१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

आजपनि मान्यजनबाट प्रसाद र आशिर्वाद ग्रहण गरिँदै

विजयादशमीको दिनदेखि सुरु भएको टिका थाप्ने क्रम आज चौथो दिन पनि जारी छ। घटस्थापनादेखि नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाको दिनसम्म जारी रहन्छ।  

विजयादशमीको दिन टिका र प्रसाद ग्रहण गर्न नभ्याएकाहरू आजपनि मान्यजनबाट टिका र प्रसाद ग्रहण गरिरहेका छन्।

विजयादशमीको दिनदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका र हरियो पहेँलो जमरा ग्रहण गर्ने गरिन्छ। घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतिकको रुप मानेर लगाउने परम्परा रहेको छ।

टिका लगाउनेहरू सडकमा हिँडडुल गरेसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढ्न थालेको छ। काठमाडौैँ उपत्यकाबाट गाउँ गएकाहरू पनि विस्तारै काठमाडौँ फर्किन थालेकाले पनि बजार र सडकमा भिडभाड देखिन थालेको छ।  

प्रकाशित: १० कार्तिक २०८० ००:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App