२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पानीघट्टको विकल्प खोजिँदै

पानीको बहाव सुक्दै जाँदा बन्द हुने अवस्थामा रहेको परम्परागत घट्ट । तस्बिर : नागरिक

जुम्ला – जलवायु परिवर्तनका कारण खोलानाला सुक्दै जान थालेपछि पाटी घट्ट संकटमा पर्न थालेका छन्। दशक अघिसम्म पानी घट्टमा अन्न पिस्दै आएर गुजारा चलाउदै आएका स्थानीयले पछिल्लो समयमा खोला सुक्दै जादा पानी घट्टको विकल्प खोज्दै आएका हुन्। ‘अहिलेसम्म पानी घट्टकै साहरामा वाँचेका छौ’, स्थानीय महिला पदमकली थापाले भनिन, ‘पानी सुक्दै जादा आजभोली घट्ट राम्रोसित चल्दैनन्।  

गाउँमा विद्युतको व्यवस्था नहुदा  आधुुनिक मिल ल्याउन सकिएको छैन। तर  अहिले  छाकटार्नको  लागि भए सानो खोलाको पानीले गुजारा चलाएका छौ, उनले सुनाईन। पातारासी गाँउपालिका  वडा नम्वर २ का  पाँच सय पचास घरधुरीको लागि कुटानी पिसानी गर्ने आधुनिक मिल छैन। ‘घर नजिकैको खोलामा पाँच वटा घट्ट छन्, त्यसैमा गुजारा चलाएका छौ’, स्थानीय रमिला वुढाले भनिन्, ‘दुई चार वर्ष पछि खोला सुकेर घट्ट चल्ने अवस्थामा छैनन्।’  अहिले कुटानी पिसानी गर्दा एक रात वस्नु परेको र समयमै कुटानी पिसानीको काम हुन नसकेको स्थानीय वताउँछन्। 

हिउँदको  समयमा हिँउ पर्न छोडेपछि खोलाको पानी सुक्दै जाने गर्दछ।   पानीको बहाव घटे पछि आफुहरुलाई कुटानी पिसानी गर्नमा समस्या भएको गुनासो स्थानीयको छ। तत्काल गाउँपालिका भर चल्ने विद्युत आयोजना निर्माण गरी उद्योग कलकारखानाको विकास गर्न स्थानीयले जोड दिएका छन्। पानी सुकेर घट्टमा  पिठो पिसेर खाना सकिने अवस्था छैन, घट्टसम्म खोलाको पानी पुर्याउन एक दिन लाग्छ, पानी समयमै पुगेको खण्डमा पनि पानीको स्पिड कम हुदा कुटानी पिसानीको काम अघि वढ्न सक्दैन।   

पिठो पिस्नको लागि गाउँमा विवाद हुने गरेको स्थानीयले बताए। परम्परागत पानी घट्ट त गाँउमा पाँच वटा छन् तर पानीको अभावले चल्दैनन्। दुई तीन दिनको बास बसेर घट्टमा पिठो पिस्न बाध्य भएको स्थानियले बताएका छन्। स्थानियले जौँ,  उवा, गहुँ, मकै, कोदो र  फापर लगाएतका अन्न परम्परा गत पानी घट्टमा पिसानी गर्दै आएका छन्। मिलमा पिसेको भन्दा पानी घट्टमा पिसेको पिठो स्वादिलो हुने भएकोले सवैको रोजाई पान िघट्टनै बन्ने गरेको छ। जिल्लाका चन्दननाथ नगरपालिका क्षेत्रका केही वस्ती वाहेक सवै स्थानीय तहमा पानी घट्टको प्रयोग गरिन्छ। 

तिला गाउँपालिका उपाध्यक्ष विष्णु वुढा गाउँपालिकामा स्थापित परम्परागत घट्टको पहिचान नहराउने गरे आधुनिक घट्टको प्रावधान अघी सारीने वताउँछिन। तिला गाउँपलिमा १ मेगावाट विद्युतको सर्भे भईसकेकोले निकट भविष्यमै आधुनिक मिल गाउँमा आसा गरेको उनले बताइन्। जिल्लाभर एक हजार पाँच सय वढी घट्ट पानी सुकेकै कारण बन्द भएका छन्। 

प्रकाशित: ८ फाल्गुन २०७४ १५:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App