२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

साउदीमा जिएसए छान्दैवायुसेवा निगम

काठमाडौं – नेपाल वायुसेवा निगमले साउदी अरबमा जहाज उडान गर्ने सम्झौता गरेसँगै जनरल सेल्स एजेन्ट (जिएसए) नियुक्त गर्ने प्रक्रिया सुरु गरेको छ। निगमले साउदीमा उडान गर्ने भएपछि जिएसए लिन धेरै कम्पनीले चासो देखाएका थिए।

निगमले एउटा समिति बनाएर जिएसए लिन चासो लिने कम्पनीमध्येबाट छनोट गर्ने जिम्मेवारी दिएको थियो। निगमले जिएसएका लागि प्रस्ताव आह्वान गरेपछि चार–पाँचवटा एजेन्सीले चासो देखाएका थिए।

निगमका प्रवक्ता गणेशबहादुर चन्दले चासो देखाएका एजेन्सीमध्ये ज्याज एभिएसनलाई छनोट गरेको र यसबारे अध्ययन गर्न एउटा टोली साउदी जान लागेको जानकारी दिए।

‘हालसम्म निगमले जिएसए छनोटका लागि गठन गरेको समितिले ज्याजलाई छनोट गरेको छ,’उनले भने, ‘कमर्सियल डिपार्टमेन्टलेछानेको एजेन्सीमाथि बोर्डले कुरा उठाएपछि मेरो संयोजकत्वमा चार सदस्यीय टोली गठन भएको थियो।

छनोट समितिको प्रस्तावलाई हाम्रो समितिले स्वीकृत गरेपछि बोर्डको निणर्यले नै ज्याज एभिएसनबारे अध्ययन गर्ने निष्कर्ष दिएको हो।’

उक्त एजेन्सीले गर्ने कारोबार तथा एजेन्सीबारेजाँचबुझ गर्न निगमबाट दुईजनाको टोली पठाउने कुरो भएको पनि उनले जानकारी दिए।

व्यवस्थापन समूहबाट एकजना र सञ्चालकमध्ये एकजना गरी दुईजनाको टोली त्यसतर्फ लाग्ने तयारी भएपनि मिति तोकिनसकेको उनको भनाइ छ। बीचमा बिदापरेकाले चाँडै नै टोली त्यसतर्फ जानसक्ने उनले बताए।त्यसपछि मात्रै उडानको मिति तोकिने उनको भनाइ छ। निगमका कार्यकारी अध्यक्ष मदन खरेलले निगमलाई नयाँ गन्तव्यमा उडाउन आवश्यक पहल गर्ने बताएअनुरुप नै उक्त गन्तव्य छनोट भएको छ।

साउदीबाट निगमले राम्रो व्यापार गर्ने अपेक्षा राखेको भन्दै उनले त्यसतर्फ उडानकालागि वाइड बडी ए३३० प्रयोग गरिने जानकारी गराए। ‘ए३३० वाइड बडीमार्फत साउदीको रियाद उडानको तयारी भइरहेको छ,’ उनले भने, ‘छनोटमा परेको एजेन्सीको अध्ययनपछि उडान तालिका सार्वजनिक गर्ने प्रक्रियामा जाने छौ।’

खाडी मुलुकसँगको उडान प्रक्रिया पूरा गर्नउक्त देशको कानुन अनुसार जिएसए गर्न आवश्यक रहेको बताउँदै उनले जिएसए सम्झौताबिना खाडीमा उडान भर्न नमिल्ने जानकारी दिए। हाल कतार, दुबई र भारतसँगमात्र जिएसए सम्झौता गरेको उनले बताए। हाल निगमले बैंकक, हङकङ तथा मलेसियामा जिएसए सम्झौता नगरी उडान भरिरेको उनको भनाइ छ। जापान, कोरिया, हङकङ लगायत देशमा जिएसए सम्झौता नभए पनि मुस्लिम कानुन भएका खाडी मुलुकमा भने एजेन्सी नियुक्ति अनिवार्य रहेको उनले बताए।

हाल निगमले उडान भरिरहेको जापानमा पनि जिएसए सम्झौता नभएको उनको भनाइ छ। ‘हाल जापान उडान प्यासेन्जर सेल्स एजेन्ट (पिपिए) मार्फत भइरहेको छ,’चन्दले भने, ‘बिएसपी एजेन्टले काम गरिरहेको छ।’

निगमले पछिल्लो समय फुल फेजमा जहाज जापान उडाइरहेको चन्दको दाबी छ। यात्रु अभावका कारण तेस्रो उडान बन्द गरेको जनाउँदै उनले अहिले सञ्चालनमा रहेको मंगलबार र शनिबारको उडान भने सन्तोषजनक रहेको बताए। ‘जापान जाने विद्यार्थीले भिसा पाइरहेकाले पनि नेपालबाट जाने यात्रुको कमी छैन,’ उनले भने, ‘उताबाट पनि दसैं–तिहार मान्न आउने नेपालीको संख्या उल्लेख्य रहेको र पर्यटकको पनि राम्रै आगमन भइरहेकाले निगम उक्त उडानमा सफल बन्दै गएको छ।’
निगमले चीनको ग्वान्जाओ उडानकालागि आउँदो डिसेम्बरसम्ममा निर्णय हुन सक्ने जनाएको छ।

प्रकाशित: १० कार्तिक २०७६ ०३:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App