२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सिन्धुली दुर्घटना : अधुरै रह्यो भूकम्प प्रतिरोधी घर बनाउने सपना

भूकम्पको दोस्रो किस्ता लिएर घर फर्कने क्रममा जीप दुर्घट्ना हुँदा सिन्धुली फिक्कल ४ खाङसाङका ४ जनाको मृत्यु भएको छ । खुर्कोटबाट खाङसाङतर्फ जादै गरेको बा७च ३६९५ नम्बरको बोलेरो जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत फिक्कल गाँउपालिका ४ टर्किबेशीमा दुर्घट्ना हुँदा एउटै गाँउका चार जना भूकम्प पीडितको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

‘बर्खाअघि ६० प्रतिशत भूकम्पपीडित छानामुनि’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुसालले आगामी बर्खा सुरु हुनुअघि कम्तीमा ६० प्रतिशत भूकम्पपीडितलाई छानामुनि ल्याउने गरी काम गर्न सरोकारवाला निकायका प्रतिनिधिलाई निर्देशन दिएका छन् ।

भूकम्पको केन्द्र बारपाकवासीको धुरीमा कसको झण्डा ?

भूकम्पले घर भत्किएपछि बनाएको टहरोमा नेपाली काँग्रेस र नयाँ शक्ति पार्टीको संयुक्त झण्डा राख्दै बारपाकका मनबहादुर घलेले भने, “स्थानीय तह निर्वाचनमा जुन पार्टीले असहयोग गर्‍यो यो उसैको झण्डा धुरीमा सजाउनुपर्‍यो।”

भूकम्प प्रभावित प्रत्येक वडामा इन्जिनियर खटाइने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अतिप्रभावित १४ जिल्लाका प्रत्येक वडामा इन्जिनियर खटाउने तयारी गरेको छ।  प्राविधिक जनशक्ति अभावका कारण निजी अवास पुनर्निर्माण सुरु गर्न नसकेका पीडितलाई सहयोग पुर्‍याउन प्राधिकरणले यस्तो तयारी गरेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुसालले प्राविधिक अभावले पुनर्निर्माण कार्य प्रभावित हुन नदिन प्रत्येक वडामा एक इन्जिनियर अनिवार्य खटाउन लागिएको जानकारी दिए । बुधबार प्राधिकरणका कार्यकारी समिति बैठकले पनि सो निर्णय पारित गरेको छ ।

‘भूकम्पपीडितलाई सहुलियतमा काठ देऊ’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित क्षेत्रमा सहुलियत काठको वितरण सहज बनाउन सरोकारवालालाई निर्देशन दिएको छ।  प्राधिकरणले सोमबार वन मन्त्रालय, वन विभाग र टिम्बर कर्पाेरेसनका पदाधिकारीहरुलाई बोलाएर यस्तो निर्देशन दिएको हो । प्राधिकरणमा बोलाइएको छलफलमा मन्त्रालयका सहसचिव चन्द्रमान डंगोल, विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य र टिम्बर कर्पाेरेशनका महाप्रबन्धक राजु लौडारी सहभागी थिए।

भूकम्पपीडितको फाइल समन्वय समितिबाट गायब

जिल्ला समन्वय समिति रसुवाबाट भूकम्प पीडितको पहिलो किस्ता सिफारिसको फाइल गायब भएको छ। पहिलो किस्ता सिफारिस भएका कालिका गाउँपालिका–३ का ८ जना लाभग्राहीको फाइल गायब भएको हो। चैतमा सिफारिस भएको ८ जना लाभग्राहीको फाइल हराए हो।

वर्षात अघि भूकम्प पीडितलाई दोस्रो चरणको रकम उपलब्ध गराइने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आगामी तीन महिनामा पुनःनिर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरिने बताएका छन्।

