९ आश्विन २०८१ बुधबार
image/svg+xml

कांग्रेस-एमालेमा गुटगत संघर्ष

संसद्का दुई ठूला दल कांग्रेस र एमालेभित्र स्थानीय तहको निर्वाचनमा टिकटका लागि आन्तरिक रस्साकस्सी चलिरहँदा साना दल भने धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन्। झापामा कांग्रेस र एमालेले आउँदो स्थानीय चुनावका लागि कतै पनि उम्मेदवारी घोषणा गरेका छैनन्।

देशमा संकट आइलाग्दा एमालेमा गुटबन्दी बढ्योः खनाल

एमाले वरिष्ठ नेता झलनाथ खनालले जबजब देशमा संकट आइलाग्छ त्यति नै बेला पार्टीभित्र गुटबन्दी मौलाउने गरेको बताएका छन् । ‘एमाले जब एकताबद्ध हुन्छ पार्टीमा राम्रो रिजल्ट त आउँछ नै देशमा समेत राम्रो हुने गर्छ, जब देशमा संकट हुन्छ त्योबेला पार्टीभित्र गुटबन्दी हाबी हुन्छ,’ इटहरीमा एमालेले आयोजना गरेको प्रदेश नं. १ स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले शुक्रबार भने ।

एमालेमा गुट प्रतिस्पर्धा निषेध

नेकपा एमालेले पार्टी र जनसंगठन नेतृत्वका लागि हुने चुनावमा प्यानल (गुट) प्रतिस्पर्धा गर्न रोक लगाएको छ। जारी केन्द्रीय कमिटी बैठकले 'पार्टीको आन्तरिक एकता र प्रभावकारी परिचालनका लागि १० बुँदे विशेष प्रस्ताव पारित गर्दै आन्तरिक प्रतिस्पर्धालाई गुटगत नभई व्यक्तिगत बनाउने निर्णय गरेको छ।

एमालेमा ‘गुटबन्दी चरम'

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीभित्र गुटबन्दी चरमोत्कर्षमा पुगेको बताएका छन्। आफ्ना विरोधीलाई तह लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिनेसम्मका घटना भएको उनले जनाएका छन्।

एमालेमा अराजकता मौलायो: नेता नेपाल

दाङ-नेकपा एमालेका नेता माधव कुमार नेपालले एमाले भित्र ‘सांगठनीक अराजकता’ मौलाउँदै गएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्