६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

शक्तिको लडाइँमा मेयर र उपमेयर

आन्तरिक विवाद चर्किएपछि खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाही र उपप्रमुख गणेशबहादुर शाहीबीच हात हालाहाल भएको छ।

खाँडाचक्र नगरपालिकाका नासु विरूद्व अख्तियारमा मुद्दा दर्ता

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले मंगलबार विशेष अदालतमा उनीविरूद्ध आरोपपत्र दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

श्रीमतीलाई जागिर दिएको विषयमा छानबिन गर्न माग

नेकपा एमाले र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले शाहीमाथि छानविन माग गर्दै नगरपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालय कालिकोटमा ज्ञापन पत्र बुझाएका छन्।

भाइरल पुलको वास्तविकता

‘त्यही पुलबाट कर्णाली वारपार गर्न योग्य बनाउन संघीय, प्रदेश र स्थानीय सरकार कसैको आँखा परेन। बाढीपहिरोले पुलको आधा भागको लठ्ठाबाहेक सबै बगाएको थियो।' मल्लले भने, 'पुलमा लठ्ठामात्र बाँकी रहँदा पनि कसैको ध्यान नगएपछि आफूले नागरिकको सहज यात्राका लागि भर्‍याङबाट भए पनि पुलमा आउ-जाउ गर्न सहज बनाइदिएको हुँ।'

२० बर्षमा विवाह गर्ने किशोरीलाई १० हजार पुरस्कार दिने

बालविवाह विरुद्धको साझा अभियान कालिकोटले जिल्लामा बालविवाह न्युनीकरणका क्षेत्रमा विगत लामो सयम देखि काम गर्दै आएको छ।

कर्णाली राजमार्गसहित दैलेख सुर्खेत खण्ड अवरुद्ध

स्थानीय प्रशासनले राजमार्ग खुलाउन लागिरहेको छ। पहिरोले दुई दिनदेखि सवारीसाधन बाटोमा रोकिनुपरेको छ। त्यस्तै सुर्खेत–दैलेख सडक खण्ड अन्तरगत गुराँस गाउँपालिका –६ स्थित जिरो प्वाइन्ट र केराबारीमा ठूलो पहिरो गएपछि सडक अवरुद्ध भएको हो।

सेरी पान्तडी सडक अलपत्र

‘सडकको ग्याबिन पाइपको काम पनि छ। सेरी सडक खण्डमा आधा काम गरेका छौं। वर्षातले अहिले काम केही महिना रोकिएको हो।’ 'पहिला भोट माग्न गाउँमा आउँदा सांसद भएका कुर्मराज शाहीले यो सडकलाई मेन एजेण्डा बनाएर भोट मागे तर अलिले उनी सांसद हुँदै मन्त्री पनि भए सडक अलपत्र अवस्थामा रहेको छ।’

माग बढेपछि किसान चिनो खेती गर्न हौसिए

कर्णालीमा घुम्न आउने पर्यटकले समेत चिनोको परिकार निकै रूचाउँछन् तर मागअनुसार चिनो उत्पादन हुन सकेको छैन। एक दशक अघिसम्म कर्णालीका नागरिकले जौ, कोदोपछि सबैभन्दा धेरै चिनो खेती गर्थे तर उपभोग हुन छाडेपछि खेती नै गर्न छाडेका थिए।

प्रहरीद्वारा गाँजा फडानी

वर्षेनी शुभकालिका, महावै, पलाँता गाउँपालिका र खाँडाचक्र नगरपालिकालगायतका क्षेत्रमा गाँजा ठूलो मात्रामा आँफै उम्रने गर्दछ। प्रहरीको सक्रियतामा वर्षेनी गाँजा नष्ट हुने गर्दछ।

पानी अभावमा रन्थनिँदै ब्राह्मण र शाही बस्ती

हिउँद र बर्खा लाग्यो कि पचालझरना गाउँपालिका ५ राम्नाकोटका बासिन्दालाई पिरलो थपिन्छ। खोनेपानीको जोहो कसरी गर्ने ? एक गाग्री पानीको पालो कुर्दा बिहानको समय बित्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्