१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

खेलकुद विभाग प्रमुखमा प्रसाई

काठमाडौं – नेपाल कराते महासंघका सहमहासचिव ओमकृष्ण प्रसाईंले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश–३ को युवा तथा खेलकुद विभागको प्रमुख जिम्मेवारी पाएका छन्।

नेकपा प्रदेश–३ को तेस्रो पूर्ण बैठकले प्रसाईलाई सो प्रदेशको युवा तथा खेलकुद बिभागको प्रमुख जिम्मेवारी दिएको हो। करातेको खेलाडी हुँदै प्रशिक्षकका रूपमा साढे तीन दशक करातेमा योगदान पु¥याएकालाई उक्त जिम्मेवारी दिइएको हो। प्रसाईं करातेको छैटौं डान प्राप्त खेलाडी हुन्।

उनी नेपाली खेलकुद क्षेत्रभित्र बौद्धिक र शालिन व्यक्तित्वका रूपमा पनि चिनिने गर्छन्। नेकपा प्रदेश–३ का सदस्यसमेत रहेका प्रसाई गोजुरियो ओसिकाई संघ नेपालका महासचिव र प्रमुख प्रशिक्षक पनि हुन्। साथै उनी मदन भण्डारी स्पोर्ट्स एकेडेमीका सचिवको जिम्मेवारी पनि वहन गर्दै आइरहेका छन्।  

 

प्रकाशित: ९ कार्तिक २०७६ ०३:५४ शनिबार

नेपाल_कराते_महासंघ नेपाल_कम्युनिष्ट_पार्टी