३ फाल्गुन २०८२ आइतबार
image/svg+xml

महाशिवरात्रि : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो (तस्बिरमा हेर्नुस्)

कोषका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। भीड नियन्त्रण, हराएका व्यक्तिको खोजतलास, आपत्कालीन उद्धार तथा शंकास्पद गतिविधि निगरानीका लागि सिसीटिभी क्यामेरा तथा मोबाइल गस्ती बढाइएको जनाइएको छ।

वेस्ट इन्डिजविरुद्ध सुखद प्रदर्शन गर्ने लक्ष्य

स्तब्धपूर्ण नतिजापछि निरास नेपाली टोली आइसिसी टी ट्वान्टी विश्वकपको तेस्रो खेलमा दुईपल्टको च्याम्पियन वेस्ट इन्डिजविरुद्ध सुखद प्रदर्शन गर्ने लक्ष्यमा छ।

निर्वाचन १८ दिन बाँकी : फागुन १७ सम्म मतदाता शिक्षा कार्यक्रम

आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत विशेष कार्यक्रमअनुसार मतदाता शिक्षा कार्यक्रम अगाडि बढ्न लागेको आयोगले जनाएको छ।

मनोविद डा. राईको ‘जिन्दगी फूल सम्झे फूलै होः जीवनयात्रा’ लाेकार्पण

मनोविद डा. सुमाया राईको ‘जिन्दगी फूल सम्झे फूलै हो: जीवनयात्रा’ लाेकार्पण गरिएको छ।

ताराखोलास्थित नेपाल माविमा एक करोडको अक्षयकोष स्थापना

अक्षयकोषलाई वृद्धि गरेर दुई करोड बनाउने र सोको ब्याजबाट विद्यालयले पठनपाठनमा गरेको नमूना अभ्यासलाई निरन्तरता दिन परिचालन गरिने अध्यक्ष खत्रीले जानकारी दिए।

कांग्रेसले आज घोषणापत्र आयोगमा बुझाउने, सार्वजनिक कहिले हुन्छ ?

निर्वाचन आयोगले दलहरूलाई फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र पेस गर्न आइतबारसम्मको समय दिइसकेको छ। कांग्रेस प्रवक्ता चालिसेले निर्वाचन आयोगमा आइतबारै घोषणापत्र बुझाइने तर सार्वजनिक कार्यक्रम भने बुधबार हुने बताए।

बेलायतको दाबीः रूसले विपक्षी नेता एलेक्सी नाभाल्नीलाई ‘डार्ट फ्रग’ विषबाट मार्‍यो

साइबेरियास्थित दण्ड उपनिवेश (पीनल कोलोनी) मा नाभाल्नीको मृत्यु भएको दुई वर्षपछि बेलायत र उसका साझेदारहरूले उनको शरीरबाट लिइएका नमुनाको विश्लेषणपछि यस प्रकरणमा क्रेमलिनलाई दोषी ठहर गरेका हुन्।

‘पृथ्वीपथ’मा राप्रपा

राप्रपाले निर्वाचन संकल्पपत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको विषय छाडेर शासकीय मार्गचित्रका रूपमा ‘पृथ्वीपथ’लाई अघि सारेको छ।

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा तोकिएको छ।

आज महाशिवरात्रि मनाइँदै

प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर मनाइँदैछ।

आजको मौसम: उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपात हुने

हाल कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

क्रिकेटको कठोर कथन

वानखेडे रंगशालाको आकाशमुनि त्यो साँझ नेपाली समर्थकका आँखा आँसुले भरिएका थिए। हार थियो, तर हारभित्र पनि गर्व मिसिएको थियो।

पार्टीको सम्पूर्ण शक्ति चुनाव जित्नका लागि खर्च गरौँ : इन्द्र भण्डारी

नेकपा एमालेका केन्द्रीय सदस्य इन्द्र भण्डारीले चुनावको संघारमा पार्टीका आन्तरिक विवादलाई थाती राखेर एकजुट हुनुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्