१९ असार २०८१ बुधबार
image/svg+xml

केवल टेलिभिजन व्यवसायीको मागलाई सरकारले सम्बोधन गर्छ: पम्फा भुसाल

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केवल टेलिभिजन व्यवसायीहरुको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएकी छन्।

माथिल्लो अरूणको निर्माण तत्काल सुरु गर: स्थानीय

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको नेतृत्वमा बुधबार आयोजनाको स्थलगत अवलोकनमा गएको अर्थ मन्त्रालय, विश्व बैंकका प्रतिनिधि सम्मिलित उच्चस्तरीय टोलीलाई स्थानीयबासीले जतिसक्दो छिट्टो उक्त आयोजनाको निर्माण सुरु गर्न आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्।

गरिबीमुक्त भएपछि मात्र समाजवाद पहिल्याउन सकिन्छ: ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई मुक्त गरेर मात्र संविधानले निर्दिष्ट गरेको समाजवादको लक्ष्य पहिल्याउन सकिने बताएका छिन्।

ऊर्जामन्त्री भुसालद्वारा लगानी गर्न अनुरोध

मन्त्री भुसालले शुक्रबार सिंहदरबारमा शिष्टाचार भेटघाटको क्रममा संयुक्त अरब इमिरेट (युएई) का राजदूत सइद हम्दन अल–न्वाबीसँँग नेपालमा लगानीको पर्याप्त सम्भावना भएकाले लगानी गर्नअनुरोध गरेकी हुन्।

केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ: मन्त्री भुसाल

मन्त्री भुसालले भनिन्, 'दुई महिनादेखि मन्त्रिपरिषद् अपूर्ण छ, यही भदौं ३० गते संसदबाट बजेट पास भएपछि मन्त्रिपरिषद् विस्तार हुन्छ।'

लगानी बोर्डको रणनीतिक योजना: पाँच वर्षमा १० अर्ब डलर लगानी स्वीकृतिको लक्ष्य

रणनीतिक योजनामा परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवर्द्धन, संस्थागत विकास तथा समन्वय, सहकार्य र साझेदारी गरी चारखम्बे योजना सहित आर्थिक समृद्धिका लागि नेपाललाई आकर्षक लगानी गन्तव्य बनाउने सोच लिइएको छ।

जलवायु परिवर्तनको असर सामना गर्न कठिन हुँदैछ: ऊर्जामन्त्री भुसाल

निजामती कर्मचारी दिवसका सन्दर्भमा ललितपुर महानगरपालिका–२ स्थित इन्द्रायणी उद्यानमा आज वृक्षरोपण गरेपछि उनले औद्योगिक मुलुकको गतिविधिबाट हरितगृह ग्यास उत्सर्जन हुँदा जलवायु परिवर्तन भएको जनाउँदै नेपालजस्ता मुलुकमा जलवायु परिवर्तनको नराम्रो प्रभाव पारेको बताईन्।

अनियमितता र भ्रष्टाचार नगर्न मन्त्री भुसालको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले अनियमितता र भ्रष्टाचार नगर्न मातहतका निकायलाई कडा निर्देशन दिएकी छन्।

प्रत्येक प्रदेशमा जलविद्युत् आयोजना निर्माण गर्छाैं : ऊर्जामन्त्री

मासिक २० युनिटसम्म खपत गर्नेलाई निःशुल्क बिजुली दिने निर्णय नेपाल विद्युत् प्राधिकरणले गरिसकको तथा आयातित ग्यास विस्थापन गर्दै आफ्नै देशमा उत्पादन हुने बिजुलीको उपभोग बढाउन विद्युत् महसुल समायोजन गर्ने पनि ऊर्जामन्त्री भुसालले जानकारी दिइन्।

मन्त्रिपरिषद् बैठकः कुलमान घिसिङ विद्युत प्राधिकरणमा नियुक्त हुन सक्ने

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेकी छन्।

गरिबीको रेखा मुनि रहेका जनतालाई निःशुल्क विद्युतः मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले गरिबीको रेखा मुनि रहेका जनतालाई निःशुल्क विद्युत उपयोग गर्न दिइने बताएकी छन्।

ऊर्जामन्त्री भुसालसँग राजदूत पार्कको शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ–सुकले आज शिष्टाचार भेट गरेका छन्।

सदनमा प्रधानमन्त्रीको राजीनामा माग

ओली नेतृत्वकै सरकारका तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङलाई बोल्दा एउटा शब्द गलत प्रयोग भएपछि नैतिकताका आधारमा राजीनामा दिन लगाइएको र सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसनसम्बन्धी अडियो टेप सार्वजनिक भएपछि नैतिकताका आधारमा राजीनामा दिएको प्रसंग कोट्याउँदै सांसद पम्फा भुसालले भनिन्, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक ठहरिएपछि प्रधानमन्त्रीले चाहिँ नैतिकता देखाउनु पर्दैन ?’

प्रधानमन्त्रीज्यू दुई तिहाईको धाक दिएर आफ्नो लाज छोप्ने दुस्साहस नगर्नुहोस् : पम्फा भुसाल

नेकपा माओवादी केन्द्रको नेतृ पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाईको धाक देखाएको आरोप लगाएकी छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै भुसालले ओलीले दुई तिहाईको धाक देखाएर मनपरी गरिरहेको आरोप लगाएकी हुन्। ‘दुई तिहाईको धाक दिएर आफ्नो लाज छोप्ने दुस्साहस नगर्नुहोस्, मेरो अपिल छ’ उनले भनिन्।

'राष्ट्रपति कार्यालयमा दिएको फाइल त बालुवाटार पुगेछ'

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ पम्फा भुसालले आफूहरुले विशेष अधिवेशन आह्वानका लागि राष्ट्रपति कार्यालयमा दिएको पत्र बालुवाटर पुर्‍याइएको आरोप लगाएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्