मुख्यमन्त्रीज्यू ! पेटभरी खान कहिले दिन्छौँ ?
राउटे समुदायका स्पष्ट तीन वटा मान्यता छन्, एकै ठाउँमा नबस्ने, खेतीपाती नगर्ने र लेखपढ नगर्ने। तर, पछिल्लो समय समुदाय नजिक बस्न थालेपछि भने उनीहरु आफ्ना मान्यतालाई भुल्दै गएका देखिन्छन्।
राउटे समुदायका स्पष्ट तीन वटा मान्यता छन्, एकै ठाउँमा नबस्ने, खेतीपाती नगर्ने र लेखपढ नगर्ने। तर, पछिल्लो समय समुदाय नजिक बस्न थालेपछि भने उनीहरु आफ्ना मान्यतालाई भुल्दै गएका देखिन्छन्।
जिल्ला विपद् व्यवस्थापन समिति दैलेखले जंगलमा चिसोले थलिएका राउटे समुदायलाई न्याना कपडासहित त्रिपाल वितरण गरेको छ।
एलियोपेथिकलगायत बाह्य उपचारमा विश्वास नगर्ने राउटेहरू हिजोआज उपचार गर्न आउन थालेका छन्।
तत्कालीन जिल्ला विकास समिति सुर्खेतले पहिलो पटक २०७१ चैतमा राउटे समुदायका मानिसको फोटोसमेत खिचेर गणना गरेको थियो। त्यसबेला राउटेको संख्या १८४ थियो। अहिले त्यो संख्या घटेर १४१ मा भएको छ।
यो वर्ष उनको छाप्रोमा गाउँलेसँग उधारोमा ल्याएका दुई वटा बाख्रा छन्। अझै उनले दशैंका लागि सेलरोटी बनाउने पिठो र छाक टार्ने चामल किन्न सकेका छैनन्। ‘भत्ता नआउँदा यो वर्षको दशैं उधारोमै टार्नुपर्ने बाध्यता आइलाग्यो,’ मुखिया वीरबहादुरले भने, ‘महिना–महिनामा भत्ता दिएको भए यो समस्या आउँदैनथ्यो।’
‘राउटे समुदायलाई घर बनाएर दिन्छौं, विद्यालय खोलिदिन्छौं, स्वास्थ्य चौकी स्थापना गरिदिन्छौं भनेर पटक–पटक सन्देश पठाएका छौं,’ मुख्यमन्त्री शाहीले भने, ‘उहाँ (राउटे) समुदाय यसप्रति इच्छुक नहुँदा बालबालिकाहरु शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकताबाट टाढा छन्।’
होटलमा जेठ २१ गते राति ९ बजे राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको थियो। दुई जना राउटे युवतीलाई मदिरा खुवाएर यौनहिंसा गरेको भिडियो सार्वजनिक भएको थियो।
राउटे संस्कृति अनुसार दशैंका लागि औशी अघिनै छाप्रोमा खशी भित्र्याइसक्नु पर्छ। तीन महिनादेखि भत्ता नपाउँदा अपवादबाहेक धेरैका छाप्रामा खशी छैनन्। केहीले उधारोमा खशी ल्याएका छन्। भत्ता नपाउँदा राउटे बस्तीमा दशैंको रौनक छैन।
इलामको श्रीअन्तुबाट मुगुको रारातालसम्म साइकल यात्रामा निस्केको विश्व साइकलयात्री पुष्कर शाह नेतृत्वको टोलीले जंगलमा फिरन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायलाई खाद्यान्न सहयोग गरेको छ।
साइकल यात्रासँगै राउटेलाई राहत उपलब्ध गराउनका लागि ‘एक किलोमिटर एक किलो चामल’ अभियान सञ्चालन गरेको टोलीले सल्यानको सल्लीबजार नजिकै बस्दै आएका राउटे समुदायलाई खाद्यान्न उपलब्ध गराएको हो।
स्वबंशी र रास्कोटीको संख्या न्यून हुँदा कल्यालका युवा–युवतीको विवाह हुन सकेको छैन् भने अर्कोतर्फ रास्कोटी र स्वबंशीका छोराछोरीहरुले १२ वर्षभित्रै विवाह गर्नुपर्ने बाध्यता छ।
संघीय सरकारबाट मासिक रुपमा तीन हजार रुपैयाँ पाउँदै आएको यो समुदायलाई कर्णाली प्रदेश सरकारले थप दुई हजार रुपैयाँ भत्ताको व्यवस्था गरेको छ।
कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायका लागि एकीकृत नीति ल्याउने तयारी गरेको छ । जंगलमा फिरन्ते जीवन विताउने राउटे समुदायको संस्कृति र परम्परालाई जगेर्ना गर्दै उनीहरुको सामाजिकीकरणका लागि सामाजिक विकास मन्त्रालयले राउटे नीति बनाउने तयारी गरेको हो ।
राहत वितरणका नाममा राउटे समुदायको बस्तीमा हुने अनाधिकृत प्रवेश रोक्न स्थानीय प्रशासनले एकद्वार नीति ल्याएको छ। प्रमुख जिल्ला अधिकारी छवी रिजालको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले सिधै राउटे समुदायको बस्तीमा पुगेर राहत वितरण गर्ने कार्यमा रोक लगाएको छ।
राउटे समुदायका स्पष्ट तीन मान्यता छन्, एकै ठाउँमा नबस्ने, खेतीपाती नगर्ने र लेखपढ नगर्ने। समुदायदेखि टाढाको जंगलमा बस्ने, काठका भाँडासँग अन्न साट्नका लागि मात्रै बस्तीसम्म पुग्ने, रूपैयाँ नछुने यो समुदायमा पछिल्लो दुई दशकयता धेरै परिवर्तन आएको छ।