१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाएपछि दुईतर्फी सवारी सञ्चालनमा

नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो तीन दिन लगाएर पन्छाइएको छ।बुधबार बिहान चार बजेर पन्ध्र मिनेटमा खसेको पहिरो पूर्णरुपमा पन्छाएसँगै शुक्रबार साँझदेखि दुईतर्फी सवारी सञ्चालनमा आएका छन्।  

नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ई। शिव खनालका अनुसार केही पहिरो पन्छाउँदै बेलाबेलामा एकतर्फी सवारी आवागमन गरिएको भए पनि पूर्णरुपमा पहिरो पन्छाएसँगै दुईतर्फीरुपमा सवारी आवागमन भएको हो। निरन्तर पानी परेपछि पहिरो खस्दा समस्या भएको थियो।  

पहिरोले सडकको ४५ मिटर लामो भाग ढाकेको थियो। दुवैतर्फबाट लोडरले पहिरो पन्छाइएको हो। सडकको छेउमा पाइप पन्छाउन बाँकी रहेको भए पनि सहजरुपमा दुईतर्फी आवागमन पुनः सञ्चालन भएको खनालले जानकारी दिए। पहिरो खसेसँगै सडक अवरुद्ध हुँदा सयौँ सवारी सडकमा अलपत्र परेका थिए। सडक दुईतर्फी सञ्चालनमा आएसँगै सवारी गन्तव्यतर्फ लागेका छन्। 

प्रकाशित: ६ असार २०७७ ०३:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App