धादिङ – स्थानीय तहको चुनाव प्रचारको लागि धादिङमा एमाले उम्मेदवारले प्रयोग गरेको गाडीमा गएराती अज्ञात समूहले आगजनी गरेको छन् ।
धादिङको थाक्रे गाउँपालिका वडा नं २ का वडा अध्यक्ष उम्मेद्वार राजकुमार पौडेलले प्रयोग गरेको बा ९ च ८९२९ नम्बरको गाडीमा अज्ञात समूहले आगो लगाएको हो । उम्मेद्वार पौडेलको घर अगाडि पार्किङ गरिराखेको गाडीमा राती करिब २ बजे २/३ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरुले आगो लगाएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
गाडीमा सल्किएको आगो स्थानीयहरुको सहयोगमा प्रहरीले निभाएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक जिवन निरौलाले बताए । चालक साइडको सिसा फुटाएर गाडी भित्र आगो सल्काएका थिए । गाडीमा कसले आगजनी गरेको हो भन्ने खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरिक्षक निरौलाले बताए ।
प्रकाशित: २३ वैशाख २०७४ ०६:५९ शनिबार