१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

मूर्ति बनाउन भ्याई नभ्याई

जिल्लाका मूर्तिकारहरुलाई यतिबेला मूर्ति बनाउन चटारो छ। विजयादशमीमा जिल्लाका बिभिन्न स्थानमा निकालिने देवी देवताका माटोका मूर्तिहरु बनाउन भ्याईन नभ्याई छ उनीहरुलाई। एक महिनाअघिदेखि मूर्ति बनाउन सुरु गरेका उनीहरु अहिले बिभिन्न आकारका मूर्ति बनाउन तल्लिन छन्।

जनकपुरधाममा रावण बध र लङ्कादहन सम्पन्न

प्रत्येक वर्ष विजयादशमीको अवसरमा जनकपुरधाममा हुँदै आएको रावण बध कार्यक्रमसँगै यस वर्ष लङ्कादहन पनि गरिएको छ।

दसैंमा काठमाडौं : कतै सुनसान, कतै भीडभाड (फोटो फिचर)

विजया दशमीको आज नवौं दिन काठमाडौं उपत्यका पायः सुनसान छ। सडकहरु खाली जस्तै छन्। सवारी साधनहरुको चाप अत्यन्तै न्युन छ। अधिकांस पसलहरु बन्द छन्। तर असन, इन्द्रचोक, वसन्तपुर लगाएतका स्थानहरुमा भने भिडभाड नै छ।

प्रधानमन्त्री ओलीको टीकाको कार्यक्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको दिन कार्यकर्ता र शुभेच्छुकलाई टीका लगाइदिनेगरी कार्यक्रम तय भएको छ ।

आज विजयादशमी, टीकाको साइत बिहान ९ः ५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ।

आज विजयादशमी मनाइँदै

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ बजेर ०१ मिनेटमा रहेको जनाएको छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए। ‘राज्य सञ्चालकहरूले साइतकै टीका लगाउनु राम्रो हुन्छ।

विजयादशमीको महत्व

विजया दशमी अथवा बडादसैँ पर्व समस्त हिन्दूहरू तथा नेपालीहरूको अत्यन्तै विशिष्ट पर्व हो । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमा तिथिसम्म पन्ध्र दिनसम्म मनाइने यस पर्वभित्र हाम्रा विविध सामाजिक, धार्मिक र सांस्कृतिक पक्ष समाहित छन् ।

विजयादशमी पर्व हर्षोल्लासका साथ मनाइयो

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापी मनाइएको छ ।  आज स्वदेश तथा विदेशमा रहेका नेपालीले मान्यजनबाट टीका र जमरा ग्रहण गरी उमङ्गका साथ विजयादशमी मनाएका हुन् ।

अाज विजयादशमी, टीकाकाे शुभसाइत ८:४५ मा

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ बजेर २५ मिनेटमा रहेको जनाएको छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ८ बजेर ४५ मिनेटको साइत उत्तम रहेको अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्