२१ आश्विन २०८१ सोमबार
image/svg+xml

विकास रनिङ शिल्ड पुलिसलाई

विभागीय टोली नेपाल पुलिस क्लबले टुबोर्ग जेसिज विकास रनिङ शिल्ड २०७६ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार भएको फाइनल प्रतिस्पर्धामा घरेलु टोली चितवन–११ लाई टाइब्रेकरमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो। निकै प्रतिस्पर्धात्मक रहेको खेलको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन सकेन। नेपाल पुलिस क्लबले दबाबमा राखेको खेलमा पाएका अवसर क्लबले सदुपयोग गर्न सकेन।

साउदीमा जिएसए छान्दैवायुसेवा निगम

नेपाल वायुसेवा निगमले साउदी अरबमा जहाज उडान गर्ने सम्झौता गरेसँगै जनरल सेल्स एजेन्ट (जिएसए) नियुक्त गर्ने प्रक्रिया सुरु गरेको छ। निगमले साउदीमा उडान गर्ने भएपछि जिएसए लिन धेरै कम्पनीले चासो देखाएका थिए।

सामाजिक सुरक्षाभत्ता अनियमितता प्रकरण: सत्यतथ्य पत्ता लगाउन कांग्रेसको माग

नेपाली कांग्रेसले खोटाङको बराहपोखरी गाउँपालिकामा भएको सामाजिक सुरक्षाभत्ता अनियमितताका विषयमा सत्यतथ्य पत्ता लगाउन माग गरेको छ। नेपाली कांग्रेस बराहपोखरी गाउँपालिका कमिटिले विज्ञप्ति जारी गर्दै बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा मृत्यु भइसकेका र बसाई सरिसकेका व्यक्तिको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको विषयमा सत्यतथ्य वाहिर ल्याउन माग गरेको हो।

सरकारले गति लिन सकेनः नेता नेपाल

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले अझै गति लिन नसकेको बताएका छन्। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूस“ग कुरा गर्दै नेपालले सरकारका कामले अझैसम्म गति लिन नसकेको बताएका हुन्।

उद्योग वाणिज्य महासंघले कान्ति अस्पतालमा नयाँ भवन बनाइदिने (भिडियाे)

नेपाल उद्योग वाणिज्य महासंघले कान्ति बाल अस्पतालमा नयाँ भवन निर्माण गर्ने भएको छ। शुक्रबार महाराजगञ्जस्थित अस्पताल परिसरमा महासंघकी अध्यक्ष भवानी राणा र अस्पतालका निर्देशक डा. आरपी बिचाले भवन निर्माणसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे।

प्रचण्डका घरबेटीको घरभित्रै घुस्ने गगन थापाको चेतावनी

नेपाली कांग्रेसका युवा नेता गगन थापाले काम नगर्ने ठेकेदारलाई कारवाही गर्न माग गरेका छन् । कामचोर ठेकेदारले जय नेपाल भने पनि, लालसलाम भने पनि छुट दिन नहुने उनको भनाइ छ ।

खेलकुद विभाग प्रमुखमा प्रसाई

नेपाल कराते महासंघका सहमहासचिव ओमकृष्ण प्रसाईंले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश–३ को युवा तथा खेलकुद विभागको प्रमुख जिम्मेवारी पाएका छन्।

‘हिमालभन्दा सुन्दर नेपाली’

अन्नपूर्ण पदयात्रामा जाँदा भरियाले ज्यान बचाएपछि जर्मन नागरिकले नेपालमा सहयोगका हात बढाए। उनीहरूले धुलिखेल अस्पताल र बोल्देफेदिचे गाउँको विकासमा पु-याएको योगदान स्तुत्य छ।

कास्की–२ मा नेकपाबाट विद्या

कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विद्या भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । नेकपा कास्कीको शुक्रबार बसेको बैठकले संघीय प्रतिनिधिसभा सदस्यका लागि मंसिर १४ गते हुने उपनिर्वाचनमा भट्टराईलाई उम्मेदवार बनाउने निर्णय सर्वसम्मतबाट गरेको हो ।

जनप्रतिनिधि र पार्टी हातेमालो गरेर अघि बढ्नुपर्छः वरिष्ठ नेता नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जनताले धेरै आशा र अपेक्षा गरेको पार्टी भएकाले सबैसँग हातेमालो गरेर देश र जनताको पक्षमा काम गर्न जनप्रतिनिधि र पार्टी नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।

नेपाली कफीको अन्तरराष्ट्रिय बजार

बजारको सुनिश्चित, मनग्य आम्दानी र सजिलैसँग खेती गर्न सकिने भएपछि यहाँका कृषकहरु छ वर्षदेखि कफीखेतीमा आकर्षित भएका थिए। चार वर्ष पहिला १८ टन कफी उत्पादन भएकामा गबारोले कफीका बोट मरेपछि गएको वर्ष उत्पादन घटेर छ टनमा झरेको जिल्ला कफी व्यवसायी सङ्घका कोषाध्यक्ष पुष्करनाथ बन्जाडेले बताए।

नेपालमै सुन्दर बन्ने सर्जरी

सुन्दर देखिने चाहना सबैमा हुन्छ । तर, सबैको त्यो चाहना पूरा नहुन सक्छ । आजकाल भने सुन्दर हुन चाहनेका लागि नेपालमै विभिन्न प्रविधि भित्रिएका छन् ।

आगलागीबाट एक करोड बढीको क्षति

नेपालगञ्जको बिपीचोक नजीक रहेका आधा दर्जन पसलमा गए राति भएको आगलागीबाट एक करोड रुपैयाँ बढीको क्षति भएको छ।

नेपाल पुलिस क्लब फाइनलमा

नेपाल पुलिस क्लब नारायणगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसिज विकास रनिङ सिल्ड २०७६ राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

सीमामा तस्करी बढ्यो

नेपाल प्रहरीको ध्यान राजपुर बमकाण्डतिर गएको बेला नेपाल–भारत सीमामा तस्करी बढेको छ। चाडपर्वको समय पारेर मुख्य गरी दक्षिण–पश्चिम नाकामा तस्करी बढेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्