२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

‘लालपूर्जा नहुँदा भूकम्पीडीतले राहत पाएनन्’

हामी जनप्रतिनिधी भएर आउँदा वडामा रहेका राजकुलो भत्किएर लथालिंग अवस्थाबाट गुज्रिएको थियो । राजकुलोको पानी जभाभावि चुहिने समस्या थियो । हामी आउने बित्तिकै केही स्थानको राजकुलो सरसफाई– मर्मतसम्भार गरेर व्यवस्थित गरेका छौं । मेरो वडामा राजकुलो लप्सेफेदीदेखि छलम्बुटारसम्म करिव ५ किलोमिटर एरियामा फैलिएको छ ।

स्कुल जान थाले भूकम्पबाट बचेका सोनिश

२०७२ साल वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पमा घर भत्किएर २२ घण्टापछि उद्धार गरिएका बालक सोनिश अवाल स्कुल जान थालेका छन्। २०७१ मंसिर २९ गते जन्मेका सोनिश नयाँं शैक्षिक सत्रदेखि भक्तपुर नगरपालिका २ व्यासीस्थित एक्टिभ इन्सट्रक्सनल मोडेल स्कुल (एम्स्) मा नर्सरी कक्षामा भर्ना भएका हुन् । घर भत्केर भित्रै पुरिएका पाँंच महिने वालक सोनिशलाई भूकम्पको २२ घण्टापछि नेपाली सेनाले जिवितै सकुशल उद्धार गरेपछि एकाएक चर्चाको शिखरमा पुगेको थियो।

भूकम्पकाे सम्झना

गत बैशाख १२ गते विनाशकारी भूकम्प गएको तीन वर्ष पुरा भयो । २०७२ सालको बैशाख १२ गते विहान ११ बजेर ५६ मिनेट जाँदा गएको शक्तिशाली भूकम्पबाट करीव नौ हजार जनाले ज्यान गुमाए भने २२ हजारभन्दा धेरै घाइते भए।

४४ हजार भूकम्पपीडितको अनुदान सम्झौतै हुन बाँकी

भूकम्पबाट देशमै सबैभन्दा बढी प्रभावित प्रदेश नम्बर ३ का १३ जिल्लाका ५ लाख ९३ हजार ५ सय १६ मध्ये ३ लाख ६४ हजार ४ सय ७६ लाभग्राहीले मात्र आवास निर्माण सुरु गरेका छन्।

भूकम्पबाट बिस्थापितका पीडा

सरकारले बल्लबल्ल भूकम्पका कारण बिस्थापित भएकालाई अन्यत्र सुरक्षित ठाउँमा बसोबास गर्न भन्दै जग्गा किन्न दुई लाख रुपियाँ दिने निर्णय गरेको छ तर न उक्त दुई लाखले जग्गा आउने अवस्था छ न त जग्गा आइहाले पनि गरिखाने अरु आधार नै त्यहाँ उपलब्ध छ । यस्तो अवस्थामा बिस्थापितका लागि यो सरकारी सहयोग ‘निल्नु न ओकल्नु’ सावित भएको छ । रसुवाको यार्सा–४ स्थित यस्तै बिस्थापितका बस्ती यो पीडाको ज्वलन्त उदाहरणका रूपमा लिन सकिन्छ।

भूकम्पमाथि बारपाक काव्य

विसं २०७२ वैशाख १२ गते मध्याह्नमा गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई गएको ७ दशमलव ८ रेक्टरस्केलको विनाशकारी भूकम्प र त्यसपछिका लगातारका परकम्प र त्यसका त्रासदी हाम्रो मानसपटलमा ताजै छ । पुनःनिर्माणमा भइरहेको ढिलाइले पनि भूकम्पलाई सम्झिन विवश छन् पीडित।

भूकम्पले विस्थापित विद्यालय भवन बन्यो

भूकम्पका कारण विस्थापित रसुवाको स्याफ्रुस्थित कोमिन स्यामेवाङफेल माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ।

सात प्रतिशत भूकम्प पीडितको सम्झौता हुनै बाँकी

भूकम्पबाट देशमै सबैभन्दा बढी प्रभावित प्रदेश नम्बर ३ का १३ जिल्लाका ३ लाख ६४ हजार ४ सय ७६ भूकम्प प्रभावित लाभग्राहीले मात्र आवास निर्माण सुरु गरेका छन्।

भूकम्पले विस्थापित विद्यालय निर्माण

भूकम्पका कारण विस्थापित भएको रसुवाको स्याफ्रुस्थित कोमिन स्यामेवाङफेल माविको नयाँ भवन निर्माण गरिएको छ।

जापानमा 'गोरखा' भूकम्पको सम्झना

विनासकारी “गोरखा भूकम्प”मा परि निधन भएकाहरूको सम्झनामा जापानको योकोहामा शहरमा श्रद्धाञ्जली सभा गरिएको छ। कानागावा नेपाली समुदायले भूकम्पमा ज्यान गुमाउनेको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरेको हो।

भक्तपुरका भूकम्पपीडित अझै टहरामै

महाभूकम्प गएको तीन वर्ष पूरा भइसक्दा पनि भक्तपुरका भूकम्पपीडित अझै टहरामै बस्न बाध्य छन्। विभिन्न समस्याका कारण नयाँ घर बनाउन नसक्दा उनीहरू टहरामै कष्टपूर्ण किसिमले बस्न बाध्य भएका हुन्।

भूकम्पको असर देखाउने ‘द डार्कनेस बेकन’

तीन वर्ष अघिको बिनाशकारी भूकम्पपछि सिन्धुपाल्चोककी एक बालिकाको जीवनमा आएको उतारचढावलाई प्रमुख विषय बनाएर निर्माण गरिएको फिल्म ‘द डार्कनेस बेकन’को ट्रेलर र गीत सार्वजनिक भएको छ । राजधानीमा बुधबार पत्रकारमाझ फिल्मको ट्रेलर र गीत सार्वजनिक गरिएको हो।

सिन्धुमा यसरी सम्झिइयो भूकम्पमा ज्यान गुमाउनेहरुलाई

२०७२ वैशाख १२ गतेको विनासकारी भूकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झनामा बुधबार साँझ दीप प्रज्जवलन गरिएको छ।

भूकम्पले अझै दुःखी तुल्याइरहेको छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वर्षअघि आजकै दिन गएको भूकम्पले उत्पन्न गराएको त्रासदी, मानवीय एवं संरचनामा पुर्‍याएको क्षतिले अझै आफूलाई दुःखी तुल्याइरहेको उल्लेख गरेकी छिन् ।

भूकम्पले महिलालाई दियो सिप र अवसर

लिखु गाउँपालिका वडा नम्बर ६ थानसिङ चैनपुरकी १९ वर्षकी सुस्मिता मिजारले घर बनाउने तालिम लिइरहेकी छिन्। हातमा सिप भयो भने पछि सम्म पाखुरा बजारेर जीवन धान्न सकिन्छ भन्ने मनसायलाई मनमा लिएर भूकम्प प्रतिरोधी आवास बनाउने सिप सिक्ने अभियानमा जुटिरहेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्