coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

एसईई नतिजा सार्वजनिक गर्न दिउँसो २ बजे बोर्डको बैठक बस्दै

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक हुँदै छ। नतिजा सार्वजनिक गर्नका लागि दिउँसो २ बजे परीक्षा बोर्डको बैठक बस्दै छ। 

शैक्षिक सत्र २०७६/२०७७ मा आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक सत्र २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो। परीक्षामा ४ लाख १४ हजार विद्यार्थी सहभागी भएका थिए।

कोभिडका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले भौतिक उपस्थितिमा एसईई परीक्षा दिएका थिए।

यसरी हेर्न सकिन्छ नतिजा

एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट हेर्न सकिन्छ। नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिने परीक्षा बोर्डले जनाएको छ।

त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटबाट पनि नतिजा थाहा पाउन सकिन्छ।

प्रकाशित: ११ श्रावण २०७९ ०५:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App