१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

प्रदेशसभा बैठकस्थल पहिचान गर्दै सरकार

सरकारले सातवटै प्रदेशमा प्रदेशसभाको पहिलो बैठक बस्ने सम्भावित भवन र ठाउँ छनोट गरेको छ । प्रदेशसभा बैठक बस्ने भवन छनोट गर्न सहरी विकास मन्त्रालयका सहसचिव राजेन्द्र पौडेलको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री कार्यालयलाई बुझाएको प्रतिवेदनका आधारमा सरकारले सातै क्षेत्रमा सम्भावित स्थान र भवन छनोट गरेको हो । सरकारको यो छनोट अन्तिम नभएर प्रारम्भिक हो ।

सिन्धुपाल्चोकमा प्रतिनिधिसभा र प्रदेशसभामा कति मत खस्यो ?

पछिल्ला १० वर्षमा भएका दुईटा संविधानसभा र स्थानीय तह चुनावको तुलनामा सबैभन्दा कम मत खस्ने क्रममा सिन्धुपाल्चोकको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६९ प्रतिशत मतदाताले मात्र मताधिकार प्रयोग गरेका छन्।

प्रदेशसभा छायामा पर्दा मतदाता असन्तुष्ट

स्थानीय चुनावमा सुनेका विकासे आश्वासन मतदाता अहिले प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारबाट पनि सुन्दैछन् । कान टट्याउने गरी यसरी विकासे आश्वासन बाँडेर हिँड्ने दल र उम्मेदवारको कमजोरीकै कारण इतिहासमै पहिलोपटक हुन लागेको प्रदेशसभा चुनावको राजनीतिक महŒवको विषय भने ओझेल परेजत्तिकै भएको छ ।

कति जनालाई कसरी भोट हाल्ने? (भिडियो)

मुलुक संघीय प्रणालीमा गएपछि हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिक आइरहेको छ। मंसिर १० र २१ गते हुने आम निर्वाचनपछि मुलुक पूर्ण व्यवहारिक रुपमै संघीय ढाँचामा जाँदैछ। यो निर्वाचनमा कसरी मतदान गर्ने त? यो पटकको निर्वाचनबाट मतदाताले संघीय प्रतिनिधि सभा एवं प्रदेश सभा सदस्य छान्न भोट खसाल्नु पर्ने हुन्छ। मतदाताले बहुमतीय प्रणालीबाट निर्वाचित हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि मतदान गर्नुपर्छ।

अब बन्ने प्रदेशसभा कस्तो हुन्छ?

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि बन्ने प्रादेशिकसभाहरुकाे संभावित स्वरुप झल्किने गरी निर्वाचन अायाेगले जारी गरेकाे प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०७४ अनुसार सिट बाँडफाँड सम्बन्धी यो इन्फाेग्राफिक तयार पारिएको हो ।

मुख्यमन्त्री मोहले प्रदेशसभामा

जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक सूचीमा सिफारिस भएका एमाले पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले अन्ततः सल्यानबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका छन् । पार्टीबाट प्रदेश सरकारको नेतृत्व गर्ने आकांक्षासहित उनी प्रदेशसभा सदस्य निर्वाचनमा होमिएका हुन् ।

नयाँ शक्तिको प्रतिनिधिसभामा २६ र प्रदेशसभामा ४९ स्थानमा उम्मेदवारी (सूची सहित)

पहिलो चरणमा मंसीर १० गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नयाँ शक्तिले कूल २६ स्थानमा उम्मेद्वारी दिएको छ। त्यस्तै प्रदेशसभातर्फ ४९ स्थानमा उम्मेद्वारी दिएको छ पार्टीले जनाएको छ।

प्रदेशसभाको एउटा क्षेत्र माओवादीलाई

मंसिर २१ मा हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले–नेकपा माओवादी केन्द्र गठबन्धनबीच निर्वाचन क्षेत्र बाँडफाँटमा सहमति भएको छ । जिल्लामा प्रतिनिधिसभातर्फ २ र प्रदेशसभाका ४ क्षेत्रमध्ये प्रदेशतर्फको एउटा सिट माओवादीको भागमा परेको हो।

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फका उम्मेदवारलाई २५ लाख र प्रदेशसभाका उम्मेदवारलाई १५ लाख खर्च गर्न पाउने सीमा तोकेको छ। प्रतिनिधिसभाका उम्मेदवारले गोष्ठी र अन्तरक्रियामा ८ लाख रुपैयाँसहित २५ लाखसम्म खर्च गर्न पाउनेगरी खर्चको सीमा तोकिदिएको छ। जसमा मतदातना नामावली खरिदमा ३ हजार, सवारी साधनमा ५ लाख, सवारी सधान इन्धन र घोडा भएमा दाना समेत १ लाख, प्रचारप्रसार सामाग्री १ लाख, ढुवानी ७५ हजार, अन्य प्रचारप्रसार,छापा,विद्युतीय १ लाख, कार्यालय सञ्चालन ५ लाख, प्रतिनिधि परिचालन २ लाख र विविध शिर्षकमा १ लाख २२ हजार रुपैयाँ निर्वाचनमा खर्च गर्न पाउने छन्।

प्रदेशसभा र प्रतिनिधिसभाको मतपत्र एउटै

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ गरी दुईवटा मतपत्र बनाइने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्षतर्फ एउटा र समानुपातिकतर्फ अर्को मतपत्र बनाउन लागेको हो ।

प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा, मंसिर १० र २१ निर्वाचन मिति

सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने गरी दोस्रो चरणको निर्वाचन मिति आगामी मंसिर २१ गतेलाई तोकेको छ। यसअघि सरकारले दुबै निर्वाचन एकैपटक गर्ने निर्णय गर्दै आगामी मंसिर १० गतेका लागि मिति तोकेको थियो।

प्रतिनिधिसभा र प्रदेशसभा चुनाव एकैपटक गर्दा १८ अर्ब जोगिने

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकै चरणमा गर्न प्रस्ताव गरे।

सीमांकन हेरफेर प्रदेशसभालाई छोडौं : महत

नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले सबै मुद्दाको छलफल गर्ने र उपयुक्त निकास दिने थलो संसद्लाई एमालले बन्दी बनाएको आरोप लगाएका छन्। उनले सहमतिका लागि पनि तत्काल संसद् खोल्नुपर्नेमा जोड दिए।

अस्थायी मतदाताले प्रदेशसभा सदस्यलार्इ भाेट दिन नपाउनेः निर्वाचन आयोग

काठमाडौं– निर्वाचन आयोगले प्रदेशसभाको निर्वाचनमा अस्थायी मतदाताले मतदान गर्न नपाउने विधेयककाे मस्यौदा तयार गरेको छ। प्रतिनिधिसभा निर्वाचनमा भने अयोगले अस्थायी मतदाताले पनि मतदान गर्न पाउने प्रावधानको मस्यौदा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्