१३ आश्विन २०८१ आइतबार
image/svg+xml

नारायणगढ–मुग्लिन सडकः खुल्दै बन्द हुँदै

वर्षा सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने शृङ्खला चलिरहेको छ। पहिरो पन्छाएर जाममा परेका सवारीले सडकखण्ड पार गर्न नपाउँदै अर्को पहिरो जाने समस्या यतिबेला बढेको हो।

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड फेरि अवरुद्ध

वर्षाका कारण सडकखण्डको भरतपुर महानगरपालिका वडा नं २९ मा पर्ने सेती दोभानमा पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए।

नारायणगढ–मुग्लिन सडकमा तीन दिनदेखि पहिरै पहिराे

निरन्तरको वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिनदेखि अवरुद्ध हुँदै आएको छ।

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ। आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो।

नारायणगढ–मुग्लिन सडक एक हप्ता दिउँसो बन्द हुने

पहिरो रोकथामका बाँकी काम सम्पन्न गर्न नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो एक हप्ताका लागि बन्द गरिने भएको छ। फागुन २३ देखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो। नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्न सडक बन्द गर्न लागिएको जनाएको छ।

नारायणगढ–मुग्लिन सडकका पुल निर्माणले गति लियो

नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माणको कामले गति लिएको छ। कोरोना सङ्क्रमणका कारण केही महिना काम हुन नसकेको भए पनि पछिल्लो समय कामले तीव्रता पाएको हो। सो सडकखण्डमा रहेका १९ पुलमध्ये यसअघि तीनवटा निर्माण भइसकेको छ। एउटा पुल अन्तिम चरणमा पुगेको छ।

पहिरोले नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा राति १०ः३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । आज बिहान ८ः१० बजे चितवनको इच्छाकामना–६ चारकिलो डाँडा नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।

३६ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड ३६ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । सोमबार बिहान ५ बजे चारकिलोमा खसेको ठूलो पहिरो पन्छाएपछि आज साँझ ४ बजेर ५० मिनेट बजेबाट एकतर्फी सञ्चालनमा आएको हो ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो

दुई दिनदेखि अविरल परेको बर्षाले नारायणगढ–मुग्लिन सडकखण्डमा शुक्रबार बिहान पहिरो खसेको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाएपछि दुईतर्फी सवारी सञ्चालनमा

नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो तीन दिन लगाएर पन्छाइएको छ।

मुग्लिनको बाटोमा अब छैन पहिरोको पिर

राजधानीको लाइफलाइन मानिएको नारायणगढ–मुग्लिन सडकखण्डमा यतिबेला गाडीहरु निकै कम गुड्छन् । कारण प्रष्ट छ, कोरोना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको देशव्यापी बन्दाबन्दी । बन्दाबन्दी खुकुलो हुने क्रममा छ । अब मुग्लिनको बाटोमा कुद्ने गाडीको संख्या ह्वात्तै बढ्नेछ ।

नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा

नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८४ प्रतिशत काम सम्पन्न भएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्