३१ वैशाख २०८१ सोमबार
image/svg+xml

एसइई परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ। परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ।

एसइई नतिजा आज: ३५ अंक नल्याए अनुत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा आज (बुधबार) प्रकाशन गर्ने अन्तिम तयारी पुरा गरेको छ।

परीक्षा केन्द्र अन्यन्त्र सारिएको भन्दै विद्यार्थीद्वाराका क्याम्पसमा आगजनी

‘हामी विद्यार्थीहरुसँग संवादमै थियौं। परीक्षा केन्द्र क्याम्पस बाहिर हुन सक्ने त्रिभुवन विश्वविद्यालयको सम्भावित निर्णय बारेमा जानकरी गराएका पनि थियौं,’ सहायक क्याम्पस प्रमुख दिनेश साहले भने, ‘हिजो एक्कासी तोडफेड र आगजीको घटना भयो। यो दुर्भाग्यपूर्ण छ।’

एसइई नतिजा मसान्तभित्र, उत्तरपुस्तिका परीक्षण खर्च ९ करोड ८८ लाख

राष्ट्रिय परीक्षा बोर्डले वैशाख २० गते सम्पन्न गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा असार मसान्तभित्र प्रकाशित गर्ने भएको छ।

आजदेखि कक्षा १२ को परीक्षा सुरु

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु गरेको छ। आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा शान्तिपूर्णरुपमा सुरु भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए।

कमजोर शिक्षण सिकाइले समस्यामा विद्यार्थी

मंगलबार विज्ञान विषयको परीक्षामा खण्ड सी र डी निकै नै अप्ठ्यारो प्रश्न सोधिएको परीक्षामा सहभागी परीक्षार्थी हिमान्सु कर्णले सुनाए। कालिमाटीस्थित जनप्रभात माविका विद्यार्थी उनी विद्यालयमा मुस्किलले साढे तीन महिना मात्र भौतिक उपस्थितिमा पढाइ भएको तर एसइईको गणित, विज्ञानलगायतका अप्ठ्यारा विषयमा अवधारणामा आधारित प्रश्न सोधिएकोले समाधान गर्न चुनौती थपिएको बताए।

आजबाट एसइईः कता गए ८ लाख विद्यार्थी?

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक रामचन्द्र शर्माका अनुसार २०६९ सालमा कक्षा १ मा १२ लाख ७६ हजार २ सय ४० विद्यार्थी भर्ना भएका थिए। तीमध्ये कक्षा १० मा एसइई दिनेहरू ४ लाख ९४ हजार ६ सय ८१ मात्र छन्। कक्षा १ देखि १० सम्मको अवधि पार गर्दासम्म ७ लाख ८१ हजार ५ सय ५९ विद्यार्थी बीचैमा हराएको सरकारी तथ्यांक छ।

अब एसइई कम उमेरकाले पनि दिन पाइने

यसपटक एसइईमा उमेर हद नलाग्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐन संशोधन गरेको छ। जस अनुसार आगामी वैशाख ९ गते हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा दिन जुनसुकै उमेरको विद्यार्थी पनि एसइई परीक्षार्थीका लागि योग्य मानिने छन्।

एसइईका लागि २ हजार २७ परीक्षा केन्द्र

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार सातवटै प्रदेशबाट यसपटक कुल चार लाख ९४ हजार छ सय ८१ परीक्षार्थीले दुई हजार २७ परीक्षा केन्द्रबाट परीक्षा दिँदैछन्।

सात प्रदेशकै एसइई नतिजा फरकफरक समयमाः शर्मा

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले माघको पहिलो साता २०७८ को एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी संविधानको मर्मअनुसार प्रदेश सरकारलाई नै दिने प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पेस गरेका थिए। सोही प्रस्तावलाई शिक्षामन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद्मा लगेका थिए।

‘एसइईको सबै जिम्मा प्रदेशलाई दिने तयारीमा छौं’

एसइई सञ्चालन, व्यववस्थतापन, उत्तरपुस्तिका परीक्षण, समपरीक्षणसम्मको कार्य प्रदेश सरकारबाटै गराउने सरकारी तयारी छ। अध्यक्ष शर्माले यस पटकको एसइईमा हालसम्म प्राप्त भएको तथ्यांकअनुसार ५ लाख विद्यार्थी सहभागिता जनाउने भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित

राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी सङ्घ नेपाल केन्द्रीय समितिले पाँच बुँदे माग प्रस्तुत गर्दै बुधबारदेखि बोर्डमा सुरु गरेको आन्दोलन आजको वार्तामा सहमति बनेपछि स्थगित गरिएको सङ्घका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले जानकारी दिए।

एसइई परीक्षा भौतिक उपस्थितिमै हुने, बोर्डद्वारा तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डको बैठकले यस वर्षको एसइई परीक्षा बैशाख ९ गतेदेखि सुरु भएर २० गते सम्पन्न गर्ने निर्णय गरेसँगै बोर्डले आज तालिका सार्वजनिक गरेको छ।

बैशाख ९ गतेदेखि एसईई परीक्षा हुने

माध्यमिक शिक्षा एसईई परीक्षा बैशाख ९ गतेदेखि २० गतेसम्म हुने भएको छ। आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा सञ्चालनको निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्