९ आश्विन २०८१ बुधबार
image/svg+xml

एमालेमा नेपाल-खनाल समूहको रणनीति: शक्ति सञ्चयसहित प्रतिरोध

सोमबार मात्रै ओलीले जिल्लाजिल्लामा समानान्तर कमिटी बनाउनेलाई ठीक पार्ने तरिका आफूलाई पनि थाहा भएको भन्दै समानान्तर कमिटी नबनाउन चेतावनी दिएका छन्। तर माधव नेपाल तथा झलनाथ खनाल पक्षले ओली प्रवृत्तिको देशव्यापी प्रतिरोध गर्ने र समानान्तर कमिटी बनाएर शक्ति सञ्चय गर्ने बताउँदै आएका छन्।

एमालेमा ओली हठः स्पेस खोज्दै नेपाल समूह

सर्वोच्च अदालतले एमाले र माओवादीलाई आआफ्नो पार्टीमा फर्काएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललगायतका नेतासँग परामर्श गरेका छैनन्। उनले पार्टीभित्रकै वरिष्ठ नेताहरूसँग परामर्श नगरेका कारण एमालेको पुरानो सांगठनिक संरचना सञ्चालनमा अन्योल उत्पन्न भएको छ।

माओवादीले दलको नेता छान्यो, एमालेमा चुनाव तयारी, विधान नहुँदा कांग्रेस अलमलमा

प्रदेश नम्बर १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू यतिबेला  संसदीय दलको नेता चयन गृहकार्यमा व्यस्त छन् । एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका स्थानीय तथा केन्द्रीय नेताहरू संसदीय दलको नेता चयन गृहकार्यमा जुटेका हुन्।

मुख्यमन्त्री बन्न एमालेमा हानथाप

प्रदेशसभामा निर्वाचित एमालेका नेताहरु मुख्यमन्त्री बन्ने दौड लागेका छन् । प्रदेशसभा सदस्यको शपथसँगै मुख्यमन्त्रीका आकांक्षीहरूले पार्टीका शीर्ष नेतादेखि सांसदसँगको छलफल र बैठकलाई तीव्रता दिएका छन्।

सल्यान पार्टी कमिटी एमालेमा विलय भएको होइन: राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीले सल्यानको आफ्नो पार्टी कमिटी एमालेमा विलय नभएको बताएको छ। राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले केही व्याक्ति एमाले प्रवेश गरे पनि पार्टी कमिटी विलय भएको भन्ने निराधार भएको बताए।

राप्रपाका सह-महामन्त्री एमालेमा प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय सह-महामन्त्री सहित राप्रपा सल्यान जिल्ला कार्यसमिति नेकपा एमालेमा समाहित भएको छ। बिहीबार सल्यानमा संयुक्त पत्रकार सम्मेलन गरेर राप्रपाले देश विकास गर्न नसक्ने भन्दै उनीहरु एमालेमा समाहित भएको जनाएका छन्।

एमालेमा नवप्रवेशीलाई मौका

एमालेले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत विगतमा अवसर प्राप्त गरेका नेतालाई पनि दोहो¥याएको छ । उसले सूचीमा नवप्रवेशीहरूलाई पनि राम्रैसँग समेटेको छ।

माओवादी एमालेमा प्रदेश सभाको टिकट तानातान

आगामी  मंसिर १० गते हुने संघीय संसद अन्तरगत  प्रतिनिधि सभा र प्रदेश सभाको  निर्वाचनका लागि  जाजरकोटमा वाम गठवन्धन गरेका एमाले र माओवादीबीच टीकट तानातान  भएको  छ ।  वाम गठवन्धनको सहमति अनुसार  तालमेलमा  जानका  लागि  माओवादी र एमालेका  नेताहरूले आफ्नो दावी नछोडेका कारण अहिले सम्म  कसले टिकट पाउने भनेर निर्णय हुन नसकेको दुवै पक्षका नेताहरूले बताएका छन्।

दोलखा एमालेमा नेता त्रयबीच रस्साकस्सी

प्रतिनिधि सभामाका लागि एक क्षेत्र रहेको दोलखामा एमाले जिल्ला कमिटीभित्र उम्मेदवार बन्न तीनजना नेताहरुबीच रस्साकस्सी छ। बहुदल यताका ५ मध्ये गत ७० सालको संविधान सभासहित चार निर्वाचन जितेको दोलखा एमालेभित्र आगामी प्रतिनिधि सभाको टिकट हत्याउन एक जना पोलिटब्युरो सदस्य, अर्का केन्द्रिय सदस्य र केपी ओली नेतृत्वको सरकारका पूर्व मन्त्री गरेर तीन शीर्ष नेताबीच रोचक प्रतिष्पर्धा छ।

एकताको चर्चाले देखियो प्रभाव, एक हजार ५०० एमालेमा प्रवेश

नेपाली राजनीति केही दिनयता वामपन्थी दलको एकताले तातेको छ भने यसको असर कपिलवस्तु जिल्लामा पनि परेको छ।  स्थानीय चुनावमा नेपाली काँग्रेससँग तालमेल गरेको नेकपा माओवादी केन्द्र एकाएक नेकपा एमालेसँग चुनावमा तालमेलसँगै पार्टी एकता गर्ने निर्णय गरेपछि यहाँको राजनीति ह्वात्तै तातेको हो।

आगामी चुनाव रणनीतिबारे एमालेमा तीन धार

एमालेको चुनावी रणनीति बनाउन बसेको बैठक तीन धारमा विभाजित भएको छ । अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको समूहगत छलफलमा टोली नेताहरूले तीन प्रकारको धारणा व्यक्त गरेका हुन् ।

धनुषा एमालेमा तीब्र असन्तुष्ट, टिकेट बेचेको आरोप

धनुषा एमालेमा तीब्र असन्तुष्टि छाएको छ। पार्टीको निर्णयविपरीत टिकट वितरण गरेको भन्दै पार्टीमा तीब्र असन्तुष्टि छाएको हो। शुक्रबार बिहान पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै टिकट वितरणमा ठूलो चलखेल भएको जनाएको छ।

काँग्रेस र एमालेमात्र प्रतिस्पर्धाको पार्टी : ओली

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीतिमा दुई पार्टीबीच मात्र प्रतिस्पर्धा हुने गरेको बताएका छन् । उनले काँग्रेस र एमालेमात्र प्रतिस्पर्धाका पार्टी भएको र अरु तराजुका ढक जस्तै भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले  प्रदेश समन्वय समिति प्रदेश नम्बर ४ को पार्टी प्रवेश कार्यक्रममा ओलीले एमाले जनताको साझा पार्टी भएको बताएका छन् ।

सिन्धुपाल्चोकका २५०  काँग्रेस कार्यकर्ता एमालेमा प्रवेश

सिन्धुपाल्चोक जिल्लाका नेपाली कांग्रेसका युवा नेता दोर्जे लामासहित दुईसय पचासजना नेकपा एमालेमा प्रवेश गरेका छन्।

आकांक्षी बढी भएपछि एमालेमा आन्तरिक चुनाव

स्थानीय तह निर्वाचनमा पोखरा–लेखनाथ महानगरपालिकामा उम्मेदवार चयनका लागि दलहरूले अन्तिम कसरत गरिरहेका छन्। मेयर र उपमेयरका लागि अधिक आकांक्षी भएपछि उम्मेदवार चयनमा दललाई हम्मेहम्मे भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्