१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

केवल टेलिभिजन व्यवसायीको मागलाई सरकारले सम्बोधन गर्छ: पम्फा भुसाल

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केवल टेलिभिजन व्यवसायीहरुको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएकी छन्।

बुधबार केवल टेलिभिजन व्यवसायी महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले केवल टेलिभिजन व्यवसायीहरुको मागलाई सम्बोधन गर्ने बताएकी छन्। उनले सरकारले सञ्चारलाई गाउँ–गाउँमा पुर्याउनु पर्ने काम निजी क्षेत्रले गरिरहेको बताइन्।  

मन्त्री भुसालले विज्ञान प्रविधिको विकासले अहिले सबैसँग हातको मोबाइल चिप्समा संसार भएको भन्दै ती सबैलाई नियमन, अनुगमन र नियन्त्रण कसरी गर्ने भन्ने कुरा सरकारले हेर्नुपर्ने बताईन्। उनले निजी क्षेत्रले व्यवसाय र पेशामै प्रभाव पारेको भन्दै मन्त्री भुसालले पेशागत जीवनमा परेका समस्या र चुनौतिहरुलाई सरकारले सकारात्मक ढंगले ग्रहण गर्ने र संवादद्वारा केवल टेलिभिजन व्यवसायीहरुको मागको हल निकाल्ने  बताईन्।

मन्त्री भुसालले सबैको अभिभावक भएकोले सरकारले निजी र सामुदायिक क्षेत्रका र जनताका समस्याको समाधान गर्ने  बताईन्  उनले आजको विद्युत प्राधिकरणको बैठकमा पोल भाडा वृद्धिको विषयमा छलफल गर्ने बताईन्।  

प्रकाशित: १३ आश्विन २०७८ ०७:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App