लोप हुँदै पानीघट्ट
पातारासीमा विभिन्न खोलाको छेउछाउमा ४ सय भन्दा बढीको हाराहारीमा पानीघट्ट रहेको बोहोराले बताए।
पातारासीमा विभिन्न खोलाको छेउछाउमा ४ सय भन्दा बढीको हाराहारीमा पानीघट्ट रहेको बोहोराले बताए।
पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो। गाउँ–गाउँमा पानी तथा बिजुलीमार्फत सञ्चालन हुने मिल पुगेपछि पानीघट्ट, ढिकी र जाँतोको प्रयोग घट्दै गएको जनाइएको छ।
कुनै बेला खुब चर्चित गीत हो, ‘सररर पानीघट्टमा, म त प्यारी फर्कन्छु, फर्कन्न नाम सारे है पेन्सनपट्टामा।’ सशस्त्र द्वन्द्वको दलदलमा देश जकडिँदाका व्यथाका बिम्ब असरल्ल छन् गीतमा। युद्धकालीन त्यो प्रतिकूलता अनि रातदिन नभनी सुरक्षाकर्ममा खटिने देशसेवकहरू। खासमा उनीहरूकै उच्च जोखिमयुक्त जीवन ध्वनित हुन्छ गीत सुन्दा। दुर्गम भेगका बासिन्दाको जीवनसँग अभेद्य सम्बन्ध जोडिएको पानीघट्टलाई नै किन प्रतीक बनाइयो होला यो गीतमा ? मलाई लाग्छ, अन्य प्रतीक प्रयोग गरिएको भए यति गहिरो विरही मनोदशाको चित्रण पक्कै हुने थिएन।
प्रविधिको विकाससँगै आधुनिक घट्ट प्रयोगमा आएपनि परम्परागत पानीघट्टको लोकप्रियता घटेको छैन ।बिजुलीबत्ती पुगेका जिल्लाका अधिकांश स्थानमा पानीबाट चल्ने घट्ट विस्थापित भएका छन्।
जलवायु परिवर्तनका कारण खोलानाला सुक्दै जान थालेपछि पाटी घट्ट संकटमा पर्न थालेका छन्। दशक अघिसम्म पानी घट्टमा अन्न पिस्दै आएर गुजारा चलाउदै आएका स्थानीयले पछिल्लो समयमा खोला सुक्दै जादा पानी घट्टको विकल्प खोज्दै आएका हुन्। ‘अहिलेसम्म पानी घट्टकै साहरामा वाँचेका छौ’, स्थानीय महिला पदमकली थापाले भनिन, ‘पानी सुक्दै जादा आजभोली घट्ट राम्रोसित चल्दैनन्।
सुख सुबिधाको खोजीमा हुनेखाने जति सहरबजार पसेपछि गाउँ रित्तै, राम्रो कमाईको लोभमा बलिया बाङ्गा युवाहरु खाडीतिर लागेपछि गाउँघर शुन्य, गाउँमा छन् त केवल रोग र शोकले थलिएका बुढाबुढी, बेसाहारा आईमाई र केटाकेटी, कोही दुःख–विमार हुँदा गाउँमा कसैको मृत्यु हुँदा सहयोग गर्ने दरिला पाखुरा छैनन्।