३ पुस २०८१ बुधबार
image/svg+xml

दुराचारको दहमा देश

कुनै बेला नेपालमा उत्पादित कतिपय वस्तुहरू विश्वमै प्रसिद्ध थिए। अझै पनि गोल्डस्टार जुत्ता, नेपाली गलैँचा, पस्मिना, मूर्ति, माटाका भाँडाकुँडा, हस्तकलाका सामान, वाइवाई चाउचाउ, हिमालयन जाभाको कफी, लोगो फेसन इन्डस्ट्रिज (भक्तपुर)द्वारा उत्पादित कपडा, कोबोल्ड वाच कम्पनीले निर्माण गरेको कोबोल्ड हिमालयन घडी, रसुवामा रहेको हिमालयन स्प्रिङ वाटरले उत्पादन गरेको हिमालयज अनटप मिनरल वाटरले नाम कमाएका छन्।

बालयौन दुराचारका आरोपमा फ्रान्सेली पक्राउ

बाल यौन दुराचारका आरोपमा एक फ्रान्सेली पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पोखराका १२, आठ र सात वर्षीय तीन नाबालकलाई यौन दुराचार गरेको आरोपमा फ्रान्सका ६० वर्षीय क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।

यौनदुराचारीको विरोधमा अवार्ड बहिस्कार

फ्रान्सेली अभिनेत्री एडेल हइनेलले यौनदुराचारी रोमन पोलान्स्कीले सेजार्समा उत्कृष्ट निर्देशक घोषित भएलगत्तै अवार्ड समारोह बहिस्कार गरेकी छन्।

अस्ट्रेलियामा यौनकाण्डः पेल दोषी ठहर

अस्ट्रेलियाली एक पुनरावेदन अदालतले बुधबार कार्डिनल जर्ज पेलमाथिको बालयौन दुराचारको सजायलाई पुनः सदर गरेको छ अदालतको उक्त आदेशपछि अदालत परिसरबाहिर भेला भएका पीडित र उनीहरुका समर्थकले खुशी व्यक्त गरेका थिए

एप्स्टाइनको आत्महत्याले खैलाबैला

बालयौन दुराचारको आरोपमा जेलमा रहेका अमेरिकी अर्बपति व्यापारी जेफ्री एप्स्टाइनले शनिबार न्युयोर्कको जेलभित्रै आत्महत्या गरेका छन्। अमेरिकी संघीय जाँच ब्युरो (एफबिआई) र न्याय विभागले एप्स्टाइनले आत्महत्या गरेपनि यौन दुराचारको मुद्दाको अनुसन्धानलाई निरन्तरता दिने जनाएका छन्। ब्युरोले जेलभित्र रहेका उनले कसरी आत्महत्या गर्न सके भन्नेबारे पनि औपचारिक अनुसन्धान सुरु गरेको बताइएको छ।

बाल यौनदुराचारको आरोपमा अस्ट्रेलियन नागरिक पक्राउ

दुई बालकहरुलाई यौन दुराचार गरेकोको आरोपमा प्रहरीले पोखराबाट अष्ट्रेलियन नागरिक बेरिम्यान थोमस अल्फ्रेडलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टिमले डिहिको पाटनस्थित अल्फ्रेड बस्दैआएका उनलाई कोठाबाटै पक्राउ गरेको हो।

बाल यौन दुराचार: क्यानेडियन नागरिक पिटरलाई नौ वर्ष जेल

बाल यौन दुराचारको आरोपमा थुनामा रहेका एक क्यानेडियन नागरिकलाई जिल्ला अदालतले ९ वर्षको जेल  सजाय सुनाएको छ। ६१ वर्षीय क्यानेडियन नागरिक पिटर जोन डालल्गिसलाई जिल्ला अदालत काभ्रेले साेमबार ९ वर्षको जेल सजाय सुनाएको हो।

यौन दुराचार आरोपी क्यानेडियन नागरिक पिटर जेल चलान

बाल यौन दुराचारको आरोपमा एक क्यानेडियन नागरिक पूर्पक्षका लागि जेल चालान भएका छन्। ६० वर्षिय क्यानेडियन नागरिक पिटर जोन डाल्गिसपूर्पक्षका लागि जेल चलान भएका हुन्।

