१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

परीक्षा केन्द्र अन्यन्त्र सारिएको भन्दै विद्यार्थीद्वाराका क्याम्पसमा आगजनी

वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा भएको आगजनी।

वीरगन्ज आदर्शनगरस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा एक समूहले आगजनी गरेको छ। उक्त क्यामपका विद्यार्थीहरुको परीक्षा केन्द्र अन्यन्त्र सारिएको विषयमा विरोध जनाउँदै उनीहरुले शुक्रबार आगजनी गरेका हुन्। उनीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा ढोका फुटाएर प्रवेश गरेका थिए।

त्यहाँ भएका कुर्सी, टेबुल, सोफालगायत फर्निच बाहिर झिकेर तोडफेड गरेपछि आगो लगाइदिएका छन्। ‘हामी विद्यार्थीहरुसँग संवादमै थियौं। परीक्षा केन्द्र क्याम्पस बाहिर हुन सक्ने त्रिभुवन विश्वविद्यालयको सम्भावित निर्णय बारेमा जानकरी गराएका पनि थियौं,’ सहायक क्याम्पस प्रमुख दिनेश साहले भने, ‘हिजो एक्कासी तोडफेड र आगजीको घटना भयो। यो दुर्भाग्यपूर्ण छ।’

विद्यार्थीहरुले ठाकुरराम बहुमुखी क्याम्पसको परीक्षा केन्द्र सोही क्याम्पसमा नभए कम्तिमा वीरगन्जमै अर्को क्याम्पसमा हुनुपर्ने माग राखेका छन्। क्याम्पस प्रमुख उमेश चौरसियाले घटनापछि शनिबार दिउँसो ३ बजे बैठक बोलाएको क्याम्पसका प्रध्यापक रोशन लामिछानेले बताए।

यस्तै क्याम्पस प्रमुख चौरसियाले परीक्षा केन्द्र सारिएको निहुँमा क्याम्पसमा तोडफोड र आगजनी निन्दनीय घटना भएको प्रतिक्रिया दिएका छन्। ठाकुरराम बहुमुखी क्याम्पसको तीन वर्षे बीएडको पुरक परीक्षाको केन्द्र सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा तोकिएको छ। त्यस्तै चार वर्षे बीएडको परीक्षा बाराको कलैयास्थित रामराजा शाह बहुमुखी क्याम्पसमा तोकिएको छ।

बिबिएसका विद्यार्थीहरुका लागि कलैयास्थित रामराजा शाह बहुमुखी क्याम्पस र वीरगन्जकै हरिखेतान बहुमुखी क्याम्पसमा तोकिएको छ। परीक्षा केन्द्र तोकिएपछि विद्यार्थीहरुले आक्रोश पोख्दै तोडफोड र आगजनी गरेका हुन्। फर्निचरमा लगाइएको आगो वीरगन्ज महानगरपालिकाको वारुणयन्त्र बोलाएर निभाइएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लले जानकारी दिए।

उनका अनुसारप्रहरी पुग्दा आगो लगाउनेहरु भागिसकेका र करिब जनाले परीक्षा केन्द्र सारिएको भन्दै त्यसविरुद्ध नाराबाजी गरिरहेका थिए। परीक्षा केन्द्र क्याम्पस वा क्याम्पस प्रमुखले नभइ त्रिभुवन विश्वविद्यालयको राष्ट्रिय परीक्षा बोर्डले तोक्ने भएकाले विद्यार्थीले शिक्षण संस्थामा क्षति पुर्‍याउनु दुर्भाग्य भएको क्याम्पसका प्रध्यापकहरुको प्रतिक्रिया छ।

प्रकाशित: ३२ असार २०७९ १०:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App