५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सिन्धुली दुर्घटना : अधुरै रह्यो भूकम्प प्रतिरोधी घर बनाउने सपना

सिन्धुलीको फिक्कल गाउपालिका ४ मा भएको बोलेरो दुर्घट्नामा मृत्यु हुने मृतकको पोष्टमार्टन गर्न जिल्ला अस्पताल परिसरमा शब झारिँदै । तस्बिर : अनिल भण्डारी

सिन्धुली- भूकम्पको दोस्रो किस्ता लिएर घर फर्कने क्रममा जीप दुर्घट्ना हुँदा फिक्कल ४ खाङसाङका ४ जनाको मृत्यु भएको छ । खुर्कोटबाट खाङसाङतर्फ जादै गरेको बा७च ३६९५ नम्बरको बोलेरो जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत फिक्कल गाँउपालिका ४ टर्किबेशीमा दुर्घट्ना हुँदा एउटै गाँउका चार जना भूकम्प पीडितको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

आइतबार राति करिब ८ बजेतिर दुर्घट्ना हुँदा घट्नास्थलमै तीन जना र एक जनाको खुर्कोट अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद शर्माले जानकारी दिए । मृत्यु हुनेमा फिक्कल गाउँपालिका–४ का ४० वर्षीय अम्मरबहादुर दर्लामी, सोही ठाँउका वर्ष ४० कै रामप्रसाद बराल, ५९ वर्षीय दिपबहादुर मगरको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का ६० वर्षीय नरबहादुर बलम्पाखी मगरको सामुदायिक अस्पताल खुर्कोटमा उपचारका क्रममा मृत्यु प्रहरीले जनाएको छ ।

यस्तै दुर्घट्नामा परी फिक्कल गाँउपालिका ४ कै ४१ वर्षीय धनबहादुर पुर्वछाने मगर गम्भीर घाइते भएको र काठमाडौंमा उपचार भइरहेको डिएसपी शर्माले जनाए ।

मृतक चारै जनाको शव पोष्टमार्टपछि आफन्तलाई जिम्मा लगाइएको छ भने बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाटो उकालो र साँघुरो भएकाले ब्रेक फेल भई दुर्घट्ना भएको पारम्भिक अनुसन्धानमा खुलेको छ, डिएसपी शर्माले भने थप अनुसन्धान भइरहेको छ ।

भूकम्प प्रतिरोधी घर बनाउने सपना अधुरै

फिक्कल गाँउपालिका ४ का २४ जना स्थानीय एकै पटक दोस्रो किस्ता रकम लिनका लागि खुर्कोट स्थित टुरिजम बैक आए । डबल क्यापको बोलेरो जिप रिर्जभ गरिआएका भूकम्प पीडितले दोस्रो किस्ता लिएर घर फर्कने क्रममा दुर्घट्नामा परी चार जनाले ज्यान गुमाए ।

उनीहरु सबैको सपना भूकम्प प्रतिरोधी घर बनाउने थियो तर पूरा हुन सकेन । 'भूकम्पको घर बनाउनका लागि दोस्रो किस्ता लिएर फर्कदै हुनुहुन्थ्यो,' मृतक रामप्रसाद बरालका भतिजा सागरप्रसाद बरालले भने, 'तर एक्कासी गाडी दुर्घट्ना भई काकाले ज्यान गुमाए। उहाँको भुकम्प प्रतिरोधी घर बनाउने र बस्ने सपना अधुरै रह्यो।'

फिक्कल गाँउपालिका ४ मा जिप दुर्घट्ना हुँदा रामप्रसाद सहित चार जनाले ज्यान गुमाएका छन् । उनीहरु सबैको भूकम्प प्रतिरोधी घर बनाउने सपना अधुरै रहेको आफन्तले बताए । भूकम्पको दोस्रो किस्ता बापतको एक लाख पचास हजार लिनका लागि गाँउबाटै गाडी रिजर्भ लिएर खुर्कोट आएका थिए, मृतकका आफन्त सागरले नागरिकसँग भने, ‘पैसा लिएर जादै गर्दा गाडी दुर्घट्ना भयो, सबै सपना चकनाचुर भयो।’

प्रकाशित: २० कार्तिक २०७४ ०७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App