६ आश्विन २०८१ आइतबार
image/svg+xml

निर्वाचन सामग्री बैतडी आइपुग्यो

प्रत्यक्ष तर्फको मतपत्र आइसकेपछि सबै मतदान केन्द्रका लागि सामग्री छुट्याएर राखिने उनले बताए। मतदान अधिकृतहरुलाई कार्तिक अन्तिम साता तालिम दिने तयारी समेत भइरहेको फुँयालले बताए।

कपिलवस्तुमा ८ प्रतिशत मात्र महिला उम्मेदवार

जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुकी सूचना अधिकारी अनिता क्षेत्रीका अनुसार कपिलवस्तुमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि एक सय ४३ उम्मेदवार चुनावी मैदानमा छन्। यी मध्ये ६५ जना स्वतन्त्र उम्मेदवार हुन भने ७८ जना विभिन्न दलका उम्मेदवार हुन्। जिल्लामा प्रतिनिधिसभातर्फका तीन निर्वाचन क्षेत्रमा पाँच जना मात्र महिला उम्मेदवार छन्।

खेतबारीमै मतदातालाई भेट्दै उम्मेदवार

उनीहरूको जिन्दगी त्यही कालीगण्डकीको बालुवामा नै अडिएको छ। 'हामीले बालुवा झिक्दा प्रहरी प्रशासनले अवरोध गर्ने, दुःख दिने काम गर्छ', स्थानीय प्रमिला जिसीले भनिन्, 'हाम्रो बाँच्ने आधार भनेकै बालुवा हो, अरुले जस्तो मेसिन लाउँदैनौँ, हातले बालुवा झिक्दा पनि गरी खान दिँदैनन्। हाम्रो समस्या समाधान गर्नेलाई भोट हाल्छौँ।'

प्रतिनिधिसभाको समानुपातिकतर्फ २२ सय उम्मेदवार

प्रदेशसभा सदस्य निर्वाचनतर्फ प्रदेश नं १ का लागि छ सय १६, मधेसका लागि आठ सय ६३, बागमतीका सात सय ५४, गण्डकीका लागि तीन सय ४४, लुम्बिनीका पाँच सय ७९, कर्णालीका लागि दुई सय र सुदूरपश्चिम प्रदेशका लागि तीन सय ५२ उम्मेदवार छन्।

काठमाडौँ-१ मा २१ राजनीतिक दल चुनावमा भाग लिँदै

यस निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरका १०, ११, २९ र ३१ वडा समेटिएका छन्। प्रदेशसभा ‘क’तर्फ काठमाडौँ महानगरका १०, ११ र २९ वडा तथा प्रदेशसभा ‘ख’मा काठमाडौँ महानगरको ३१ वडा समेटिएको छ।

सुत्ने र खानेको टुंगो नहुँदा उम्मेदवारलाई स्वास्थ्य बिग्रने डर

चुनावी प्रचार प्रसारका क्रममा अहोरात्र कार्यकर्ता, शुभचिन्तक र मतदातासँग घेरिएर बस्नु पर्ने हुँदा कतिपय उम्मेदवारलाई पर्याप्त विश्राम गर्न र स्वास्थ्य अनुकुल खान पाउन कठिन छ। आफ्नो क्षेत्र निरन्तर घुम्नु पर्ने हुँदा सुत्ने र खानपिनको ठेगान छैन। अव्यवस्थित भोजन र अनिँदोका कारण चुनावको मुखैमा अस्वस्थ भइने हो कि भन्ने चिन्ताले उम्मेदवारलाई सताएको छ।

'राप्रपालाई विजयी हुनबाट कसैले रोक्न सक्दैन'

उनले कुनै नातेदारलाई त्यसरी नराखेको र राखेको भए सबैको प्रोफाइल पल्टाएर हेर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।

समानुपातिकतर्फ ६० जिल्लामा मतपत्र ढुवानी

समानुपातिक निर्वाचन प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिह्न र अन्य विवरणका लागि कालो रङ प्रयोग भएको छ भने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिह्न र अन्य विवरणको रङ रातो मसीको रहेको छ।

पुसमा पन्ध्रमा तीन चलचित्र प्रदर्शन गरिने

नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले एउटै समयमा तीन चलचित्रको प्रदर्शन तय हुनु राम्रो नहुने बताए। 'हाम्रो बजारका लागि तीन चलचित्र आवश्यक छैन।

निर्वाचन हुन एक महिना बाँकी

आयोगले प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताको अन्तिम विवरण प्रकाशन गरिसकेको छ भने समानुपातिकतर्फ कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र कात्तिक ९ गते उम्मेदवारको बन्दसूची अन्तिमरुपमा प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ।

आचारसंहिता कार्यान्वयन गर्न जुम्लाका राजनीतिक दल र उम्मेदवारसँग छलफल

उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरेमा आयोगले जारी गरेको ऐनअनुसार कारबाही गरिने निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिए।

भोट माग्दै गाउँ पसे उम्मेदवारहरु

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि आ–आफ्नो पक्षमा मत माग्दै उम्मेदवार गाउँगाउँमा पसेका छन्।

कांग्रेसले निर्वाचनका लागि सञ्चार केन्द्र स्थापना गर्ने

कांग्रेसको केन्द्रीय प्रचार प्रसार समितिको आज बसेको बैठकले केन्द्रीय कार्यालयमा सञ्चार केन्द्रका साथै प्रदेश, जिल्ला, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहमा समेत पार्टीको सञ्चार संयन्त्र तयार गर्ने निर्णय गरेको हो।

वर्षातका कारण अवरुद्ध सडक तत्काल सुचारु गराउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन

सोमबार गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरुसँगको ‘भर्चुअल’ बैठकमा बोल्दै गृह सचिव विनोदप्रकाश सिंहले निर्वाचनको कार्यक्रमलाई समेत मध्यनजर राखेर २०/२२ दिनभित्र सो काम सम्पन्न गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका हुन्।

निर्वाचनको १७ दिन अघि मात्रै आमसभा र कोणसभा गर्न पाइने

सो अवधिसम्म तामझाम नगरी २५ जनासम्म लिएर उम्मेदवारले मतदाताको घरदैलोमा प्रचारप्रसारका लागि जान पाउनेछन्। निर्वाचनलाई भड्किलो नबनाउन र मर्यादितरुपमा प्रचारप्रसार गराउन आयोगले राजनीतिक दलको छलफलका आधारमा निर्वाचन आचारसंहिता, २०७९ मा यस्तो व्यवस्था गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्