सान्टियागो - चिल्लीमा मंगलबार बिहान ६.३ रेक्टर स्केलको भूकम्प गएको छ । त्यहाँको स्थानीय समयअनुसार बिहान ३.३२ मिनेट जाँदा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएकाे छ । भूकम्पबाट भएको क्षतिको विवरण भने सार्वजनिक हुन बाँकी नै रहेको छ ।
भूकम्पबाट पेरू र अर्जेन्टिनाकाे सिमामा रहेका करिव २० लाख जना प्रभावित हुन सक्ने अाशंका गरिएकाे छ । यसअघि सन् २०१५ मा गएकाे ८.३ रेक्टर स्केलकाे भूकम्पमा परेर १५ जनाकाे ज्यान गएकाे थियाे ।
प्रकाशित: २४ आश्विन २०७४ ०८:५५ मंगलबार