११ मंसिर २०८१ मंगलबार
image/svg+xml

एमालेले गर्याे उम्मेद्वार सार्वजनिक

नेकपा एमालेले तानसेन नगरपालिकाको मेयरमा अशोककुमार शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पूर्व मेयर शाहीलाई नै स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बनाउने निर्णय गरिएको एमाले पाल्पाले जनाएको छ ।

६ नम्बर प्रदेशकी एक्ली महिला उम्मेद्वारकाे योजना

चन्दननाथ नगरपालिका खोलिकोटकी कान्तिका सेजुवाल ६ नम्बर प्रदेशको एक्ली मेयरको उम्मेद्वार हुन । चन्दननाथ नगपालिका जुम्लाको मेयरको उम्मेद्वार सेजुवाल शिक्षण पेशा छाडेर राजनीतिमा होमिएकी हुन् । ६ नम्बर प्रदेशकै एक्ली महिला मेयरको उम्मेद्वारी दिएकी सेजुवालको चर्चा निकै छ । मेयरको उम्मेद्वार मनोनयन पछि निकालेको घोषणा पत्रले उनलाई चर्चाको शिखरमा पुर्याएको छ । उनले वृहत अवधारणा, भौतिक पूर्वाधार, पर्यटन, सामाजिक सुरक्षा, युवा तथा खेलकुद, कृषि, सञ्चार, शिक्षा, स्वास्थ्य र सुशासनलाई मुख्य प्रथामिकतामा पार्दै आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेकी छिन् ।

काँग्रेस र माओवादी केन्द्रको संयुक्त उम्मेद्वार घोषणा

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र चितवनले शनिबार संयुक्तरुपमा पत्रकार सम्मेलन गरी केन्द्रिय नेतृत्वबीच भएको सहमति र निर्देशनलाई कार्यान्वयन गर्ने बताएको छ ।

छनोट भएका उम्मेद्वारहरू चुनावी प्रचारमा

आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लामा दुई राजनीतिक दलले मात्र सबै  उम्मेद्वारहरुको टुङ्गो लगाएका छन् । नेकपा एमाले र राष्ट्रिय जनमोर्चाले सबै पदका उम्मेद्वारहरु तय गरेपनि कांग्रेस र माओवादी केन्द्र लगायतका अन्य साना दलहरुले अझै उम्मेद्वार तय गर्न सकेका छैनन् । दोस्रो चरणमा जेठ ३१ गते निर्वाचन हुने भएपछि दलहरुले उम्मेद्वार छनोट गर्न ढिलाइ गरेका हुन । एमाले र राष्ट्रिय जनमोर्चाका उम्मेद्वारहरु चुनावी प्रचारमा जुटेका छन् । उनीहरु आफ्ना चुनावी एजेण्डाहरु लिएर  मतदाताहसँग भोट माग्नमा व्यस्त छन् ।  एमालेले सन्धिखर्क नगरपालिकामा कृष्ण श्रेष्ठ, भुमिकास्थान नगरपालिकामा पिताम्बर भुसाल, र सितगंगा नगरपालिकामा बसन्त श्रेष्ठलाई मेयरको रुपमा अघि सारेको छ ।

एमाले उम्मेद्वारको गाडीमा आगजनी

स्थानीय तहको चुनाव प्रचारको लागि धादिङमा एमाले उम्मेदवारले प्रयोग गरेको गाडीमा गएराती अज्ञात समूहले आगजनी गरेको छन् ।

उम्मेद्वार धम्क्याउने विप्लवका कार्यकर्ता पक्राउ

स्थानीय तहको निर्वाचनमा दोलखाबाट उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता लिन धम्की दिने नेपाल कम्युनिस्ट पार्टी (विप्लव)संग आवद्ध तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोकमा २६ जनाको उम्मेद्वारी फिर्ता

काभ्रेपलाञ्चोकका विभिन्न नगरपालिका र गाउँपालिकामा स्वतन्त्ररुपमा उठेका र बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेद्वारको घरमा कालो झण्डा

स्थानीय तहको निर्वाचन खारेजीको माग गर्दै आएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतका उम्मेद्वारको घरघरमा कालो झण्डा गाडेको छ । नेकपाले जिल्लाभरका उम्मेद्वारको घरमा बिहीबार राति कालो झण्डा गाडेको हो ।

भिमसेन गाउँपालिकामा राप्रपाको उम्मेद्वार तय

गोरखाको भिमसेन गाउँपालिकामा राप्रपाले प्रमुखका लागि किशोरप्रसाद ढकालको उम्मेद्वारी दर्ता गराएको छ ।

काभ्रेपलाञ्चोकमा ४०१ दलित महिला उम्मेद्वार

छ नगरपालिका र सात गाउँपालिकासहित १३ वटा स्थानीय तहको लागि १३५ वडाका ४०१ दलित महिला सदस्यले उम्मेदवारी दिएका छन् । ती वडामा उम्मेद्वारी दिएकामध्ये १३५ दलित महिला मात्रै निर्वाचित हुने छन् ।

राष्ट्रपति उम्मेद्वार ल पेनमाथि बौद्धिक चोरीको आरोप

फ्रान्सको राष्ट्रपति पदकी अति दक्षिणपन्थी उम्मेद्वार मारिन ल पेनमाथि एक विपक्षी उम्मेद्वारको भाषण नक्कल गरेको भन्दै बौद्धिक चोरीको आरोप लागेको छ ।

दलहरूलाई उम्मेद्वार छनौटमा सकस

स्थानीय तहको निर्वाचनको लागि उम्मेद्वार बन्न धेरै आकांक्षी हुँदा धनकुटाका राजनीतिक दलहरुले उम्मेद्वार छनौट गर्न सकेका छैन । निर्वाचनको मिति सरेकाले उम्मेद्वार छनौट रोकिएको भन्दै राजनीतिक दलका नेता पन्छिएपनि उम्मेद्वारका आकांक्षीलाई मिलाउन नसकेकै कारण रोकिएको हो । त्यसैले दलहरुलाई सर्वसम्मत उम्मेद्वार घोषणा गर्न सकस परेको राजनीतिक विश्लेषक एवं सहप्राध्यपक गोपाल अधिकारीले बताए ।

एमाले सिन्धुपाल्चोक उम्मेद्वार छनोटः जिल्लाले नसकेपछि प्रदेशलाई सिफारिस

आकांक्षी धेरै हुँदा सबै तहमा सर्वसम्मत उम्मेद्वार बनाउने प्रयास असफल भएपछि एमालेले गाउँ र नगरबाट आएका सिफारिस जस्ताको त्यस्तै प्रदेश समितिलाई पठाएको छ।

कटारी नगरपालिकामा माओवादीको उम्मेद्वार सिफारिस

आउँदो स्थानीय तहको निर्वाचनका लागि कटारी नगरपालिकामा नेकपामाओवादी केन्द्रले उम्मेद्वारको नाम सिफारिस गरेको छ । आगामी ३१ गते हुने निर्वाचनका लागि माओजवादी केन्द्रले मेयर र उपमेयरका आकांक्षीहरूको नाम शुक्रबार जिल्ला पार्टीलाई सिफारिस गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्