भूकम्पपीडितलाई अनुदान किस्ता पाउन सकस

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास अनुदानअन्तर्गत पहिलोदेखि तेस्रो किस्तासम्मको रकम वितरणका लागि साबिक रबिओपी गाविसलाई नमुना छनोट गरी कार्यक्रम सुरु गर्यो ।

तीन वर्षसम्म बनेन भूकम्पपीडितको बास

माथागढी गाउँपालिका–१, चिदीपानीस्थित खुमडाँडाका प्रकाश नेपालीको पाँचजनाको परिवार टहरामा रात बिताउन बाध्य छन्।  घर भूकम्पले पूर्णरुपमा क्षति पुर्‍याएपछि तीन वर्षसम्म नेपालीले राहतसमेत पाउन सकेका छैनन् भने टहरामा रात बिताउने पिरलो अझै नहट्ने चिन्ता मनभरि छ।

म्याग्दीमा ४.२ रेक्टरस्केलको भूकम्प

पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुनालाई केन्द्रविन्दु बनाएर साेमबार बिहान भूकम्प गएको छ । बिहान ५ बजेर २ मिनटे मुना आसपासको क्षेत्रमा नयाँ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सुतिरहेको अवस्थामा जमिन हल्लिएपछि लुलाङ, ताकम, मुदीका साथै म्याग्दीको सदरमुकाम बेनीबजारसम्म धक्का महसुस भएको थियो । ‘एक्कासी जमिन हल्एिपछि स्थानीय त्रसित भएका छन् । धेरैपछि भूकम्पको गयो’ धौलागिरि गाउँपालिका– ७ को ताकमका गोपाल आचार्यले भने । उनले जमिन हल्लिएपछि सर्वसाधारण घरबाट बाहिर निस्किएका थिए ।

मेक्सिको सिटीमा भूकम्पीय पूर्व सूचना प्रणाली जडान गरिँदै

मेक्सिको सिटी सहरका विभिन्न सडकहरुमा भूकम्पीय पूर्व सूचना प्रणाली ‘अर्थक्वेक अलर्ट सिस्टम’ जडान गरिने भएको छ । मेक्सिको सिटीमा पछिल्लो समयमा गत सेप्टेम्बरमा गएका दुई ठूला भूकम्पबाट ठूलो क्षति पुगेको छ।

भूकम्पपीडितलाई अग्रिम तेस्रो किस्ता

सरकारले घर निर्माण सुरु गरी दोस्रो किस्ताका लागि योग्य भएका भूकम्पपीडितलाई तेस्रो किस्ताको अनुदान अग्रिम वितरण गर्ने भएको छ । निजी आवास पुनर्निर्माणलाई तीव्रता दिन सरकारले यस्तो योजना ल्याएको हो ।

चिल्लीमा ६.३ रेक्टर स्केलको भूकम्प

चिल्लीमा मंगलबार बिहान ६.३ रेक्टर स्केलको भूकम्प गएको छ । त्यहाँको स्थानीय समयअनुसार बिहान ३.३२ मिनेट जाँदा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएकाे छ । भूकम्पबाट भएको क्षतिको विवरण भने सार्वजनिक हुन बाँकी नै रहेको छ ।

भूकम्पपीडितमाथि फेरि खेलवाड, सिइओ पोखरेल प्युठानबाट चुनाव लड्दै

भूकम्पपछिको पुनर्निर्माणका लागि गठन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण राजनीतिक चलखेलको थलो बन्दा पीडित थप मारमा पर्ने देखिएको छ । भूकम्प गएको २८ महिनासम्म टहरामा जीवन गुजार्न बाध्य पीडितमाथि पुनः अर्को राजनीतिक चलखेल सुरु भएको छ ।

काठमाडौँमा ३.७ रेक्टरको भूकम्प

बुधबार बिहान २ बजेर ४ मिनेटमा ३.७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।  काठमाडौँको नयाँ बसपार्क (गोंगबु) बाट उत्तरतिर केन्द्रबिन्दु रहेको यो भूकम्प गोरखा भूकम्पपछिको परकम्प भएको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्