चार वर्षीया बालिकामाथि यौन दुराचारको आरोपमा शिक्षक पक्राउ

चार वर्षीया बालिकामाथि यौन दुराचार गरेको आरोपमा रौतहटमा एक शिक्षक पक्राउ परेका छन्। रौतहटको बौद्धिमाई नगरपालिका ५ कोपवाका शिक्षक मनेजर राय यादवले चार वर्षीया बालिकालाई शौचालयमा लगेर यौन दुराचार गरेको आरोपमा पक्राउ परेका छन्।

अन्तर्राष्ट्रिय बाल यौन दुराचारीको गन्तव्य बन्दै नेपाल

पछिल्लो समय उपत्यका र त्यस आसपासका जिल्लामा बाल यौनदुराचारका घटना एकपछि अर्को गर्दै बढ्न थालेका छन्। घटना बढेसँग बाल यौन दुराचारको अभियोगमा विदेशी नागरिकसहित नेपालीसमेत पक्राउ परेका छन्। संगठित रूपमा नभएपनि कतिपय विदेशी नागरिकले नेपाललाई बाल यौन दुराचारको गन्तव्यका रूपमा लिन थालेको प्रहरी अधिकारीहरूको भनाइ छ।

विदेशी ‘हाई प्रोफाइल’ नै बालयौन दुराचारी

दुई दर्जनभन्दा धेरै नेपाली बालकमाथि यौन दुराचार गरेको अभियोगमा क्यानडा प्रहरीले युरोपियन युनियनका पूर्वकर्मचारी पाउल म्याकार्थीलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको उजुरीका आधारमा क्यानडा प्रहरीले दुई महिनाअघि उनलाई नियन्त्रण लिएको थियो। प्रहरीका अनुसार अनुसन्धानपछि उनले नेपालमा रहँदा नेपाली बालकहरूमाथि यौन दुराचार गरेको गोप्य भिडियो र फोटो फेला पारेको थियो। पाउल नेपालमा युरोपियन युनियनको भ्रष्टाचार नियन्त्रणसम्बन्धी कन्सल्ट्यान्टका रूपमा कार्यरत थिए। नेपाल रहँदा उनले बौद्धमा दुई दर्जनभन्दा धेरै बालबालिकालाई ललाईफकाई डेरामा लगेर गोप्य भिडियो बनाएर देखाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो।

बालयौन दुराचारको आरोपमा विदेशी पक्राउ, तीन बालकको उद्धार

बाल यौन दुराचारको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विदेशी नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१३ कालिमाटीस्थित एक घरबाट उनीहरुलाई पक्राउ गरी तीन बालकको उद्धार गरेको ब्यूरोका प्रवक्ता उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

बालयौन दुराचारीका आँखा नेपालमा

फ्रान्सेली नागरिक डेनिस म्याथ्यु मिसेल चुपाउ सन् २०१७ अक्टोबर २५ मा पहिलो पटक नेपाल घुम्न आएका थिए । उनी अर्का फ्रान्सेली नागरिक क्रिस्टोपे गुइलियससँग कागेश्वरी मनहरा नगरपालिकास्थित एक स्थानीयको घरमा डेरा लिएर बस्थे । उनीहरु आफ्नो भिसाको म्याद सकिन लागेसँगै स्वदेश फर्किए तर एक वर्षको अन्तरालमा दोस्रो पटक फरक फरक मितिमा फेरि नेपाल भित्रिए।

चीनका प्रसिद्ध भिक्षुलाई यौन दुराचारको आरोप

चीनका एक प्रसिद्ध भिक्षुले आफूमाथि लगाइएको यौन दुराचारको आरोप अस्वीकार गरेका छन्। प्रशासक समेत रहेका भिक्षु स्वेच्याङले भिक्षुणीहरुलाई यौन दुराचार गरेको र उनीहरुलाई वशमा पारी शरीरिक सम्पर्कका लागि उत्प्रेरित गर्ने गरेको आरोप लगाइएको प्रतिवेदन सरकारलाई बुझाईएको थियो। तर उक्त प्रतिवेदनमा उल्लेखित आरोप निराधार भएको उनले बताएका हुन्।

बाल यौन दुराचारमा संलग्न दुई फ्रान्सेली पक्राउ

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचार गर्ने दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्