१ आश्विन २०८१ मंगलबार
image/svg+xml
शिक्षा

बैशाख ९ गतेदेखि एसईई परीक्षा हुने

माध्यमिक शिक्षा एसईई परीक्षा बैशाख ९ गतेदेखि २० गतेसम्म हुने भएको छ। आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा सञ्चालनको निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका हुन्।

स्थानीय तहको चुनावलाई समेत ध्यान दिएर बैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको अध्यक्ष शर्माले बताए।

कोरोना भाइरस महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समय भन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको हो।

प्रकाशित: २६ माघ २०७८ ११:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App