१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीज्यू दुई तिहाईको धाक दिएर आफ्नो लाज छोप्ने दुस्साहस नगर्नुहोस् : पम्फा भुसाल

फाइल तस्बिर।

नेकपा माओवादी केन्द्रको नेतृ पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाईको धाक देखाएको आरोप लगाएकी छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै भुसालले ओलीले दुई तिहाईको धाक देखाएर मनपरी गरिरहेको आरोप लगाएकी हुन्। ‘दुई तिहाईको धाक दिएर आफ्नो लाज छोप्ने दुस्साहस नगर्नुहोस्, मेरो अपिल छ’ उनले भनिन्।  

अर्को प्रसंगमा उनले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले उल्टाइदिएपछि प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नदिएकोप्रति आपत्ति जनाइन्। ओलीले नैतिकताका आधारमा तत्काल पदबाट राजीनामा दिनुपर्ने उनको भनाई छ।  

‘राजनीतिमा नैतिकता हुन्छ, मूल्य हुन्छ। हामीलाई स्मरण छ। यही केपी ओली नेतृत्वकै सरकारका कानुनमन्त्रीले सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा प्रशंगवस गलत शब्द प्रयोग गर्दा राजीनामा दिनुभएको थियो। अर्का एउटा मन्त्रीलाई सुरक्षा प्रेस सम्बन्धी अडियो सार्वजनिक भएपछि राजीनामा दिन लगाइएको थियो,’ भुसालले भनिन्, ‘मैले सोचेको थिएँ फागुन ११ को सर्वोच्चको फैसलापछि त्यो राजनीनिक नैतिकताको पालना गरिने छ भनेर। अहिले पनि बडो जिताहा शासकजस्तो गरेर हिँड्ने कुराले आज आमनागरिकमा के पर्छ होला?’

प्रधानमन्त्री ओलीबाट जनतामाझ भ्रम छर्ने काम भइरहको उनको दाबी छ। ओलीले देशको निर्वाचन प्रणालीविरीत चुनावमा जाने प्रयास गरिरहेको भुसालको भनाई छ। उनले असंवैधानिक तवरबाट प्रतिनिधिसभा विघटन गरेपछि ओलीको नाम कालो इतिहासमा लेखिएको जिकिर गरिन्।

‘आफूले भनेजस्तो नुहँदा चुनाव रे! सम्माननीय प्रधानमन्त्री ज्यू, हाम्रो देशको निर्वाचन प्रणालीबारे सोच्नुभएको छ? तपाईंले जनतालाई भ्रम दिनुभएको छ कि ढाँट्नुभएको छ कि आफैं भ्रममा हुनुहुन्छ र मुर्खता गर्नुभएको छ?,’ उनले भनिन्।

भुसालले ओलीलाई संघीयता, समानुपातिकजस्ता प्रणाली मन नपर्ने नगरेको बताइन्।

प्रकाशित: ६ चैत्र २०७७ १०:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App