८ असार २०८१ शनिबार
image/svg+xml

एसिया रग्बीका अध्यक्ष धलाइ नेपालमा

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबारदेखि हुने यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपका लागि धलाइ नेपाल आएका हुन्।

१० वर्षपछि दशरथ रंगशालामा कन्सर्ट (फोटोफिचर)

कन्सर्टमा दि एज ब्याण्ड, नितेशजङ कुँवर, वर्तिका एम राई, आशिष राना, स्वप्न सुमन, भेक, यावेश, त्रिशला गुरुङ, सुवानी मोक्तान, दि एलिमेन्ट्स ब्याण्डलगायतका कलाकारहरुले प्रश्तुती दिएका छन्। कन्सर्ट पार्टी नेपाल, आर्बिट्ररी ग्रुप, केटिएम लाइभ तथा अपट्रेण्डली मिडियाको संयुक्त आयोजनामा भएको हो।

नेपाल फाइनलमा फेरि चुक्यो

नेपाली महिला टोली साफ महिला च्याम्पियनसिपको फाइनलमा सोमबार बंगलादेशविरुद्ध मैदान उत्रँदा आफ्नो छवि बदल्ने अवसर थियो।

आजको जितले हाम्रो महिला फुटबलले नयाँ अध्याय सुरु गर्नेछः बालेन

उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् लेखेका छन् ‘हामी ऐतिहासिक जितभन्दा एक कदममात्र पछाडी छौं, आजको जितले हाम्रो महिला फुटबलले नयाँ अध्याय सुरु गर्नेछ भन्ने विश्वास छ। जितका लागि सम्पूर्ण टिममा सुभकामना। जय नेपाल,’

भारतमाथि नेपालको ऐतिहासिक जित

नेपालले यसअघि महिला साफमा भारतलाई हराउन सकेको थिएन। साविक उपविजेता रहेको नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले नर्णायक गोल गरिन्। प्रिति राईको पासमा पहिलो हाफको इन्जुरी समयमा रश्मीले निर्णायक गोल गर्दै नेपालको जित सुनिश्चित गरेकी हुन्।

बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको टिकट मूल्य तय

एन्फाका अनुसार खेलका लागि बंगलादेशी टिम असोज सात गते नेपाल आइपुग्ने छ। एन्फाले मैत्रीपूर्ण खेलका लागि ४८ लाख ६५ हजार रुपैयाँ खर्च हुने अनुमान गरेको छ। एन्फाले खेलका लागि मार्केटिङ, बोर्डकास्टिङ र डिजिटल अधिकार बिक्रीका सम्बन्धमा विभिन्न व्यापारिक संस्थाहरुसँग छलफल भइरहेको जनाएको छ।

भारत र बंगलादेशको विजयी सुरुआत

चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानको चुनौती ३-० ले पन्छाउँदै साबिक विजेता भारतले नेपालमा मंगलबारबाट सुरु भएको छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपमा बुधबार विजयी सुरुआत गर्दा दिनको दोस्रो खेलमा बंगलादेशले पनि माल्दिभ्समाथि समान ३-०को जित निकालेको छ।

सिनियर फुटबलरद्वारा विद्रोह

एएफसी एसियन कप छनोट खेलका लागि बन्द प्रशिक्षणमा सहभागी २५ खेलाडीमध्ये ९ जनाले प्रशिक्षकसँगको मनमुटाव कारण क्याम्प छाडेका छन्।

नेपाल छनोट हुन कठिन: अल्मुताइरी

अभ्यास थालनी गर्ने दिन पत्रकार सम्मेलनमा योजनासहित उपस्थित भएका राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल चीनमा हुने एएफसी एसियन कपमा छनोट हुन कठिन हुने बताए।

मनाङलाई रोक्दै एपिएफले रेलिगेसन टार्‍यो

दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बिहीबार विभागीय क्लब एपिएफसँग ३–१ ले पराजित हुँदा प्रशिक्षक तोपे फुजाले अब मनाङ पहिलेजस्तो नभएको प्रतिक्रिया दिए।

दुई खेलअगावै मच्छिन्द्रद्वारा उपाधि रक्षा

११औं चरणको खेलसम्म अपराजित यात्रालाई निरन्तरता दिने क्रममा बुधबार सातदोबाटो युथ क्लबमाथि १–० को जित निकालेको मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि रक्षा गरेको छ।

तनावपूर्ण बन्यो मैत्रीपूर्ण खेल

मौरिससका मिडफिल्डर एड्रियन बोल्टारले नेपालका स्ट्राइकर अञ्जन विष्टमाथि खराब फाउल गरेपछि महर्जनले उनलाई सोझै रातो कार्डको दर्शन गराउँदै मैदानबाट बाहिर पठाएका थिए। त्यसलगत्तै दुवै टोलीका खेलाडी विवादमा उत्रिए। सोही विवादबीच नेपालका मिडफिल्डर पूजन उपरकोटीले मौरिससका खेलाडीमाथि बलले प्रहार गरेपछि महर्जनले उनलाई दोस्रो पहेँलो कार्डको दर्शन गराउँदै मैदानबाट बाहिर पठाए।

सहिद स्मारक ‘ए’ डिभिजन लिगः विभागमा पहिलो विदेशी खेलाडी

जापानी गोलकिपर युया कुरियामालाई भित्राएको दिन विभागीय टोली एपिएफले सोमबार फ्रेन्ड्स क्लबमाथि ३–१ को जित निकालेको हो। उनी विभागीय टोलीबाट नेपालको घरेलु फुटबल खेल्ने पहिलो विदेशी खेलाडीसमेत हुन्।

सुदीप र स्वागता उत्कृष्ट

सुदीप थारू, स्वागता खैजु, युवराज विक र सुमुया देवान युथ एथलेटिक्स च्याम्पियनसिपको आआफ्नो उमेरसमूहमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्