२६ वैशाख २०८१ बुधबार
image/svg+xml

आजपनि मान्यजनबाट प्रसाद र आशिर्वाद ग्रहण गरिँदै

विजयादशमीको दिन टिका र प्रसाद ग्रहण गर्न नभ्याएकाहरू आजपनि मान्यजनबाट टिका र प्रसाद ग्रहण गरिरहेका छन्।

नेपालगञ्जमा दशहरा मेला: आज रावण बध गरिँदै

नेपालगञ्जको रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भएको रामलिला महोत्सवअन्तर्गत १०औँ दिन आज विशेष रावण बध गर्न लागिएको छ।

कपिलवस्तुमा ३२९ ओटा दुर्गा माताको मुर्ति प्रदर्शन

दुर्गा भगवतीले दानव शुम्भ र निशुम्भलाई मारेको प्रतिकको रुवरुपमा जिल्लाका १० वटै पालिकामा मुर्ति प्रर्दशन गरिएको हो।

आफैमाथिको विजय-विजयादशमी

विजयादशमीका दिन टीका र आशिष् प्रदान गर्दा भनिने मन्त्रले त आफ्ना जन आकाशजस्तो शान्त र पराक्रमी देख्न चाहन्छन्।

दशैंको टीकाको शुभसाइत बिहान ११ बजेर २ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ। जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ।

मोहनी नखाःको दशौँ दिन नेवार समुदायमा चालँ

नेवार समुदायमा विजयादशमीको दिन घरको सबैभन्दा जेठो व्यक्तिले बिहानै पवित्र भई महानवमीको दिन नवदुर्गा भवानी र नःलास्वाँ (जमरा) पूजा गरेको स्थानमा मोहनी पूजा सम्पन्न गरिन्छ।

तलेजु भवानी मन्दिर आज मात्र खुल्ने

हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज खुल्ने गर्दछ।

दशैँको टीका बिहान ११ बजेर ५१ मिनेटमा उत्तम साइत

विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ। घटस्थापनाका लागि बिहान १०ः२३ बजेको साइत शुभ रहेको छ।

विजयादशमीः चौथो दिन आज पनि टीका लगाइँदै

वैदिक सनातन हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आज पनि जारी छ।

सरकारी कार्यालय खुलेः उपत्यकामा चहल पहल बढ्यो

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल बाक्लिएको छ। सबैजसो मन्त्रालयमा मन्त्री, कर्मचारी तथा आगन्तुकको बाक्लो उपस्थिति देखिन्थ्यो। विभिन्न मन्त्रालयका मन्त्री पनि कार्यालय पुगेर नियमित काममा व्यस्त देखिएका छन्।

काठमाडौँमा चहलपहल बढ्यो

काठमाडौँ उपत्यकामा पनि दसैँको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ पुग्ने सर्वसाधरणको आवतजावत बाक्लो रुपमा देखिएको छ।

लेकाली समुदायमा न दसैँ आउँछ न त तिहार

वर्ष दिनमा आउने दसैँ तिहारजस्ता पर्वबारे आफूहरूलाई थाहै नहुने भएकाले चासो नभएको फक्ताङलुङ गाउँपालिकाका हेम्वे शेर्पाले बताए।

प्रधानमन्त्री देउवाबाट विजयादशमीको टीका ग्रहण

कोभिड–१९ महामारीको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर प्रधानमन्त्री देउवाले सीमित रुपमा परिवार, आफन्तजन तथा प्रधानमन्त्रीको सचिवालय र सुरक्षामा खटिने सुरक्षाकर्मीहरुलाई टीका लगाएका थिए।

टीका लगाउने र लगाइदिने कता फर्केर बस्ने ?

विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ। घटस्थापनाका दिन राखिएको जमरा आज नवदुर्गाको प्रसादका रुपमा लगाइन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्