८ वैशाख २०८१ शनिबार
समाज

२० बर्षमा विवाह गर्ने किशोरीलाई १० हजार पुरस्कार दिने

कालिकोटको खाँडाचक्र नगरपालिका-१ ले २० बर्षमा विवाह गर्ने दलित समुदायका किशोरीलाई १० हजार पुरस्कार दिने निर्णय गरेको छ।

आर्थिक वर्ष २०७९।०८० मा बालविवाह न्युनीकरण गर्न वडाले यस्तो निर्णय गरेको हो।बालविवाह विरुद्धको साझा अभियान कालिकोटका संयोजक खडानन्द अधिकारी, खाँडाचक्र नगरपालिकाका उपप्रमुख गणेशबहादुर शाही, वडाध्यक्ष धर्मराज टमाटा लगायतले दलित समुदायका उमेर पुगेर विहे गर्ने किशोरीलाई १० हजार नगद दिने निर्णय  गरेको हो।

खाँडाचक्र नगरपालिकाका जनप्रतिनिधीसँग गरिएको अन्र्तक्रिया कार्यक्रममा नगरपालिकाकाले बालविवाह न्यूनीकरणका लागि विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको सहभागी एक प्रतिनिधिले बताए।

बालविवाह न्यूनीकरणका लागि सरोकारवाला सबै निकायले पहल गनुपर्नेमा जोड दिएका थिए। विशेष गरी विद्यालय स्तरमा र मानिस भेला भएको ठाउँमा बालविवाहबारे चेतना जगाउनु पर्नेमा कार्यक्रमका उनीहरुको जोड छ।

बालविवाह विरुद्धको साझा अभियान कालिकोटले जिल्लामा बालविवाह न्यूनीकरणका क्षेत्रमा विगत लामो सयम देखि काम गर्दै आएको छ। बालविवाहबाट पिडितलाई उद्धार,मनोविमर्श परामर्श सेवा,कानुनी परामर्श ,पारिवारिक पुर्न मिलन र कानुनी प्रक्रियामा सहयोग गर्दै आएको छ। बालविवाह विरुद्धको साझा अभियान कालिकोटले हिंसामा रहेका ४ जनालाई  उद्दारको लागि ५ हजार बराबरको आवश्यक सामाग्री सहयोग गरिसकेको जनाएको छ।

प्रकाशित: ४ कार्तिक २०७९ ०७:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App