, कटान नियन्त्रणका लागि विपद अनुगमन व्यवस्थापन समिति गठन भएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।

जम्बु बाढी पीडित : गाँस न वास

जम्बु र बुल्कुटे बाढीपहिरो घटनाका पीडित सम्बन्धित निकायको बेवास्ताको सिकार बनेका छन् । उनीहरुले अहिलेसम्म कुनै निकायबाट राहत पाएका छैनन् ।

राहत घोषणामै सीमित

पुरानो कच्ची घर चार दिनअघिको वर्षाले चर्किएको छ। जुनसुकै बेला भत्किन सक्ने अवस्था देखेर छिमेकीले भनिरहेका छन्– बसाइँ सर।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्